News Category 2072/02/12
विद्यालय भर्ना अभियान कागजमै सीमित
शुभ नारायण यादव
राजविराज, ११ जेठ ।
सरकारले संचालन गरेको “विद्यालय भर्ना अभियान २०७२” सप्तरीमा प्रभावकारी बन्न सकेन् ।
५ वर्ष देखि १२ वर्ष सम्मका बालबालिकाहरु विद्यालय भर्ना हुनबाट नछुटाउन सरकारले बैशाख मसान्तसम्म भर्ना अभियानको समय तोकेको थियो । तर, बैशाख १२ गते गएको विनाशकारी भूकम्पका कारण सरकारले जेठको पहिलो सात्तासम्म अभियानको म्याद थप गरेर लाखौ रकम खर्च गरेपनि विद्यालय भर्ना अभियानले कुनै खासै प्रभाव पार्न सकेन् ।
जिल्लाको दक्षिणी भेगका अधिकांश दलित बालबालिकाहरु विद्यालय भर्ना नभई उनीहरु दिनभरी गाई, भैसी, गोरु तथा घरको कामकाजमै सीमित रहेको देखिने गरिन्छ । सरकारले वर्षेणी शिक्षामा खर्बौको लगानी गरेपनि बालुवामा पानी हाले सरह हुने गरेको छ ।
अहिलेको शिक्षा गुणस्तर र प्रभावकारी बन्न सकेको छैन । यसको उदाहरण सप्तरीको ईटहरी विष्णुपुर गाविस ७ गोरगमाका दलित बालबालिकाहरु सरकारले विद्यालय भर्ना अभियान संचालन गरेपनि त्यहाँका बालबालिकाहरु विद्यालय नगई गाई, गोरु, भैसी चराउँनु बाहेक घरकै कामकाज मै सीमित रहेका छन् ।
त्यहाँ करिब ५० दलित परिवारको बस्ती रहेको छ, त्यहा नजिकै रुद्र नारायण माध्यमिक विद्यालय गोरगमा रंजितपुर रहेको छ तर पनि उनीहरु विद्यालय पढ्न जाँदैनन् ।
सरकारले बिना योजनाको विद्यालय भर्ना अभियान संचालन गरेका कारण उनीहरु भर्ना हुनबाट बंचित हुन पुगेको सरोकारबालाहरु बताउँछन । घरको आर्थिक अवस्था एकदमै कमजोर भएका कारण कहाँबाट रकम ल्याएर बालबालिकाहरुलाई विद्यालयमा भर्ना गराउँने प्रश्न गर्छन स्थानीय रामफल मुखिया । उनी जस्तै त्यहाँका अधिकां्रश अभिभावकहरु आ–आफनो बालबालिकाहरुलाई विद्यालय भर्ना अभियान छाडि घरको कामकाज तथा नजिकै रहेको ईटा भटामा गई कामकाज गर्न बाध्य भएका छन ।
सरकारले हाल मुलुकभरी नै विद्यालय भर्ना अभियान संचालन गरेको छ तर, यहाँका दलित बालबालिकाहरु विद्यालय भर्ना अभियानबाट बंचित हुनुमा सरकार तथा जिल्ला शिक्षा कार्यालयको समेत कमजोरी रहेको स्थानीय बुद्धिजिवीहरु बताउँछन ।
ती दलितबस्ती नजिकै मावि विद्यालय रहेपनि उनीहरु विद्यालय छात्रबृति वितरण गर्ने दिन मात्र विद्यालयमा आउँने गरेको शिक्षक शिक्षिकाहरुको भनाई छ ।
यसैबिच सो सम्बन्धमा विद्यालयका प्रअ दिनेश्वर प्रसाद यादवले विभिन्न जनचेतना मुलक ¥याली तथा कार्यक्रमहरुको आयोजना गरी विद्यालय भर्ना अभियानलाई सफल पार्ने कार्य गरेको दाबी गर्नुहुँदै उक्त कार्यक्रमबाट केही प्रतिशत भएपनि विद्यार्थी भर्नामा बृद्धि भएको बताउँनुभयो ।
साथै खासगरी विद्यालय आसपास दलितहरुको बस्ती भएकाले त्यहाँका अभिभावकहरुलाई जनचेतना फैलाउँनुपर्ने आवश्यकता रहेको बताउँनुहुँदै प्रअ यादवले जनचेतना फैलाएर भएपनि विद्यालय भर्ना अभियान २०७२ लाई सफल पार्नका सम्पूर्ण अभिभावक, बृद्धिजिवी, सरोकारबाला निकायहरुको सहयोगको खाँचो रहेको बताउँनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/14 थोरै लगानीमा बढी आम्दानी दिने “सनपात” खेती संकटमा
- 2083/02/14 ...अनि श्रीमतीसँग माफी मागें
- 2083/02/14 महिला टी–ट्वान्टी छनोट क्रिकेट प्रतियोगितामा सिरहा र धनुषा बिजयी
- 2083/02/13 अनिताको हत्या आरोपमा छिमेकी पक्राउ
- 2083/02/13 ‘ज्येष्ठ नागरिक’ शब्द कायम गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन
- 2083/02/13 वर्तमान अवस्थामा पत्रकारिता पेशा अत्यन्त नाजुक ः वक्ताहरु
- 2083/02/13 बाढीबाट हुने क्षति रोक्न सुझाव संकलन
- 2083/02/13 किर्तिमान कायम गर्दैै राष्ट्रिय भारोत्तोलन प्रतियोगिता सम्पन्न
- 2083/02/13 मधेश प्रदेशस्तरीय महिला क्रिकेट छनोट प्रतियोगिता
- 2083/02/12 न्यायका लागि अदालतै अगाडी धर्ना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ