News Category 2072/02/20
“किशोरीहरु प्याड माग्न संकोच मान्दैनन्”
शुभनारायण यादव
राजविराज, १९ जेठ ।
सप्तरीको रुद्र नारायण मावि गोरगामा रंजितपुरका किशोरीहरु महिनाबारी हुदाँ सेनेट्री प्याड माँग्न अलिकति पनि संकोच मान्दैनन ।
अहिलेपनि जिल्लाको ग्रामिण भेगका किशोरीहरु महिनाबारी हुदाँ प्याड प्रयोग नगर्ने बानि रहेपनि तर, रुद्र नारायण मावि गोरगामा रंजितपुरका किशोरीहरु खुल्लेआम महिनाबारी हुदाँ चाहिने जति प्याड माँगेर प्रयोग गर्ने गरेकी छिन ।
दलित जनजागरण सेवा समितिले उक्त विद्यालयमा महिनाबारी सरसफाई सम्बन्धि त्यहाँका किशोरीहरुलाई तालिम प्रदान गरी सो विद्यालयलाई दुई सय सेनेट्री प्याड सहयोग गरेको थियो ।
विगत ६ महिना अघि उक्त विद्यालयलाई दुई सय प्याकेट प्याड सहयोग गरेकोमा हाल ५ वटा प्याकेट मात्र प्याड रहेको विद्यालयकी शिक्षिका मिरा यादवले जानकारी दिईन ।
यसअघि त्यहाँका किशोरीहरु लाजका कारण खुलेर प्याड नमाँगे पनि हाल आएर खुल्लेआम रुपमा अलिकति पनि संकोच नमानिकन प्याड माँग्न थालेको शिक्षिकाले बताईन ।
कक्षा १० मा अध्ययनरत सुस्मिता कुमारी यादव भन्छिन, “यसअघि महिनाबारी हुँदा विद्यालय नै नआउँने गरेको तथा संस्थाले आफु किशोरीहरुका लागि यस्तो चेतनामुलक कार्यक्रमहरु संचालन गरेपछि अहिले खुल्लेर महिनाबारी हुँदा प्याडको प्रयोग गर्ने गरेको छु ।”
उनीजस्तै कक्षा ८ मा अध्ययनरत पार्वती कुमारी शर्माको पनि यस्तै भनाई रहेको छ । उनी भन्छिन, “अहिलेपनि ग्रामिण भेगका युवती तथा किशोरीहरु महिनाबारी हुँदा सेनेट्री प्याडको सटा पुरानो कपडा प्रयोग गर्ने गरेका छन् । जसका कारण महिनाबारी हुँदा पुरानो कपडाको प्रयोगले विभिन्न खाले रोगहरु समेत लाग्ने गरेको छ ।”
आफुहरु नियमित रुपमा महिनाबारी हुँदा प्याडको प्रयोग गर्दै आएको तथा गाउँका अन्य किशोरी तथा युवतीहरुलाई पनि महिनाबारी हुँदा सफा, स्वच्छ रहनका लागि प्याडको प्रयोग गर्न आग्रह समेत गर्छिन कक्षा १० मा अध्ययनरत ममता कुमारी यादव ।
अहिले उक्त विद्यालयका अधिकांश किशोरीहरुले महिनाबारी हुँदा अहिले आफुहरुले खुल्लेर प्याडको प्रयोग गर्दै आएको विद्यालयका प्रधानाध्यापक दिनेश प्रसाद यादवको भनाई रहेको छ । उहाँका अनुसार शुरुमा संस्थाले दुई सय प्याकेट प्याड सहयोग गरी किशोरीहरुलाई प्रयोग गर्ने बानी बसाल्नमा सहयोग गरेको छ तर हाल आएर विद्यालयले नै प्याड खरिद गरी किशोरीहरुलाई वितरण गर्दै आएको जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
- 2082/11/15 पूर्व वडाध्यक्षसहित सय भन्दा बढी नेता कार्यकर्ता काँग्रेसमा प्रवेश
- 2082/11/14 शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, पर्यावरण र वातावरण लगायतका विषय समेटेर डा. राउतले सार्वजनिक गरे प्रतिवद्धता पत्र
- 2082/11/13 निर्वाचन सुरक्षा प्रदानसँगै मानवीय सेवामा नेपाली सेना सक्रिय
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ