News Category 2072/02/17
काज सरुवाका शिक्षकले जर्वजस्ती हाजिर हुन खोजेको आरोप
राजविराज÷जनता मावि खुरहुरिया मलेकपुरमा काज सरुवा भएका शिक्षक महेश यादवले जर्वजस्ती हाजिर हुन खोजेको विद्यालय व्यस्थापन समिति आरोपले लगाएको छ ।
विद्यालय व्यस्थापन समितिका अध्यक्ष जय नारायण यादव सहितका पदाधिकारीहरुले शनिबार नेपाल पत्रकार महासंघ राजविराजमा पत्रकार सम्मेलनको आयोजना गरी यस्तो आरोप लगाएका हुन ।
आयोजित पत्रकार सम्मेलनमा उक्त विद्यालयमा हाल सामाजिक शिक्षा विषयको शिक्षकको आवश्यकता रहेको तथा काज सरुवा भई आएका शिक्षक महेश यादवले जर्वजस्ती विद्यालय व्यवस्थापन समितिलाई समेत कुनै जानकारी नै नदिई गोप्य रुपमा विद्यालयमा हाजिरी गर्न खोजेको जानकारी दिनुभयो ।
काज सरुवा भएर आएका शिक्षक यादवले जर्वजस्ती विद्यालयमा पुगेर हो–हल्ला गरी हाजिरी गर्न खोजेपछि शिक्षक र व्यवस्थापन समिति बिच दोहरो झडप समेत भएको थियो ।
विद्यालय व्यवस्थापन समितिको सम्पन्न एक बैठकले नीजि श्रोतको प्रावि तहको शिक्षकको तलब भत्ता विद्यालय कोषबाट दिन समस्या भएको भन्दै नीजि श्रोतका शिक्षक नराख्ने भनि सर्वसम्मत निर्णय गरेको थियो ।
त्यस्तै २०७१ सालको छात्रवृति वितरणको लागि विद्यार्थी उपस्थिति तथा त्रैमासिक, अर्धवार्षिक र बार्षिक परीक्षाको आधारमा वितरण गरिने, जिल्ला शिक्षा कार्यालयद्वारा उक्त विद्यालयलाई प्राप्त बाहिरी वातावरण जस्तै बाउन्ड्री वाल निमार्णको रकमबाट विद्यालयको चार कोठे भवन देखि उत्तर पटीको ब्लकसम्म निमार्ण गर्न विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरुलाई जिम्मेवारी दिनुका साथै राहत दरबन्दीमा अन्य विद्यालयबाट सरुवा भई आएका शिक्षकलाई हाजिर नराउँने निर्णय समेत सर्वसम्मत गरिएको थियो ।
तर हाल शिक्षक यादवले जर्वजस्ती हाजिरी गर्न खोजेको तथा सो बारेमा जिल्ला शिक्षा कार्यालय सप्तरीमा लिखित तथा मौखिक जानकारी गराउँदा पनि कुनै चाँसो नदेखाएको आरोप समेत लगाउँनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
- 2082/11/15 पूर्व वडाध्यक्षसहित सय भन्दा बढी नेता कार्यकर्ता काँग्रेसमा प्रवेश
- 2082/11/14 शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, पर्यावरण र वातावरण लगायतका विषय समेटेर डा. राउतले सार्वजनिक गरे प्रतिवद्धता पत्र
- 2082/11/13 निर्वाचन सुरक्षा प्रदानसँगै मानवीय सेवामा नेपाली सेना सक्रिय
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ