News Category 2072/02/13
बढ्दो गर्मीसँगै आँखा अस्पतालमा बिरामीहरुको संख्यामा बृद्धि
शुभ नारायण यादव
राजविराज, १२ जेठ ।
प्रचण्ड गर्मी तथा हावाहुरीका कारण सगरमाथा चौधरी आँखा अस्पताल केन्द्र मलेठमा बिरामीहरुको संख्यामा निकै बृद्धि भएको छ ।
बढ्दो गर्मी तथा हावाहुरीका कारण अहिले दिनहुँ सबैभन्दा बढी आँखा पाक्ने र एलर्जीका बिरामीहरु आउँने गरेको केन्द्रका प्रमुख राम कुमार झाले जानकारी दिनुभयो । उहाँका अनुसार मंगलबार मात्र १ सय ३ जना बिरामीहरुको चेकजाँच तथा औषधि उपचार गरिएको थियो ।
जसमध्ये २१ जना आँखा पाक्ने, २५ जना चस्मा जाँच दृष्टि, मोतिया बिन्दुका १२ जना र रतौनीका ४ जना बिरामीहरुको चेकजाँच गरिएको छ । जसमध्ये ६ जना मोतिया बिन्दु र ४ जना रतौनीका बिरामीलाई थप उपचारको लागि अर्थात अप्रेशन गर्नका लागि लहान पठाईएको उहाँले जानकारी दिनुभयो ।
केन्द्रले प्रत्येक दिन ९० देखि १ सय जना बिरामीहरुलाई चेकजाँच गर्ने गरिएपनि गर्मीको शुरुवातसँगै हाल दिनहुँ बिरामीहरुको संख्यामा समेत बृद्धि भएको उहाँले जानकारी दिनुभयो ।
उक्त केन्द्रमा जनवरी २०१५ देखि में २६ तारिख अर्थात हाल सम्ममा ९ हजार २ सय ९८ जना बिरामीहरुलाई चेकजाँच तथा औषधि उपचार गरीएको केन्द्रका प्रमुख झाले जानकारी दिनुभयो । जसमध्ये ७ सय ३० जना मोतिया बिन्दुका बिरामी तथा १ सय ३२१ जना रतौनीका बिरामीहरुको चेकजाच तथा औषधि उपचार गरीएको छ ।
प्रचण्ड गर्मी, खानपिन, आँखामा चोटपटक तथा आँखाको अरु बिरामीका कारण खासगरी मोतिया बिन्दु रोगको संक्रमण देखिएको तथा अधिकांश बालबालिकाहरुमा रतौनी रोग लाग्ने गरेको केन्द्र प्रमुख झाको भनाई रहेको छ ।
मुलुकमा मोतिया बिन्दुका कारण अन्धो हुनेको संख्यामा समेत बृद्धि भएको जानकारी दिनुहुँदै केन्द्र प्रमुख झाले मोतिया बिन्दुका बिरामीहरुको यहाँ उपचार हुन नसकेपछि सगरमाथा चौधरी आँखा अस्पताल लहान अप्रेशनको लागि पठाउँने गरेको उहाँले जानकारी दिनुभयो ।
हाल सो अस्पतालमा एक जना केन्द्र प्रमुख दुई जना आँखा स्वास्थ्य कार्यकर्ता, एक जना स्विपर, एक जना गार्ड र एक जना पार्ट टाईमर गरी ६ जना कर्मचारीहरु कार्यरत रहेका छन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/30 प्रशासकीय भवन सार्ने विषयमा जनप्रतिनिधिहरु बीचमै विवाद
- 2082/12/23 पत्रकार महासंघद्वारा सरकारको पछिल्लो विज्ञापन नीति खारेज गर्न माग, सञ्चारमाध्यमहरू बन्द भए हजारौं पत्रकार तथा सञ्चारकर्मी र सञ्चारक्षेत्रमा जोडिएकाहरु प्रत्यक्ष रूपमा प्रभावित हुने
- 2082/12/23 गाईको मासुसहित एक पक्राउ
- 2082/12/23 तीन स्थानमा भएको आगलागिमा ६ लाख ७३ हजार ५ सय मुल्य बराबरको क्षति
- 2082/12/22 शनिबार र आइतबार सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा बिदा
- 2082/12/22 मर्मत सम्भारको माग गर्दै चक्काजाम
- 2082/12/20 कान उपचार केन्द्रको नवनिर्मितको उद्घाटन, नेपालमा १८ प्रतिशत जनता कान रोगबाट ग्रसित
- 2082/12/20 गैरकानुनी रुपमा रकम असुल्ने कार्यमा संलग्न व्यक्तिलाई कार्यालय प्रवेशमा निषेध
- 2082/12/20 आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा विद्यालय संचालक र कर्मचारी पक्राउ
- 2082/12/20 मोटरसाइकल चोरी घटनामा तीन युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ