News Category 2072/02/31
नेकपा (माओवादी) र सद्भावनाले १६ बुँदे सम्झौता पत्र जलायो
राजविराज÷प्रमुख चार दलबीच भएको १६ बुँदे सम्झौता पत्र मधेशी बिरोधी हो भन्दै सप्तरीमा मातृका प्रसाद यादव नेतृत्वको नेकपा (माओवादी)द्वारा गठित संयुक्त मधेशी राष्ट्रिय आन्दोलन समिति र सद्भावना पार्टीले सो सम्झौताको प्रतिलिपी जलाएका छन् ।
संयुक्त मधेशी राष्ट्रिय आन्दोलन समितिका नेता तथा कार्यकर्ताहरुले बिहीबार राजविराजस्थित गजेन्द्र चौकमा सो सम्झौताको प्रतिलिपी जलाएका हुन् ।
उक्त १६ बुँदे सम्झौतामा संघियतालाई कानुनी रुपमा समेत अस्विकार गरेका कारण त्यसको विरुद्धमा संघर्षमा उत्रिएको तथा सो सम्झौता पत्र जलाईएको समितिका केन्द्रिय प्रवक्ता बलराम यादवले जानकारी दिनुभयो ।
उक्त १६ बुँदै सम्झौता मधेशी समुदायलाई अन्यौलमा राख्न तथा ३० दलिय मोर्चालाई धोका दिनुका साथै ५ जिल्लालाई छुट्टै बनाएर भ्रममा पारेको संयुक्त मधेशी राष्ट्रिय आन्दोलन समिति सप्तरीका संयोजक छेदी यादव रंजितले आरोप लगाउँनुभयो ।
सो बिरोध कार्यक्रममा पार्टी केन्द्रिय सदस्य महेश प्रसाद यादव, जिल्ला सदस्य जयप्रकाश यादव, धर्मेन्द्र चौधरी लगायतको उपस्थिति रहेको थियो ।
यसअघि बुधबार मात्रै सद्भावना पार्टीले पनि राजविराजस्थित जनआन्दोलन चौकमा १६ बुँदे सम्झौताको प्रतिलिपि जलाएका थिए ।
सद्भावना पार्टीका जिल्ला अध्यक्ष सुनिल कुमार झाले १६ बुँदै सम्झौता मधेशी समुदायलाई अन्यौलमा राख्न तथा ३० दलिय मोर्चालाई धोका दिनुका साथै ५ जिल्लालाई छुटै बनाएर भ्रममा पारेको आरोप समेत लगाउनुभयो ।
सो कार्यक्रममा सद्भावना पार्टीका केन्द्रिय सदस्यत्रय अमरनाथ मण्डल, दिपेन्द्र चौधरी र विशेश्वर रजक, जिल्ला अध्यक्ष सुनिल कुमार झा, क्षेत्र न. ३ का क्षेत्रिय अध्यक्ष लक्ष्मण यादव, रक्षा बाहिनी प्रमुख बिनोद कुमार यादव, विद्यार्थी मंचका केन्द्रिय अध्यक्ष किशोर यादव, नगर अध्यक्ष अमरकान्त झा, महिला मंचकी पुनम यादव सहितकाहरुको उपस्थिति रहेको थियो ।
यस्तै सोही दिन मधेशका जिल्लाहरुमा १६ बुँदे सम्झौता र प्रमुख चार दलका शिर्ष नेताहरुको पुतला समेत जलाएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/03/19 एमाले सप्तरीमा निकै असन्तुष्टि, मन्त्रीले ल्याएको विकास योजनामा आफ्नै नेताहरुबाट बिरोध
- 2082/03/19 एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सुरुङ्गा नगरपालिकाद्वारा नगदसहित पुरस्कृत
- 2082/03/19 लाखौं मुल्य बराबरको भन्सार छलेका सामानहरु बरामद
- 2082/03/18 भ्रामक समाचार हाल्नेविरुद्ध कानुन अनुसार अघि बढ्ने ः पत्रकार महासंघ सप्तरी
- 2082/03/18 अस्पतालभित्रै महिलामाथि बलात्कारको प्रयास गर्ने पक्राउ
- 2082/03/17 बसको ठक्करबाट बालकको ज्यान गएको बिरोधमा स्थानीयद्वारा सडक अवरुद्ध
- 2082/03/17 आधारभूत पत्रकारिता तालिम सम्पन्न
- 2082/03/17 एसइईको नतिजाले सप्तरीको शिक्षामा प्रश्न चिन्ह
- 2082/03/17 जिल्ला प्रशासन कार्यालयमै पाकेटमारी गरेको आरोपमा एक वृद्ध पक्राउ
- 2082/03/17 राजगढमा सभागृह बन्दै
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ