News Category 2072/03/02
मविव क्याम्पसको अवस्था दयनिय बन्दै १० प्रतिशत मात्र पढाइ भएको विद्यार्थीहरुको आरोप
दैनिक संवाददाता
राजविराज, १ असार ।
वि.स.२०१४ सालमा स्थापना भएको सप्तरीको एक मात्र सरकारी क्याम्पस महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पस राजविराजको अवस्था दयनिय बनेको भन्दै विद्यार्थीहरुले आक्रोशित भएका छन् ।
सो क्याम्पसका प्राध्यापकहरु नियमित रुपमा क्याम्प नआई हाजिरी बनाएर घरमै बसी तलब खाने गरेको खुलासा बिद्यार्थीहरुले गरेका छन । मविव क्याम्पस राजविराजमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा विद्यार्थीहरुले सो कुराको खुलासा गरेका हुन ।
आयोजित पत्रकार सम्मेलनमा विएसी दोश्रो वर्षमा अध्यनरत विद्यार्थी राधेश्याम यादवले अहिलेसम्ममा आफुहरुलाई १० प्रतिशत मात्र पढाई भएको आरोप लगाउँदै यहाँका प्राध्यापकहरु हाजिरी बनाएर मात्र तलब खाने गरेको आरोप लगाउनुभयो ।
एक महिनापछि परिक्षा हुने तालिका प्रकाशन हुँदा समेत अहिलेसम्ममा आफुहरुको १० प्रतिशत मात्र पढाई भएको भन्दै परीक्षामा कसरी उत्तिर्ण हुने प्रश्न समेत गर्नुभयो ।
विगत लामो समयदेखि क्याम्पसको दयनिय अवस्था रहेको बताउँदै विद्यार्थी यादवले क्याम्पस प्रशासनले पाठ्यपुस्तकको लागि प्रति विद्यार्थी १ सय ४५ रुपैयाँका दरले बार्षिक डेढ लाख विज्ञान संकायबाट मात्र असुली गरेपनि दश वर्ष पुरानो पाठ्यपुस्तकहरु लाइब्रेरीमा रहेको तर विज्ञान संकायको पाठ्यपुस्तक नरहेको उहाँले आरोप लगाउनुभयो ।
१० वर्षदेखि लिँदै आएको धरौटी प्रति विद्यार्थी ६ सय ४० का दरले प्राक्टिकल वापत असुली गरेपनि सो रकमको हालसम्म कुनै अतोपतो नहरेको तथा विकास शुल्क वापत प्रति विद्यार्थी १ सय ६५, खेलकुद शुल्क प्रति विद्यार्थी ७५ असुली गरेपनि न त क्यापसको विकास भएको छ न त खेलकुदको केही सामग्रीहरु नदिएको आरोप लगाउनुभयो । यता क्याम्पसको भौतिक संरचनाहरु समेत जिर्ण बन्दै गएको तथा क्याम्पस परिसर भित्र जताततै झाडीहरु उम्रिदा क्यामपस नै कुरुप बन्दै गएको छ ।
यसका साथै विज्ञान, वाणिज्य तथा शिक्षा संकायको फरक फरक शुल्क क्याम्पस प्रशासनले असुली गर्दै आएको आरोप लगाएका छन् । त्यस्तै क्याम्पसमा साईक्लोजि र नेपाली विषयको पाठयपुस्तक समेत उपलब्ध नरहेको तथा पटक पटक सो बारेमा क्याम्पस प्रमुख तथा क्याम्पस प्रशासनलाई जानकारी गराउँदा पनि सम्बन्धित निकाय मौन बसेको आरोप अर्का विद्यार्थी मनोज कुमारले लगाएका छन ।
उक्त समस्याहरुलाई लिएर क्याम्पस प्रमुख कहाँ जाँदा प्राध्यापकले आफुहरुलाई नपढाएको विषयमा गुनासो गर्दा प्राध्यापकहरुले उल्टै विद्यार्थीहरुलाई प्राक्टिकलको मार्क नदिने तथा बाहिर भनेमा अनावश्यक धम्किहरु समेत दिने गरेको विद्यार्थी यादवको आरोप रहेको छ ।
करिब एक हजारको हाराहारीमा विद्यार्थीहरु अध्ययनरत मविव क्याम्पसमा ८४ जना प्राध्यापक तथा अन्य ४५ जना पियन र पालेहरु कार्यरत रहेका छन, तर क्याम्पसको यस्तो दयनिय अवस्थाप्रति क्याम्पस प्रमुख, प्रशासन तथा सम्बन्धित निकाय समेत मौन बसेको विद्यार्थीहरुको आरोप रहेको छ ।
यसैबिच सो सम्बन्धमा क्याम्पस प्रमुख चिरन्जिव लाल देवसँग जिज्ञासा राख्दा उहाँले प्राध्यापकहरु अनुपस्थित रहने गरेको स्विकार्दै पठनपाठन नियमित रुपमा संचालन भएपछि प्राध्यापकहरु पनि नियमित कक्षा लिने गरेको बताउँदै मानविकी संकायमा विद्यार्थीहरुको संख्या न्युन रहेकाले सो संकायमा प्राध्यापकहरु पनि अनुपस्थित रहने गरेको जानकारी दिनुभयो ।
साथै क्याम्पसमा देखिएका विभिन्न समस्याहरु आफु एक्लैले समाधान गर्न नसकिने बताउँदै त्यसमा सबै पक्षको सहयोगको आवश्यकता रहेको स्पष्ट समेत पार्नुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/30 निर्वाचनका लागि देशमा माहौल बनिसकेको छ ः गृहमन्त्री अर्याल
- 2082/09/30 डा. सन्तोष नेपाली जनता पार्टीमा प्रवेश
- 2082/09/30 सुरुङ्गाबाट लागुऔषध सहित दुई पक्राउ
- 2082/09/30 डाक्नेश्वरीका स्वास्थ्यकर्मीहरुले अल्टिमेटमसहित बुझाए ज्ञापनपत्र
- 2082/09/30 मैत्रीपूर्ण महिला क्रिकेटको उपाधि काठमाडौंको पोल्टामा
- 2082/09/25 दैनिक दुई उडान प्रचार मै सीमित
- 2082/09/25 सशस्त्र प्रहरीद्वारा सीमा सुरक्षा र सद्भाव बढाउन झण्डा मार्च
- 2082/09/25 मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, अर्का गम्भिर
- 2082/09/24 निर्वाचनलाई लक्षित गर्दै तीन पार्टीद्वारा कार्यदल गठन
- 2082/09/23 क्यान्सर पीडित छोराका लागि यादव दम्पत्तीद्वारा सहयोगको याचना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ