News Category 2072/02/10
२ सय ३० नेपाली र ८९ विदेशी नागरिक बेपत्ता
राजविराज÷देशका विभिन्न भागमा वैशाख १२ र १३ र २९ गते आएको विनाशकारी भूकम्पमा परी शनिबार १० बजेसम्मको प्राप्त जानकारी अनुसार ८,६५० जनाको ज्यान गुमेको छ भने २२,०४० जना घाइते भएका छन् ।
भूकम्पबाट ज्यान गुमाउनेहरुमा उपत्यकामा १७३०, पूर्व क्षेत्रमा ५८, मध्य क्षेत्रमा ६४०८, पश्चिम क्षेत्रमा ४५२ र मध्यपश्चिम क्षेत्रमा २ जना रहेका छन् भने घाइते हुनेहरुमा उपत्यकामा १२९८३, पूर्व क्षेत्रमा ४५४, मध्य क्षेत्रमा ७२३३, पश्चिम क्षेत्रमा १३३२, मध्यपश्चिम क्षेत्रमा ३६ जना र सुदूरपश्चिम क्षेत्रमा २ जना रहेका छन् ।
मृतक ८६१२ जनाको शव आफन्तलाई बुझाई सकिएको छ । घाइतेमध्ये ५३०७ जना विभिन्न अस्पतालमा उपचाररत छन् । साथै उक्त विनाशकारी भूकम्पमा ज्यान गुमाएका नेपाल प्रहरी ६, नेपाली सेना ९, सशस्त्र प्रहरी १, निजामती कर्मचारी ११ र विदेशी नागरिक ७९ जना तथा घाइते भएका नेपाल प्रहरी १८३, नेपाली सेना ६ जना, सशस्त्र प्रहरी ३२ र विदेशी पर्यटक ५० जनाको संख्यासमेत उपरोक्त संख्यामै समावेश गरिएको छ ।
यसैगरी हालसम्म नेपाली नागरिक २३० र विदेशी नागरिक ८९ जना बेपत्ता भएका छन् । यसैगरी उक्त विनाशकारी भूकम्पबाट पूर्ण तथा आंशिक गरी उपत्यकामा ६७१८८, पूर्व क्षेत्रमा ४५९३०, मध्य क्षेत्रमा २००८६२, पश्चिम क्षेत्रमा १४५४२८, मध्य पश्चिम क्षेत्रमा ३१९५ र सुदूर पश्चिम क्षेत्रमा ५० गरी जम्मा ४६२६५३ भौतिक संरचनाहरु क्षती भएका छन् ।
नेपाल प्रहरीबाट काठमाडौं उपत्यका लगायतका प्रभावित क्षेत्रहरुमा खाद्यान्न, त्रिपाल, स्वास्थ्य शिविर सञ्चालन र पानी लगायतका राहत सामाग्री वितरण कार्य भइरहेको छ । भग्नावशेष हटाउने, सरसफाई गर्ने, सुरक्षा गस्ती (पट्रोलिङ) गर्ने, उद्वार तथा खोज कार्यसमेतमा देशभर नेपाल प्रहरीबाट कुल ४४ हजार ६ सय २९ जना प्रहरी कर्मचारी परिचालित भएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/14 थोरै लगानीमा बढी आम्दानी दिने “सनपात” खेती संकटमा
- 2083/02/14 ...अनि श्रीमतीसँग माफी मागें
- 2083/02/14 महिला टी–ट्वान्टी छनोट क्रिकेट प्रतियोगितामा सिरहा र धनुषा बिजयी
- 2083/02/13 अनिताको हत्या आरोपमा छिमेकी पक्राउ
- 2083/02/13 ‘ज्येष्ठ नागरिक’ शब्द कायम गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन
- 2083/02/13 वर्तमान अवस्थामा पत्रकारिता पेशा अत्यन्त नाजुक ः वक्ताहरु
- 2083/02/13 बाढीबाट हुने क्षति रोक्न सुझाव संकलन
- 2083/02/13 किर्तिमान कायम गर्दैै राष्ट्रिय भारोत्तोलन प्रतियोगिता सम्पन्न
- 2083/02/13 मधेश प्रदेशस्तरीय महिला क्रिकेट छनोट प्रतियोगिता
- 2083/02/12 न्यायका लागि अदालतै अगाडी धर्ना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ