News Category 2072/02/09
प्रथम बाल मैत्री विद्यालय स्तरीय कराँते प्रतियोगिता शुरु
दैनिक संवाददाता
राजविराज, ८ जेठ ।
सप्तरीको राजविराजमा शुक्रबारदेखि प्रथम बाल मैत्री विद्यालय स्तरीय कराँते प्रतियोगिता शुरु भएको छ ।
राजविराज नगरपालिकाको कार्यालय, जिल्ला खेलकुद विकास समितिको सहयोग तथा नेपाल सितोरियो कराँते संघ सप्तरीको आयोजनामा सो प्रतियोगिताको एक समारोहबिच उद्घाटन गरिएको छ ।
नेपाल सितोरियो कराँते संघ सप्तरीका अध्यक्ष विजयमान थापाको अध्यक्षता तथा राजविराज नगरपालिकाका ई. हरी नारायण रौनियारको प्रमुख आतिथ्यमा आयोजित सो उद्घाटन समारोहमा जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण मण्डल, क्रिकेट संघका पूर्वान्चल अध्यक्ष शैलेश चौधरी, जुडो प्रशिक्षक नवनित झा, सहायक प्रशिक्षक उमेश गुुरुङ्ग, जिल्ला बाल संजालका अध्यक्ष भावना पौडेल लगायतका बक्ताहरुले सो प्रतियोगिताको सफलताको कामना गर्नुभएको छ ।
उद्घाटन समारोहमा काता प्रदर्शन तथा सानो तौल समूहमा कराँते प्रतियोगिता सम्पन्न भएको छ । यस्तै शनिबार बिहानदेखी विभिन्न तौल समूहमा विभिन्न विद्यालयहरुबीच कराँते प्रतियोगिता हुने जनाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/30 निर्वाचनका लागि देशमा माहौल बनिसकेको छ ः गृहमन्त्री अर्याल
- 2082/09/30 डा. सन्तोष नेपाली जनता पार्टीमा प्रवेश
- 2082/09/30 सुरुङ्गाबाट लागुऔषध सहित दुई पक्राउ
- 2082/09/30 डाक्नेश्वरीका स्वास्थ्यकर्मीहरुले अल्टिमेटमसहित बुझाए ज्ञापनपत्र
- 2082/09/30 मैत्रीपूर्ण महिला क्रिकेटको उपाधि काठमाडौंको पोल्टामा
- 2082/09/25 दैनिक दुई उडान प्रचार मै सीमित
- 2082/09/25 सशस्त्र प्रहरीद्वारा सीमा सुरक्षा र सद्भाव बढाउन झण्डा मार्च
- 2082/09/25 मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, अर्का गम्भिर
- 2082/09/24 निर्वाचनलाई लक्षित गर्दै तीन पार्टीद्वारा कार्यदल गठन
- 2082/09/23 क्यान्सर पीडित छोराका लागि यादव दम्पत्तीद्वारा सहयोगको याचना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ