News Category 2072/02/15
ईटहरी बिष्णुपुरका किशोरीहरु महिनाबारी हुँदा खुल्लेर प्याड प्रयोग गर्दै
शुभनारायण यादव
राजविराज, १४ जेठ ।
जनता मावि ईटहरी बिष्णुपुर हाटीका किशोरीहरु महिनाबारी हुदाँ खुलेर सेनेट्री प्याड माँग्न थालेकी छिन ।
अहिलेपनि जिल्लाको ग्रामिण भेगका किशोरीहरु महिनाबारी हुदाँ प्याड प्रयोग नगर्ने बानि रहेपनि तर, जनता मावि ईटहरी बिष्णुपुर हाटीका किशोरीहरु खुल्लेआम महिनाबारी हुदाँ चाहिने जति प्याड माँगेर प्रयोग गर्ने गरेकी छिन ।
सेभ द सप्तरी तथा सेभ द चिल्डे«नको संयुक्त साझेदारीमा संचालित परियोजना प्रायोजित कार्यक्रम अन्र्तगत महिनाबारी सरसफाई दिवस मनाउँनको लागि बिहिबार आयोजित महिनाबारी सरसफाई अभिमुखीकरण कार्यक्रममा सहभागि विद्यालयका कक्षा ८, ९ र १० का किशोरीहरुले खुलेर महिनाबारी हुँदा प्याड प्रयोग गर्ने गरेको बताईन ।
सो अभिमुखीकरण कार्यक्रममा सहभागि कक्षा १० मा अध्ययनरत संजु कुमारी यादव भन्छिन, “यसअघि महिनाबारी हुँदा विद्यालय नै नआउँने गरेको तथा संस्थाले आफु किशोरीहरुका लागि यस्तो चेतनामुलक कार्यक्रमहरु संचालन गरेपछि अहिले खुल्लेर महिनाबारी हुँदा प्याडको प्रयोग गर्ने गरेको छु ।”
उनीजस्तै ममता कुमारी मण्डलको पनि यस्तै भनाई रहेको छ । उनी भन्छिन, “अहिलेपनि ग्रामिण भेगका युवती तथा किशोरीहरु महिनाबारी हुँदा सेनेट्री प्याडको सटा पुरानो कपडा प्रयोग गर्ने गरेका छन् । जसका कारण महिनाबारी हुँदा पुरानो कपडाको प्रयोगले विभिन्न खाले रोगहरु समेत लाग्ने गरेको छ ।”
आफुहरु नियमित रुपमा महिनाबारी हुँदा प्याडको प्रयोग गर्दै आएको तथा गाउँका अन्य किशोरी तथा युवतीहरुलाई पनि महिनाबारी हुँदा सफा, स्वच्छ रहनका लागि प्याडको प्रयोग गर्न आग्रह समेत गर्छिन कक्षा ९ मा अध्ययनरत ललिता कुमारी साह । सो तालिममा सहभागि अधिकांश किशोरीहरुले महिनाबारी हुँदा आफुहरुले खुल्लेर प्याडको प्रयोग गर्दै आएको बताईन ।
सो अभिमुखीकरण कार्यक्रममा सेभ द चिल्डे«नकी ललिता दास , स्वास्थ्य चौकी ईटहरी बिष्णुपुरकी अनमि ज्योति यादव, शिक्षिका मुन्नी झा, सेभद सप्तरीका फिल्ड अधिकृत नविन प्रसाद चौधरी, संतोष कुमार यादव, पत्रकार शुभ नारायण यादव सहितले सहभागि किशोरीहरुलाई महिनाबारी हुँदा प्याडको प्रयोग बारेमा जानकारी दिनुभएको थियो ।
उक्त अभिमुखीकरणमा उक्त विद्यालयका कक्षा ८, ९ र १० का ५० जना किशोरीहरुको सहभागिता रहेको तथा सहभागिहरुलाई एक एक प्याकेट प्याड समेत प्रदान गरेको सेभ द सप्तरीका सामाजिक परिचालक घुरण यादवले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/30 प्रशासकीय भवन सार्ने विषयमा जनप्रतिनिधिहरु बीचमै विवाद
- 2082/12/23 पत्रकार महासंघद्वारा सरकारको पछिल्लो विज्ञापन नीति खारेज गर्न माग, सञ्चारमाध्यमहरू बन्द भए हजारौं पत्रकार तथा सञ्चारकर्मी र सञ्चारक्षेत्रमा जोडिएकाहरु प्रत्यक्ष रूपमा प्रभावित हुने
- 2082/12/23 गाईको मासुसहित एक पक्राउ
- 2082/12/23 तीन स्थानमा भएको आगलागिमा ६ लाख ७३ हजार ५ सय मुल्य बराबरको क्षति
- 2082/12/22 शनिबार र आइतबार सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा बिदा
- 2082/12/22 मर्मत सम्भारको माग गर्दै चक्काजाम
- 2082/12/20 कान उपचार केन्द्रको नवनिर्मितको उद्घाटन, नेपालमा १८ प्रतिशत जनता कान रोगबाट ग्रसित
- 2082/12/20 गैरकानुनी रुपमा रकम असुल्ने कार्यमा संलग्न व्यक्तिलाई कार्यालय प्रवेशमा निषेध
- 2082/12/20 आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा विद्यालय संचालक र कर्मचारी पक्राउ
- 2082/12/20 मोटरसाइकल चोरी घटनामा तीन युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ