News Category 2072/02/11
संचालित नीजि विद्यालयहरु बन्द नगराउन अदालतद्वारा आदेश
दैनिक संवाददाता
राजविराज, १० जेठ ।
पुनरावेदन अदालत राजविराजले शिक्षा नियमावली अनुसार अनुमति लिई सप्तरीमा संचालनमा रहेका विद्यालयहरु बन्द नगर्नु नगराउनु अन्तरिम आदेश दिएको छ ।
राजविराजस्थित गुरुकुल इंङलिस बोर्डिङ्ग स्कुलका संचालक संतोष कुमार चमनले जिल्ला शिक्षा कार्यालय सप्तरी बिरुद्ध दिनुभएको उत्प्रेसन परमादेश निवेदन उपर पुनरावेदन अदालत राजविराजका मुख्य न्यायधिश ईश्वर प्रसाद खतिवडा र न्यायधिश राजेश्वर तिवारीको संयुक्त इजलाशले सो आदेश दिएको हो ।
चमनद्वारा दिएको निवेदनमा विद्यालयहरुले शिक्षा ऐन २०२८ को दफा ३ को उप दफा ७ तथा शिक्षा नियमावली, २०५९ को नियम ७(५) बमोजिम आप्mनै श्रोतबाट पूर्व प्राथमिक विद्यालय खोल्ने अनुमति वा स्वीकृति सम्बन्धित गाउँ विकास समिति वा नगरपालिकाकले दिने व्यवस्था बमोजिम अनुमति प्राप्त गरी विद्यालय संचालन गरेको देखिएको भन्दै अदालतले सो आदेश दिएको जनाइएको छ ।
सो आदेशमा भनिएको छ, “संस्थापित विद्यालय बन्द गर्न जिल्ला शिक्षा कार्यालयले प्रकाशित गरेको विवादित सूचनामा विद्यालय बन्द गराउनुपर्ने कानुनी आधार खुलाई सुचना जारी गरेको नदेखिएको जनाउँदै विद्यालय बन्द गर्न केवल ५ दिनको समय दिई जिल्लाका १ सय ५२ वटा विद्यालयको सूचि प्रकाशन गरेको तथा सो अवस्थामा विद्यालयलाई तत्काल बन्द गर्दा गराउँदा विद्यालय खोलि संचालन गर्ने रिट निवेदकको नागरिक अधिकार तथा पठन पाठन गर्न पाउने बालबालिकाको शिक्षा सम्बन्धि अधिकारमा अपूरणीय क्षति पुग्न जाने देखियो ।”
त्यस्तै अगाडी भनिएको छ, “आदेशमा शिक्षा एने २०२८ को दफा ३(७) एवंम शिक्षा नियमावली, २०५९ को नियम ७(५) समेतका कानुन बमोजिम अनुमित वा स्वीकृति प्राप्त गरी संचालनमा रहेका विद्यालय बन्द नगर्नु नगराउनु भनी यो रिट निवेदन किनारा नलागेसम्मका लागि पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ३३ क. बमोजिम अन्तरिम आदेश जारी गरिएको छ ।”
यसअघि पनि सोही विषयमा रामनरेश दासले दिएको निवदेन उपर पुनरावेदन अदालत राजविराजका मुख्य न्यायाधिश ईश्वर प्रसाद खतिवडाको एकल इजलाशले जेठ ८ गतेसम्म विद्यालय बन्द नगर्न जिल्ला शिक्षा कार्यालय सप्तरीको नाममा अन्तरिम आदेश दिएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/30 निर्वाचनका लागि देशमा माहौल बनिसकेको छ ः गृहमन्त्री अर्याल
- 2082/09/30 डा. सन्तोष नेपाली जनता पार्टीमा प्रवेश
- 2082/09/30 सुरुङ्गाबाट लागुऔषध सहित दुई पक्राउ
- 2082/09/30 डाक्नेश्वरीका स्वास्थ्यकर्मीहरुले अल्टिमेटमसहित बुझाए ज्ञापनपत्र
- 2082/09/30 मैत्रीपूर्ण महिला क्रिकेटको उपाधि काठमाडौंको पोल्टामा
- 2082/09/25 दैनिक दुई उडान प्रचार मै सीमित
- 2082/09/25 सशस्त्र प्रहरीद्वारा सीमा सुरक्षा र सद्भाव बढाउन झण्डा मार्च
- 2082/09/25 मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, अर्का गम्भिर
- 2082/09/24 निर्वाचनलाई लक्षित गर्दै तीन पार्टीद्वारा कार्यदल गठन
- 2082/09/23 क्यान्सर पीडित छोराका लागि यादव दम्पत्तीद्वारा सहयोगको याचना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ