News Category 2072/02/06
सार्वजनिक पोखरीबाट कलात्मक विष्णुको मूर्ति फेला प¥यो
दैनिक संवाददाता
राजविराज, ५ जेठ ।
सप्तरीको बोरिया गाविस ८ कट्टी टोलस्थित प्राचिन सार्वजनिक पोखरी उसराहीबाट एउटा कलात्मक विष्णु भगवानको मूर्ति फेला परेको छ ।
स्थानीय रामेश्वर महतोले सोमबार सो पोखरीबाट माटो खन्ने क्रममा करिब १० किलोको उक्त मूर्ती फेला परेको हो ।
फेला परेको मूर्तीलाई मंगलबार मधेशी जनअधिकार फोरम नेपालका केन्द्रिय सदस्य शैलेन्द्र प्रसाद साहको अगुवाइमा आयोजित पत्रकार सम्मेलनमा स्थानीयहरुले सार्वजनिक गरेका छन् । मूर्ती सार्वजनिक पश्चात् सोही स्थानमा रहेको हनुमान मन्दिरमा तत्कालका लागि राखिएको केन्द्रिय सदस्य साहले जानकारी दिनुभयो ।
स्थानिय बिन्देश्वर महतोको संयोजकत्वमा गठित २१ सदस्यीय मन्दिर व्यवस्थापन तथा संरक्षण समितिलाई सो मूर्ति जिम्मा लगाइएको केन्द्रिय सदस्य साहले जानकारी दिनुभयो । यस्तै नारायण ठाकुरको संयोजकत्वमा ११ सदस्यीय स्वयमसेवक समिति समेत गठन गरिएको छ ।
उक्त ऐतिहासिक धरोहरको कलात्मक मुर्तिलाई पुरातात्विक विभागले अविलम्ब उत्खन्न गरि अझ थप कार्य गर्नुपर्ने माग स्थानीयहरुले गरेका छन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/30 प्रशासकीय भवन सार्ने विषयमा जनप्रतिनिधिहरु बीचमै विवाद
- 2082/12/23 पत्रकार महासंघद्वारा सरकारको पछिल्लो विज्ञापन नीति खारेज गर्न माग, सञ्चारमाध्यमहरू बन्द भए हजारौं पत्रकार तथा सञ्चारकर्मी र सञ्चारक्षेत्रमा जोडिएकाहरु प्रत्यक्ष रूपमा प्रभावित हुने
- 2082/12/23 गाईको मासुसहित एक पक्राउ
- 2082/12/23 तीन स्थानमा भएको आगलागिमा ६ लाख ७३ हजार ५ सय मुल्य बराबरको क्षति
- 2082/12/22 शनिबार र आइतबार सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा बिदा
- 2082/12/22 मर्मत सम्भारको माग गर्दै चक्काजाम
- 2082/12/20 कान उपचार केन्द्रको नवनिर्मितको उद्घाटन, नेपालमा १८ प्रतिशत जनता कान रोगबाट ग्रसित
- 2082/12/20 गैरकानुनी रुपमा रकम असुल्ने कार्यमा संलग्न व्यक्तिलाई कार्यालय प्रवेशमा निषेध
- 2082/12/20 आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा विद्यालय संचालक र कर्मचारी पक्राउ
- 2082/12/20 मोटरसाइकल चोरी घटनामा तीन युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ