News Category 2072/02/20
एक महिनादेखि एडीएसएल इन्टरनेट सेवा अनियमित
दैनिक संवाददाता
राजविराज, १९ जेठ ।
नेपाल टेलिकमद्वारा संचालित एडीएसएल इन्टरनेट सेवा विगत एक महिनादेखि अनियमित हुँदा उपभोक्त मार्कामा परेका छन् ।
सप्तरी सदरमुकाम राजविराजसहित जिल्लाको अन्य विभिन्न भागका उपभोक्ताले प्रयोग गरीरहेको उक्त सेवाबाट आजित भईसकेका छन् । त्यसमा पनि मिडियाहाउसहरु भने धेरै नै प्रभावित भएका छन् । नेपाल टेलिकम कार्यालयकै छेउमा रहेको राजविराज दैनिक, पुर्व प्रभात दैनिक, कल्याण पोष्ट दैनिक र नटखट दैनिक, राजविराज टुेड दैनिक लगायतका मिडिया हाउस तथा अन्य उपभोक्ताहरु भने निकै प्रभावित हुन पुगेका छन् ।
कुनैबेला नेटवर्क आउने र पुनः तुरुन्तै जाने र आएपनि कामै नहुने गरी चल्ने हुनाले सेवाग्रही प्रभावित बनेका छन् ।
यता, समयमा पैसा नतिर्दा तुरुन्त लाईन काटिने एडीएसएलमा घरी घरीमा नेटवर्क जाने जस्ता समस्या महिनौ दिनदेखि रहेपनि टेलिकम मौन बसेको उपभोक्ताहरुले आरोप लगाएका छन् ।
टेलिकमको यस्तो रवैयाले जिल्लाभरीका एडीएसएल प्रयोगकर्ताहरु मारमा परेका छन् । यस्तो समस्या लिएर टेलिकम कार्यालयमा गएर कर्मचारीहरुलाई भन्दा मैले के गर्ने भनेर गैर जिम्मेबारी पूर्ण जवाफ सुन्नुपर्ने बाध्यता रहेको र हाकिमलाई खोज्दा अफिसमा नभेटेको तथा कार्यालयका कर्मचारीहरुलाई फोन गर्दा माथिबाटै डिस्टर्व छ भनि जवाफ आउने गरेको आरोप पत्रकार शुभ नारायण यादवले लगाउँनुभयो ।
यसैबिच सो सम्बन्धमा नेपाल टेलिकमका पूर्वाञ्चल निर्देशक तुलसी कार्कीसँग सो बारेमा जिज्ञासा राख्दा उहाँले सो बारेमा अहिलेसम्म कसैले पनि नभनेको तपाई पत्रकारहरुबाटै उक्त बारेमा जानकारी प्राप्त भएको बताउँनुहुँदै आफु सहितको टोली त्यहाँ पुगेर अनुगमन गरी समस्या समाधान गर्ने प्रतिवद्धता जनाउँनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/30 निर्वाचनका लागि देशमा माहौल बनिसकेको छ ः गृहमन्त्री अर्याल
- 2082/09/30 डा. सन्तोष नेपाली जनता पार्टीमा प्रवेश
- 2082/09/30 सुरुङ्गाबाट लागुऔषध सहित दुई पक्राउ
- 2082/09/30 डाक्नेश्वरीका स्वास्थ्यकर्मीहरुले अल्टिमेटमसहित बुझाए ज्ञापनपत्र
- 2082/09/30 मैत्रीपूर्ण महिला क्रिकेटको उपाधि काठमाडौंको पोल्टामा
- 2082/09/25 दैनिक दुई उडान प्रचार मै सीमित
- 2082/09/25 सशस्त्र प्रहरीद्वारा सीमा सुरक्षा र सद्भाव बढाउन झण्डा मार्च
- 2082/09/25 मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, अर्का गम्भिर
- 2082/09/24 निर्वाचनलाई लक्षित गर्दै तीन पार्टीद्वारा कार्यदल गठन
- 2082/09/23 क्यान्सर पीडित छोराका लागि यादव दम्पत्तीद्वारा सहयोगको याचना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ