News Category 2072/02/16
भुकम्प पीडितका लागि गाउँ गाउँमा राहत संकलन गर्दै
दैनिक संवाददाता
राजविराज, १५ जेठ ।
महाभुकम्पबाट पीडित भएका परिवारका लागि सप्तरीको विभिन्न ग्रामिण भेगमा विभिन्न संघ संस्थाहरुले राहत संकलन कार्यलाई निरन्तरता दिएको छ ।
यसैक्रममा मानवअधिकार तथा ग्रामिण युवा परिवर्तन हुर्क नेपाल, हरुवाचरुवा समुह, नेपाल विद्यार्थी संघ, सेभ द लाईट, स्वास्थ्य अधिकार तथा सुर्ति जन्य नियन्त्रण जिल्ला संजाल सप्तरीले संयुक्त रुपमा जिल्लाको सदरमुकाम राजविराजका साथै विभिन्न ग्रामिण भेगहरुमा समेत राहत संकलन कार्यमा लागि परेका छन ।
पहाडको जिल्लामा गएको बिनाशकारी महाभुकम्पबाट पीडित बनेकाहरुका लागि विगत एक महिना यता विभिन्न संघ संस्थाहरुले अलिकति यो पीडामा मलहम लगाउँनका लागि राहत स्वरुप चामल, दाल, बाँस, आलु, नगद, जस्ता पाता सहितका सामानहरु संकलन गरीने कार्य गर्दै आएको हुर्क नेपालका अध्यक्ष पार्थो सरकारले जानकारी दिनुभयो ।
अहिले सप्तरीको सदरमुकाम राजविराजका साथै जिल्लाको को.बरसाईन, कोईलाडी, दौलतपुर, दिघवा सहितका स्थानमा दिनभरी राहत संकलन गर्दै आएको तथा नेवि संघको नेतृत्वमा ओखलढुङ्गाका भुकम्प पीडित परिवारलाई पठाईने अध्यक्ष सरकारले जानकारी दिनुभयो ।
सोही क्रममा को.बरसाईनका भुपु गाविस अध्यक्ष रनविर सिंहको पहलमा पुरै गाविसबाट राहत स्वरुप विभिन्न सामग्रीहरु सहयोग भएको उहाँले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
- 2082/06/28 एक्वा पानी उद्योगलाई दुई लाख जरिवाना
- 2082/06/28 पत्रकार माझीमाथी हातपात र दुव्र्यबहार निन्दनीय, दोषीलाई कारवाहीको माग ः पत्रकार महासंघ
- 2082/06/27 पत्रकार माझीमाथी गरिएको अभद्र व्यवहार र हातपातप्रति तीन पत्रकार संघ संगठनद्वारा भत्र्सना
- 2082/06/27 चोरीका चार मोटरसाइकलसहित सात जना पक्राउ
- 2082/06/27 महोत्सवको नाम दिएर समाजमा बिकृती फैलाउने काम ः जेनजी यूवा समूह
- 2082/06/26 दुई पालिकामा महिला तथा बालबालिका हिंसा विरुद्धको निर्देशिका पारित
- 2082/06/25 सहकारीको माध्यमबाट अप्रत्यक्ष रुपमा हजारौं व्यक्तिहरु लाभान्वित भइरहेका छन् ः निवर्तमान अध्यक्ष यादव
- 2082/06/24 रुपनीमा आगलागि हुँदा ५० लाखको क्षति, एक जना घाइते
- 2082/06/24 राजविराज बसपार्क संचालन प्रक्रिया अघि बढ्यो
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ