News Category 2072/02/07
१५ दिन नबित्दै पुनः अर्को कंकाल फेला प¥यो
दैनिक संवाददाता
राजविराज, ६ जेठ ।
सप्तरीको जण्डौल गाविसमा एक महिलाको कंकाल फेला परेको १५ दिन नबित्दै प्रहरीले पुनः सप्तरीको कल्याणपुर गाविसबाट बुधबार एक पुरुषको कंकाला फेला पारेको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीको विशेष अनुसन्धान टोलीले बुधबार जिल्लाको कल्याणपुर ८ स्थित भदैया टोलमा दिउँसो उत्खनन् गरि सो कंकाल फेला पारेको हो ।
फेला परेको कंकाल जिल्लाको टिकुलिया गाविस ४ का सबुद मियाँको रहेको प्रहरीले जनाएको छ । २०६९ साल असोज १० गते मियाँ आफ्नो बुहारी सगिरा खातुनसँगै वेपत्ता भएका थिए । बुहारीसँग वेपत्ता हुँदा मियाँको हात्त भाचेको तथा सो हातमा स्टिल लगाएकोले फेला परेको कंकालको हातमा स्टिल रहेकोले शव पहिचान भएको प्रहरीले जनाएको छ । यता बुहारी सगिराको अवस्था भने हालसम्म पनि अज्ञातै रहेको छ ।
यसअघि प्रहरीले गत बैशाख २७ गते जिल्लाको जण्डौल गाविस ६ निवासी धिरेन्द्र साहकी ३२ वर्षीया पत्नी गोरीनिया भनिने दुलारीदेवी साहको कंकाल फेला पारेको थियो ।
गत २०६९ साल सोही गाविसको जंगलमा एक भट्टराई दम्पतीको हत्या भएको थियो र सोही आरोपमा साहलाई दुई वर्षको सजाय सुनाएपछि फरार अभियुक्त भएको अनुसन्धानले खुल्न आएको सप्तरीका डिएसपी नारायण प्रसाद चिमरियाले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/30 प्रशासकीय भवन सार्ने विषयमा जनप्रतिनिधिहरु बीचमै विवाद
- 2082/12/23 पत्रकार महासंघद्वारा सरकारको पछिल्लो विज्ञापन नीति खारेज गर्न माग, सञ्चारमाध्यमहरू बन्द भए हजारौं पत्रकार तथा सञ्चारकर्मी र सञ्चारक्षेत्रमा जोडिएकाहरु प्रत्यक्ष रूपमा प्रभावित हुने
- 2082/12/23 गाईको मासुसहित एक पक्राउ
- 2082/12/23 तीन स्थानमा भएको आगलागिमा ६ लाख ७३ हजार ५ सय मुल्य बराबरको क्षति
- 2082/12/22 शनिबार र आइतबार सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा बिदा
- 2082/12/22 मर्मत सम्भारको माग गर्दै चक्काजाम
- 2082/12/20 कान उपचार केन्द्रको नवनिर्मितको उद्घाटन, नेपालमा १८ प्रतिशत जनता कान रोगबाट ग्रसित
- 2082/12/20 गैरकानुनी रुपमा रकम असुल्ने कार्यमा संलग्न व्यक्तिलाई कार्यालय प्रवेशमा निषेध
- 2082/12/20 आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा विद्यालय संचालक र कर्मचारी पक्राउ
- 2082/12/20 मोटरसाइकल चोरी घटनामा तीन युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ