News Category 2070/04/12
“सरकारी कार्यालयहरुमा डनहरुका कारण भ्रष्टाचार संस्थागत भएको छ”
दैनिक संवाददाता
राजविराज, ११ साउन ।
सप्तरीका प्रमुख जिल्ला अधिकारी हरिकृष्ण पौडेलले जिल्लास्थित सरकारी कार्यालयहरुमा रहेको डनहरुका कारण भ्रष्टाचार संस्थागत भएकोले त्यसलाई निरुत्साहित गर्नुपर्ने बताउनुभएको छ ।
सञ्चार सरोकार केन्द्र सप्तरीले राजविराजमा आयोजना गरेको भ्रष्टाचार सम्बन्धि साक्षात्कार कार्यक्रममा प्रजिअ पौडेलले जमेर बसेका डनहरुलाई निरुत्साहित नगरेसम्म सरकारी कार्यालयहरुमा भईरहेको भ्रष्टाचार नियन्त्रण नहुने बताउनुभयो ।
हाकिमहरुको सरुवा भईरहने तर एउटा कर्मचारी जमेर बसिरहने र त्यही कर्मचारीले हाकिमहरुलाई चलाईरहेको छ, प्रजिअ पौडेलले भन्नुभयो–‘‘ जमेर बसको डन कर्मचारीहरुबाट पछि हाकिमहरुले पनि फाईदा पाउने गरेका छन् ।”
जनताहरुमा काम गराउन अतिरिक्त पैसा तिर्नुपर्दैन भने चेतना हुदाँहुँदै पनि पैसा तिर्ने गरेकोले भ्रष्टाचार संस्थागत हुँदै गएको बताउँदै प्रजिअ पौडेलले यहाँ भ्रटाचार बिरुद्ध उजुरी दिने प्रबृति पनि बेग्लै खालको रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो–‘‘ शुरुमा भ्रष्टाचार भएको उजुरी दिन्छ, पछि पैसा दिएपछि मुद्दा छाडिदिने प्रबृति मौलाउँदै गएको छ ।”
जिल्ला प्रशासन कार्यालयमा पनि भ्रष्टाचार रहेको स्वीकार्दै भ्रष्टाचार निवारणको लागि समाज पनि अग्रसर हुनु जरुरी रहेको बताउनुभयो ।
कार्यक्रममा पुनरावेदन वार एकाई राजविराजका निर्वतमान अध्यक्ष हेमनारायण चौधरीले अदालतका कर्मचारीहरुमा भ्रष्टाचार गर्ने प्रबृति हट्दै गएपनि मालपोत, जिविस र गाविस कार्यालयका कर्मचारीहरुमा भ्रष्टाचार गर्ने प्रबृति हट्न नसकेको बताउनुभयो ।
राष्ट्रिय सर्तकता केन्द्रले पछिल्लो पटक सार्वजनिक गरेको प्रतिबेदनमा सबैभन्दा बढी भ्रष्टाचार हुने जिल्ला सप्तरी रहेको देखाएको छ ।
सर्तकता केन्द्रको प्रतिबेदनमा सत्यता रहेको दाबी गर्दै भ्रष्टाचार बिरुद्ध अभियानहरु सञ्चालन भएपनि त्यो प्रभावकारी हुन नसकेको बताउनुभयो ।
सो अवसरमा मधेशी जनअधिकार फोरम नेपाल सप्तरीका अध्यक्ष मो. युसुफ अलीले नागरिक समाज कमजोर भएकोले भ्रष्टाचार तिब्र रुपमा बढेको बताउनुभयो ।
नागरिक समाज कमजोर छ, उहाँले भन्नुभयो–‘‘ भ्रष्टाचार नियन्त्रण गर्ने निकायमै भ्रष्टाचार रहेकाले भ्रष्टाचार नियन्त्रण हुन्छ भने कल्पना गर्नै सकिदैन् ।”
सर्तकता केन्द्रको प्रतिबेदन नियत बश आएको जिकिर गर्दै उहाँले मधेशलाई बदनाम गर्न षड्यन्त्र स्वरुप यस्तो प्रतिबेदन सार्वजनिक गर्न लगाएको दाबी गर्नुभयो ।
सञ्चार सरोकार केन्द्र सप्तरीका अध्यक्ष शिबहरि भट्टराईको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघ सप्तरीका धीरेन्द्र प्रसाद साह, मैथिल महासंघका अध्यक्ष बिष्णु कुमार मण्डल लगायतले बोल्नुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/14 थोरै लगानीमा बढी आम्दानी दिने “सनपात” खेती संकटमा
- 2083/02/14 ...अनि श्रीमतीसँग माफी मागें
- 2083/02/14 महिला टी–ट्वान्टी छनोट क्रिकेट प्रतियोगितामा सिरहा र धनुषा बिजयी
- 2083/02/13 अनिताको हत्या आरोपमा छिमेकी पक्राउ
- 2083/02/13 ‘ज्येष्ठ नागरिक’ शब्द कायम गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन
- 2083/02/13 वर्तमान अवस्थामा पत्रकारिता पेशा अत्यन्त नाजुक ः वक्ताहरु
- 2083/02/13 बाढीबाट हुने क्षति रोक्न सुझाव संकलन
- 2083/02/13 किर्तिमान कायम गर्दैै राष्ट्रिय भारोत्तोलन प्रतियोगिता सम्पन्न
- 2083/02/13 मधेश प्रदेशस्तरीय महिला क्रिकेट छनोट प्रतियोगिता
- 2083/02/12 न्यायका लागि अदालतै अगाडी धर्ना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ