News Category 2072/02/16
११ वर्ष कैद भुक्तानपछि डोम दम्पत्ति रिहा गणतन्त्र दिवसमा अरु ८ जना कैदीबन्दी पनि रिहा
दैनिक संवाददाता
राजविराज, १५ जेठ ।
कर्तव्य ज्यान मुद्दामा झण्डै ११ वर्षदेखी राजविराज कारागारमा कैदी जीवन बिताउँदै आइरहेका एक डोम दाम्पत्तिसहित १० जना कैदीबन्दीहरु शुक्रबार गणतन्त्र दिवसको अवसरमा रिहा भएका छन् ।
५० प्रतिशत कैद सजाय भुक्तान गरिसकेको तथा राम्रो आचरण भएका १० जना कैदीबन्दीलाई रिहा गरिएको कारागारका जेलर कृष्ण दाहालले जानकारी दिनुभयो । कारागार व्यवस्थापन विभागबाट आएको पत्राचार अनुसार राजविराज कारागारले शुक्रबार उनीहरुलाई रिहा गरिएको सप्तरीका प्रमुख जिल्ला अधिकारी बिरेन्द्र कुमार यादवले जानकारी दिनुभयो ।
रिहा हुनेहरुमा कर्तव्य ज्यान मुद्दाका भारतको बिहार राज्य अन्तरतगत अररियाका बिष्णु भनिने बिष्णुदेव यादव, सप्तरीको पकरी १ निवासी बैरसु यादव, धनुषा बसबिट्टी ७ का चुल्याही मण्डल, सिरहा इनर्वा २ का सचिन भनिने कामेश्वर साह तेली, सप्तरी कुशहा ३ का मो.नजिम, सप्तरीको सकरपुरा ८ निवासी उमेश यादव, धनुषा भरतपुर १ का तपेशी महतो र धनकुटा बुधबार ६ का नागेन्द्र प्रसाद रिजाल रहेका छन ।
सप्तरीको जगतपुर गाविस १ का ४० वर्षिय सुरजा मरिक डोम र उनकी ३३ वर्षिया श्रीमति छोटनी देवी २०६१ मंसिर ९ गते बेलुका छिमेकी चनियादेवी मरिक लगायतको हत्या गरेको अभियोगमा २०६१ पुस १४ गतेदेखी पुर्पक्षका लागि थुनामा रहेका थिए ।
जिल्ला अदालत राजविराजले कसुर ठहर गरेपछि २०६२ पुस १२ गते सर्वस्वसहित ज्यान कैद फैसला गरे पश्चात् दुबै दम्पत्ति राजविराज कारागारमा बन्दी जीवन बिताइरहेका थिए ।
पक्राउ परेकै मितिदेखि एकै कारागारमा उनीहरू छुट्टाछुट्टै पुरुष र महिला बन्दी गृहमा बस्दै आएका थिए ।
यसअघि सेतु सामुदायिक विकास तथा मानव अधिकार मञ्च सप्तरी (सेकडिहुरफ) ले डोम दम्पतीले सँगै बसेर सन्तान जन्माउन पाउनुपर्ने माग गर्दै सर्वाेच्च अदालतमा रिट समेत दायर गरेको थियो । जन्मकैदमा रहँदा प्रजनन शक्ति प्राकृतिक नियमअनुसार बन्द हुने भन्दै उनीहरुले आधा उमेर बितिसकेकोले निःसन्तान दम्पतीको रूपमा रहने निश्चित भएको हुँदा न्यायको माग गर्दै २०६७ जेठ ३१ गते सर्वोच्च अदालतमा रिट दायर गरेको थियो ।
सोही रिटमाथि बहस हुँदा सर्वाेच्च अदालतले देशभरिका कारागारमा रहेका श्रीमान, श्रीमतिको तथ्याङक संकलन गर्न निकायलाई निर्देशनात्मक आदेश दिएको छ । कारागारमा सजाय काटिरहेका महिला, पुरुष श्रीमान, श्रीमति हो, होइन त्यसको छानबिन गर्न पनि सर्वाेच्चले आदेश दिएको थियो ।
कारागार व्यवस्थापन बिभागका निर्देशकको संयोजकत्वमा नेपाल प्रहरीका अधिकृत र कारागार प्रशासनका अधिकृत सम्मिलित तीन सदस्यीय समिति बनाएर देशभरिका कारागारमा रहेका श्रीमान, श्रीमतिको तथ्याङक संकलन गर्न निर्देशनात्मक आदेश दिएको थियो । तर, हालसम्म पनि सो आदेशको कार्यान्वयन भएको छैन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
- 2082/11/15 पूर्व वडाध्यक्षसहित सय भन्दा बढी नेता कार्यकर्ता काँग्रेसमा प्रवेश
- 2082/11/14 शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, पर्यावरण र वातावरण लगायतका विषय समेटेर डा. राउतले सार्वजनिक गरे प्रतिवद्धता पत्र
- 2082/11/13 निर्वाचन सुरक्षा प्रदानसँगै मानवीय सेवामा नेपाली सेना सक्रिय
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ