News Category 2072/02/11
केटी जिस्काएको भन्दै दुई समूहबीच झगडा हुँदा आधा दर्जन व्यक्ति घाइते
दैनिक संवाददाता
राजविराज, १० जेठ ।
केटी जिस्काएको निहुँमा आईतबार सप्तरीको नर्घो गाविसमा दुई पक्षबिच भएको झगडामा आधा दर्जन ब्यक्तिहरु घाईते भएका छन ।
जनता शंकर उमावि नर्घोको कक्षा ७ मा अध्ययनरत १४ वर्षिया कंचन कुमारी यादवलाई सोही विद्यालयको कक्षा ९ मा अध्ययनरत कमलदेव मण्डल, संदिप पासवान र विजय कुमार पासवानले जिस्काएको निहुँमा ती दुईका अभिभावकबिच दोहरो झगडा भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
केटीलाई झिस्काएको निहुँमा केटा र केटीका अभिभावकहरुले विद्यालयबाट घर फर्किने क्रममा बीच बाटोमा दुई पक्षबिच झगडा भएको हो ।
दुई पक्षबिच भएको विवादका कारण भएको झगडाले केटीका बुवा बोध नारायण यादव र आमा गिता देवीयादव गम्भिर घाईते भएका छन । गम्भिर घाईते उनीहरुको तत्काल राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारको लागि धरान पठाईएको प्रहरीले जनाएको छ ।
त्यस्तै केटा पक्षका समेत तीन जना घाईते भएका छन । जसमध्ये कमलदेव मण्डल र किसुनदेव मण्डललाई थप उपचारको लागि विराटनगर पठाईएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं डिएसपी नारायण प्रसाद चिमरियाले जानकारी दिनुभयो । साथै उक्त घटनाको बास्तविकता बुभ्mने कार्य समेत भईरहेको प्रवक्ता चिमरियाले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/30 प्रशासकीय भवन सार्ने विषयमा जनप्रतिनिधिहरु बीचमै विवाद
- 2082/12/23 पत्रकार महासंघद्वारा सरकारको पछिल्लो विज्ञापन नीति खारेज गर्न माग, सञ्चारमाध्यमहरू बन्द भए हजारौं पत्रकार तथा सञ्चारकर्मी र सञ्चारक्षेत्रमा जोडिएकाहरु प्रत्यक्ष रूपमा प्रभावित हुने
- 2082/12/23 गाईको मासुसहित एक पक्राउ
- 2082/12/23 तीन स्थानमा भएको आगलागिमा ६ लाख ७३ हजार ५ सय मुल्य बराबरको क्षति
- 2082/12/22 शनिबार र आइतबार सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा बिदा
- 2082/12/22 मर्मत सम्भारको माग गर्दै चक्काजाम
- 2082/12/20 कान उपचार केन्द्रको नवनिर्मितको उद्घाटन, नेपालमा १८ प्रतिशत जनता कान रोगबाट ग्रसित
- 2082/12/20 गैरकानुनी रुपमा रकम असुल्ने कार्यमा संलग्न व्यक्तिलाई कार्यालय प्रवेशमा निषेध
- 2082/12/20 आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा विद्यालय संचालक र कर्मचारी पक्राउ
- 2082/12/20 मोटरसाइकल चोरी घटनामा तीन युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ