News Category 2072/02/16
भुकम्प पीडितका लागि गाउँ गाउँमा राहत संकलन गर्दै
दैनिक संवाददाता
राजविराज, १५ जेठ ।
महाभुकम्पबाट पीडित भएका परिवारका लागि सप्तरीको विभिन्न ग्रामिण भेगमा विभिन्न संघ संस्थाहरुले राहत संकलन कार्यलाई निरन्तरता दिएको छ ।
यसैक्रममा मानवअधिकार तथा ग्रामिण युवा परिवर्तन हुर्क नेपाल, हरुवाचरुवा समुह, नेपाल विद्यार्थी संघ, सेभ द लाईट, स्वास्थ्य अधिकार तथा सुर्ति जन्य नियन्त्रण जिल्ला संजाल सप्तरीले संयुक्त रुपमा जिल्लाको सदरमुकाम राजविराजका साथै विभिन्न ग्रामिण भेगहरुमा समेत राहत संकलन कार्यमा लागि परेका छन ।
पहाडको जिल्लामा गएको बिनाशकारी महाभुकम्पबाट पीडित बनेकाहरुका लागि विगत एक महिना यता विभिन्न संघ संस्थाहरुले अलिकति यो पीडामा मलहम लगाउँनका लागि राहत स्वरुप चामल, दाल, बाँस, आलु, नगद, जस्ता पाता सहितका सामानहरु संकलन गरीने कार्य गर्दै आएको हुर्क नेपालका अध्यक्ष पार्थो सरकारले जानकारी दिनुभयो ।
अहिले सप्तरीको सदरमुकाम राजविराजका साथै जिल्लाको को.बरसाईन, कोईलाडी, दौलतपुर, दिघवा सहितका स्थानमा दिनभरी राहत संकलन गर्दै आएको तथा नेवि संघको नेतृत्वमा ओखलढुङ्गाका भुकम्प पीडित परिवारलाई पठाईने अध्यक्ष सरकारले जानकारी दिनुभयो ।
सोही क्रममा को.बरसाईनका भुपु गाविस अध्यक्ष रनविर सिंहको पहलमा पुरै गाविसबाट राहत स्वरुप विभिन्न सामग्रीहरु सहयोग भएको उहाँले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/14 थोरै लगानीमा बढी आम्दानी दिने “सनपात” खेती संकटमा
- 2083/02/14 ...अनि श्रीमतीसँग माफी मागें
- 2083/02/14 महिला टी–ट्वान्टी छनोट क्रिकेट प्रतियोगितामा सिरहा र धनुषा बिजयी
- 2083/02/13 अनिताको हत्या आरोपमा छिमेकी पक्राउ
- 2083/02/13 ‘ज्येष्ठ नागरिक’ शब्द कायम गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन
- 2083/02/13 वर्तमान अवस्थामा पत्रकारिता पेशा अत्यन्त नाजुक ः वक्ताहरु
- 2083/02/13 बाढीबाट हुने क्षति रोक्न सुझाव संकलन
- 2083/02/13 किर्तिमान कायम गर्दैै राष्ट्रिय भारोत्तोलन प्रतियोगिता सम्पन्न
- 2083/02/13 मधेश प्रदेशस्तरीय महिला क्रिकेट छनोट प्रतियोगिता
- 2083/02/12 न्यायका लागि अदालतै अगाडी धर्ना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ