News Category 2072/02/32
छुट्टाछुट्टै दुर्घटनामा एकको मृत्यु ११ जना घाइते
दैनिक संवाददाता
राजविराज, ३१ जेठ ।
सप्तरीको दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु हुनुका साथै ११ जना घाईते भएका छन् ।
पूर्व पश्चिम राजमार्ग अन्तरगत सप्तरीको नकटीरायपुर गाविसमा शनिबार राती पश्चिमबाट पूर्वतर्फ जादै गरेको ना.४ ख २०६९ नम्बरको मालवाहक ट्रकले स.३ प. १६५८ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकल चालक जिल्लाको सीतापुर ३ निवासी ३० वर्षीय नेनै चौधरीको मृत्यु भएको हो ।
ठक्करबाट गम्भिर भएका चौधरीको उपचारका लागि सगरमाथा अञ्चल अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यता ठक्कर दिने ट्रक र चालक बाराको बडहारा निवासी ३९ वर्षीय शिवहरी धिताललाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यता आइतबार बिहान राजविराज हनुमाननगर सडक खण्ड अन्तरगत देउरी भरुवा ४ स्थित खाँडो पुल नजिक माईक्रो आफै अनियन्त्रित भई दुर्घटना हुँदा १३ जना घाईते भएका छन । जसमध्ये दुई जनाको अवस्था गम्भिर छ ।
विराटनगरबाट राजविराजतर्फ आउँदै गरेको को.१ ज १०६४ नम्बरको माईक्रो आफै अनियन्त्रित भई दुर्घटना हुँदा माईक्रोमा सवार ११ जनै घाईते भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
घाईते मध्ये गम्भिर भएका जिल्ला अदालत राजविराजका अधिकृत यादव खत्री तथा राजविराज ९ बस्ने ५५ वर्षिया शान्ति पुलामीको राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालमा उपचार हुन नसकेपछि थपउपचारको लागि विराटनगर पठाईएको प्रहरीले जनाएको छ ।
साथै समान्य घाईतेहरुको राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/14 थोरै लगानीमा बढी आम्दानी दिने “सनपात” खेती संकटमा
- 2083/02/14 ...अनि श्रीमतीसँग माफी मागें
- 2083/02/14 महिला टी–ट्वान्टी छनोट क्रिकेट प्रतियोगितामा सिरहा र धनुषा बिजयी
- 2083/02/13 अनिताको हत्या आरोपमा छिमेकी पक्राउ
- 2083/02/13 ‘ज्येष्ठ नागरिक’ शब्द कायम गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन
- 2083/02/13 वर्तमान अवस्थामा पत्रकारिता पेशा अत्यन्त नाजुक ः वक्ताहरु
- 2083/02/13 बाढीबाट हुने क्षति रोक्न सुझाव संकलन
- 2083/02/13 किर्तिमान कायम गर्दैै राष्ट्रिय भारोत्तोलन प्रतियोगिता सम्पन्न
- 2083/02/13 मधेश प्रदेशस्तरीय महिला क्रिकेट छनोट प्रतियोगिता
- 2083/02/12 न्यायका लागि अदालतै अगाडी धर्ना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ