News Category 2072/03/01
‘संघीय समाजवादी फोरम’ को अध्यक्षमा उपेन्द्र यादव र संसदीय दलको नेतामा अशोक राई
दैनिक संवाददाता
काठमाडौं, ३२ जेठ ।
मधेसी जनअधिकार फोरम नेपाल, संघीय समाजवादी पार्टी र खस समावेशी पार्टीबीच सोमबार एकीकरण भएको छ । मधेश केन्द्रित दल फोरम नेपाल, जनजाति केन्द्रीत दल संघीय समाजवादी र खस समावेशी पार्टीबीच एकीकरणपछि पार्टीको नाम ‘संघीय समाजवादी फोरम’ राखिएको छ ।
अब उपेन्द्र यादवको १० र अशोक राईको ५ सिट थपेर १५ सिटका साथ संघीय फोरम नेपाल राप्रपा नेपालपछि पाँचौ ठूलो दल भएको छ । यसअघि १४ सिटका साथ बिजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक पाँचौ ठूलो दल थियो ।
फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव अध्यक्ष र संघीय समाजवादीका अध्यक्ष अशोक राई संसदीय दलको नेता हुनुभएको छ ।
यता युवराज कार्की नेतृत्वको खस समावेशी पार्टीको कुनै पनि जिल्लामा संगठन र कार्यकर्ता छैनन् । यो दलले २०७० सालको संविधानसभा निर्वाचनमा देशभरमा गरी कुल १५ हजार २ सय २५ मत प्राप्त गरेको निर्वाचन आयोगको रेकर्डमा उल्लेख छ ।
उपेन्द्र यादव अध्यक्ष रहेको नयाँ पार्टीमा पाँच उपाध्यक्ष छन् भने महासचिव, उपमहासचिव र सचिव २–२ जना रहनुभएको छ । १६ सदस्यीय पदाधिकारीमा अशोक राई वरिष्ठ नेता हुनुहुन्छ । उहाँलाई पार्टी संसदीय दलको नेताको समेत जिम्मा दिइएको छ ।
लालबाबु राउत, रेणु कुमारी यादव, रकम चेम्जोङ, हेमराज राई र युवराज कार्की उपाध्यक्ष हुनुभएको छ । राउत र यादव फोरम नेपालका हुन् । चेम्जोङ र राई संघीय समाजवादीका हुन् ।
यसअघि खस समावेशी पार्टीका अध्यक्ष रहेका कार्की पनि नयाँ पार्टीको उपाध्यक्षको जिम्मेवारी पाउनु भएको छ ।
राजेन्द्र श्रेष्ठले सहअध्यक्षको जिम्मेवारी पाएका छन् । श्रेष्ठ यसअघि संघीय समाजवादी पार्टीको महासचिव हुनुहुन्थ्यो । उहाँ नयाँ पार्टीमा यादव र राईपछि तश्रो वरियतामा हुनुहुन्छ ।
संघीय समाजवादी फोरम नेपालको महासचिवमा रामशहाय प्रसाद यादव (फोरम नेपाल) र रणध्वज कन्दङवा (संघीय समाजवादी) हुनुभएको छ ।
उपमहासचिवमा अभिषेकप्रताप साह र दानबहादुर विक तथा सचिवमा रत्नेश्वरलाल कायस्थ र परशुराम बस्नेत हुनुहुन्छ । साह र कायस्थ फोरम नेपालका हुन् भने विक संघीय समाजवादीका र बस्नेत खस समावेशी पार्टीका हुन् ।
कोषाध्यक्षको जिम्मेवारी विजयकुमार यादव (फोरम नेपाल)ले पाएका छन् । मंगलसिद्धि मानन्धर केन्द्रीय सल्लाहकार समितिका सभापति बन्नुभएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/30 प्रशासकीय भवन सार्ने विषयमा जनप्रतिनिधिहरु बीचमै विवाद
- 2082/12/23 पत्रकार महासंघद्वारा सरकारको पछिल्लो विज्ञापन नीति खारेज गर्न माग, सञ्चारमाध्यमहरू बन्द भए हजारौं पत्रकार तथा सञ्चारकर्मी र सञ्चारक्षेत्रमा जोडिएकाहरु प्रत्यक्ष रूपमा प्रभावित हुने
- 2082/12/23 गाईको मासुसहित एक पक्राउ
- 2082/12/23 तीन स्थानमा भएको आगलागिमा ६ लाख ७३ हजार ५ सय मुल्य बराबरको क्षति
- 2082/12/22 शनिबार र आइतबार सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा बिदा
- 2082/12/22 मर्मत सम्भारको माग गर्दै चक्काजाम
- 2082/12/20 कान उपचार केन्द्रको नवनिर्मितको उद्घाटन, नेपालमा १८ प्रतिशत जनता कान रोगबाट ग्रसित
- 2082/12/20 गैरकानुनी रुपमा रकम असुल्ने कार्यमा संलग्न व्यक्तिलाई कार्यालय प्रवेशमा निषेध
- 2082/12/20 आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा विद्यालय संचालक र कर्मचारी पक्राउ
- 2082/12/20 मोटरसाइकल चोरी घटनामा तीन युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ