News Category 2072/02/08
आममाफीको माग गर्दै कैदीबन्दी परिवारहरुद्वारा प्रदर्शन
दैनिक संवाददाता
राजविराज, ७ जेठ ।
देशभरीका विभिन्न कारागारहरु जीर्ण बन्दै गएको तथा कुनै बेला पनि भवन भत्किएर कैदीबन्दीहरुको ज्यान जान सक्ने हुनाले विभिन्न कारागारहरुमा रहेका कैदीबन्दीहरुलाई आममाफीको माग गर्दै राजविराजमा विहीबार कैदीबन्दी परिवारहरुले प्रदर्शन गरेका छन् ।
स्थानीय शिव मन्दिर प्राङ्गणबाट निकालिएको जुलुस नाराबाजी गर्दै नगरको विभिन्न भाग परिक्रमा गरेको थियो । दर्जनौं कैदीबन्दीका परिवारजनको सहभागिता रहेको उक्त जुलुस पुनः शिव मन्दिर प्राङ्गणमा पुगी सम्पन्न भएको थियो ।
सप्तरीसहित देश भरिका कैदीबन्दीहरु यतिबेला भूकम्पका कारण त्रासदीपूर्ण अवस्थामा बस्न बाध्य रहेको भन्दै उनीहरुका परिवारजनले कैदीबन्दीहरुको मानव अधिकारको रक्षा गर्दै बिना शर्त रिहाई गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय पुगेर प्रमुख जिल्ला अधिकारी वीरेन्द्र कुमार यादवको ध्यानाकर्षण गराएका छन् ।
सप्तरीसहित देशभरिका कारागारहरुको भौतिक संरचना जीर्ण रहेको भन्दै बाहिर पनि कोचाकोच भएर बस्नुपर्ने अवस्था तथा महाभूकम्पमा परी देशैभरिका विभिन्न कारागारहरुमा रहेका दर्जनौं कैदीबन्दीहरुले सुरक्षित स्थानमा भाग्न नपाई ज्यान गुमाउनुपरेको उनीहरुको गुनासो छ ।
वर्तमान अवस्थामा कुनबेला फेरी भूकम्प आउने हो, त्यसको कुनै सुनिश्चितता नरहेकोले बिना शर्त उनीहरुलाई यथाशिघ्र रिहाई गर्नुपर्ने कैदीबन्दी परिवारहरुले बताएका छन् ।
मानवीय संवेदनासमेतलाई मध्यनजर गर्दै कैदीबन्द्रीहरुलाई रिहाईको माग गर्दै आफूहरुले नेपाल सरकारको ध्यानाकर्षण गराएको बताउँदै सरकार गम्भीर नभए थप सशक्त आन्दोलनमा उत्रिने उनीहरुले चेतवानी दिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/30 प्रशासकीय भवन सार्ने विषयमा जनप्रतिनिधिहरु बीचमै विवाद
- 2082/12/23 पत्रकार महासंघद्वारा सरकारको पछिल्लो विज्ञापन नीति खारेज गर्न माग, सञ्चारमाध्यमहरू बन्द भए हजारौं पत्रकार तथा सञ्चारकर्मी र सञ्चारक्षेत्रमा जोडिएकाहरु प्रत्यक्ष रूपमा प्रभावित हुने
- 2082/12/23 गाईको मासुसहित एक पक्राउ
- 2082/12/23 तीन स्थानमा भएको आगलागिमा ६ लाख ७३ हजार ५ सय मुल्य बराबरको क्षति
- 2082/12/22 शनिबार र आइतबार सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा बिदा
- 2082/12/22 मर्मत सम्भारको माग गर्दै चक्काजाम
- 2082/12/20 कान उपचार केन्द्रको नवनिर्मितको उद्घाटन, नेपालमा १८ प्रतिशत जनता कान रोगबाट ग्रसित
- 2082/12/20 गैरकानुनी रुपमा रकम असुल्ने कार्यमा संलग्न व्यक्तिलाई कार्यालय प्रवेशमा निषेध
- 2082/12/20 आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा विद्यालय संचालक र कर्मचारी पक्राउ
- 2082/12/20 मोटरसाइकल चोरी घटनामा तीन युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ