News Category 2072/02/21
खुल्ला सीमाना र जनचेतना अभावका कारण किसानहरु भारतीय बिऊ प्रयोग गर्दै
शुभनारायण यादव
राजविराज, २० जेठ ।
नेपालसँग भारतीय सीमा खुल्ला भएको तथा जनचेतना अभाव र उचित प्रचार प्रसार नहुँदा सप्तरीका किसानहरु छिमेकी भारतबाट गुणस्तरहिन धानको बिऊ ल्याएर प्रयोग गर्न बाध्य भएका छन ।
नेपालमा राष्ट्रिय बीउ बिजन कम्पनी लि.ले उन्नत जातको सुधारिएको विभिन्न बिउहरु जिल्लाका विभिन्न २८ वटा डिलर मार्फत बिक्रि वितरण गर्दै आएपनि यहाँका किसानहरुले खुल्ला सीमानाका कारण भारतबाट खरीद गर्दै आइरहेका छन् ।
खुल्ला सिमाना तथा जनचेतना अभाव र नेपाली बिउको उचित प्रचार प्रसार हुन नसकेका कारण छिमेकी भारतको विभिन्न स्थानबाट गुणस्तरहिन र दोब्बर मुल्यमा धानको बिउको ल्याएर प्रयोग गर्न थालेका हुन ।
पर्याप्त मात्रामा समयमा बिउ उपलब्ध नहुँदा तथा बढी पैसा पर्ने सोचका साथ यहाँका अधिकांश किसानहरु छिमेकी भारतको विभिन्न स्थानबाट भारतीय गुणस्तरहिन बिउ ल्याएर प्रयोग गर्ने गरेको छ ।
खेति गर्ने समयमा मल, खाद्य, बिउ बिजन उपलब्ध नहुँदा बाध्य भएर छिमेकी भारतबाट मल, खाद्य, बिउ, विजन प्रयोग गर्ने गरेको सप्तरीको छिन्नमस्ता गाविस ७ मोहनपुरका एक किसान चन्दन यादवले बताउनुभयो ।
हाल नेपालमा राधा १२, मकवानपुर, सावृत्रि, रामधान, स्वर्ण सव वन, साँवा मन्सुरी सव वन, चैतै दुई लगायतका उन्नत जातका बिउहरु ३५ प्रतिशत अनुदानमा जिल्ला कृषि विकास कार्यालयको सिफारिसमा राष्ट्रिय बीउ बिजन कम्पनी लि.ले जिल्लाका २८ वटा डिलरहरुलाई बिउ उपलब्ध गराएर बिक्रि वितरण गर्दै आएका छन ।
तर, यहाँका किसानहरुले अनुदानको बिउ नलिई छिमेकी भारतको विभिन्न स्थानबाट गुणस्तरहिन तथा दोब्बर मुल्यमा धानका बिउहरु ल्याएर आ–आप्mनो धान खेतमा लगाउँने गरेका छन् ।
खुल्ला सिमाना, जनचेतना अभाव र उचित प्रचार प्रसारका कारणले नेपाली किसानहरु छिमेकी भारतको विभिन्न स्थानबाट सोना मन्सुरी, बंङ्गाली, कान्छी मन्सुरी, रंजित मन्सुरी लगायतका गुणस्तरहिन बिउहरु ल्याएर प्रयोग गर्दै आएको जिल्ला कृषि विकास कार्यालय सप्तरीका बालि अधिकृत विद्यासागर यादवको भनाई छ ।
उहाँका अनुसार अहिले सप्तरीका विभिन्न २८ वटा डिलर मार्फत अनुदानका विभिन्न बिउहरु बिक्रि वितरण भईरहेका छन, तर यहाँका किसानहरुले भ्रममा परी भारतीय बिउ प्रयोग गर्दै आएका छन ।
सप्तरीमा कुल ७० हजार हेक्टर खेतियोग्य जग्गा मध्ये प्रति हेक्टर ५० किलोका दरले ३ हजार ५ सय मेट्रिक टन धानको बिउको आवश्यकता रहेको छ , जस अनुसार जिल्लाका विभिन्न डिलर मार्फत खुल्लेआम रुपमा नेपाल सरकारको अनुदानका बिउहरु बिक्रि वितरण भईरहेको बताउँनुभयो ।
उहाँले अगाडी भन्नुभयो, “नेपाली बिउ विश्वासिलो र ग्यारेन्टी रहेको छ, तर भारतीय बिउको कुनै ग्यारेन्टी तथा विश्वास छैन् ।” उहाँले सप्तरीका किसानहरुलाई नेपाली बिउ परिक्षण भएकाले नेपाली बिउ नै प्रयोग गर्न आग्रह गर्दै त्यसका लागि जिल्ला कृषि विकास कार्यालयले विभिन्न तालिम तथा जनचेतना मुलक कार्यक्रम मार्फत नेपाली बिउ नै प्रयोग गर्न आग्रह गर्नुभएको छ ।
यसका साथै जिल्लाको पश्चिमी भेगमा डिलरको अभाव हुँदा आवश्यकता हेरी कार्यालयले त्यस भेगका किसानहरुलाई अनुदानको बिउको लागि सिफारिस गर्ने गरेको जानकारी समेत उहाँले दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/05/11 भुमि समस्या समाधान आयोगले निस्सा बितरण र पूर्जा उपलब्ध गराउने प्रक्रिया बढायो
- 2082/05/11 अशक्त तथा अस्पताल भर्ना रहेका जेष्ठ नागरिकलाई परिचयपत्र नविकरण
- 2082/05/11 जसपा नेपालका नेता दिपक यादवको निधन
- 2082/05/10 जेष्ठ नागरिक तथा अशक्त भएकाहरुको घरमै पुगेर सामाजिक सुरक्षा कार्ड नविकरण
- 2082/05/10 तिलाठी कोइलाडीले अब जिताको पानी किसानहरुको खेतमा पु¥याउँदै
- 2082/05/09 जेठानीको कुटाईबाट देवरानीको पाँच महिने गर्भ तुहियो
- 2082/05/09 वैदेशिक रोजगारीमा मलेशियामा रहेका रुपनीका एक युवकको मृत्यु
- 2082/05/09 मधेस प्रदेश सरकारद्वारा सुरक्षा निकायलाई सवारी साधन हस्तान्तरण
- 2082/05/08 खडेरीको मारमा परेका किसानलाई लक्षित गरि खाडोको पानी बाधेर खेत खेतमा पु¥याइयो
- 2082/05/08 महिला संघ सप्तरीकी पहिलो अध्यक्ष पुष्पाको निधन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ