News Category 2072/02/06
सार्वजनिक पोखरीबाट कलात्मक विष्णुको मूर्ति फेला प¥यो
दैनिक संवाददाता
राजविराज, ५ जेठ ।
सप्तरीको बोरिया गाविस ८ कट्टी टोलस्थित प्राचिन सार्वजनिक पोखरी उसराहीबाट एउटा कलात्मक विष्णु भगवानको मूर्ति फेला परेको छ ।
स्थानीय रामेश्वर महतोले सोमबार सो पोखरीबाट माटो खन्ने क्रममा करिब १० किलोको उक्त मूर्ती फेला परेको हो ।
फेला परेको मूर्तीलाई मंगलबार मधेशी जनअधिकार फोरम नेपालका केन्द्रिय सदस्य शैलेन्द्र प्रसाद साहको अगुवाइमा आयोजित पत्रकार सम्मेलनमा स्थानीयहरुले सार्वजनिक गरेका छन् । मूर्ती सार्वजनिक पश्चात् सोही स्थानमा रहेको हनुमान मन्दिरमा तत्कालका लागि राखिएको केन्द्रिय सदस्य साहले जानकारी दिनुभयो ।
स्थानिय बिन्देश्वर महतोको संयोजकत्वमा गठित २१ सदस्यीय मन्दिर व्यवस्थापन तथा संरक्षण समितिलाई सो मूर्ति जिम्मा लगाइएको केन्द्रिय सदस्य साहले जानकारी दिनुभयो । यस्तै नारायण ठाकुरको संयोजकत्वमा ११ सदस्यीय स्वयमसेवक समिति समेत गठन गरिएको छ ।
उक्त ऐतिहासिक धरोहरको कलात्मक मुर्तिलाई पुरातात्विक विभागले अविलम्ब उत्खन्न गरि अझ थप कार्य गर्नुपर्ने माग स्थानीयहरुले गरेका छन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/30 निर्वाचनका लागि देशमा माहौल बनिसकेको छ ः गृहमन्त्री अर्याल
- 2082/09/30 डा. सन्तोष नेपाली जनता पार्टीमा प्रवेश
- 2082/09/30 सुरुङ्गाबाट लागुऔषध सहित दुई पक्राउ
- 2082/09/30 डाक्नेश्वरीका स्वास्थ्यकर्मीहरुले अल्टिमेटमसहित बुझाए ज्ञापनपत्र
- 2082/09/30 मैत्रीपूर्ण महिला क्रिकेटको उपाधि काठमाडौंको पोल्टामा
- 2082/09/25 दैनिक दुई उडान प्रचार मै सीमित
- 2082/09/25 सशस्त्र प्रहरीद्वारा सीमा सुरक्षा र सद्भाव बढाउन झण्डा मार्च
- 2082/09/25 मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, अर्का गम्भिर
- 2082/09/24 निर्वाचनलाई लक्षित गर्दै तीन पार्टीद्वारा कार्यदल गठन
- 2082/09/23 क्यान्सर पीडित छोराका लागि यादव दम्पत्तीद्वारा सहयोगको याचना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ