News Category 2072/03/02
अपाङगता भएका व्यक्तिहरुको दर्ता अभियान सुरु हुने
दैनिक संवाददाता
राजविराज, १ असार ।
सप्तरी जिल्लाको पाँच गाविसमा संचालित विभिन्न घटना दर्ता सम्बन्धि अभियान अन्तरगत असार ७ गतेदेखी सो गाविसहरुमा अपाङगता भएका व्यक्तिहरुको दर्ता अभियान सुरु हुने भएको छ ।
मंगलबार राजविराजमा सम्पन्न समावेशी, जवाफदेही तथा पूर्ण शान्तिको लागि सहयोग कार्यक्रम जिल्ला स्तरिय समन्वय समितिको बैठकमा सो कुराको जानकारी दिइएको हो ।
सपोर्ट नेपालको सहयोग र सप्तरी सामुदायिक विकास केन्द्र नेपालको आयोजनामा जिल्लाको अर्नाहा, बेल्ही चपेना, ब्रहमपुर, पत्थरगाढा र गम्हरिया प्रवाह गाविसमा संचालित भइरहेको कार्यक्रम संयोजक राजेश झाले जानकारी दिनुभयो । भस्
यसअघि सो गाविसहरुमा जन्म दर्ता अभियानमा ६ सय ६३ जना, अपाङगता भएकाहरुको दर्ता अभियानमा १ सय ७५ जना, विवाह दर्ता अभियानमा ८० जोडी, जेष्ठ नागरिकहरुको नाम दर्ता अभियानमा ५५ जनाले र फोटोसहितको मतदाता नामावली संकलन अभियानमा २ सय १ जनालाई सहयोग गरिएको संयोजक झाले बताउनुभयो ।
सो अभियान अन्तरगत असार ७ गते गम्हरिया प्रवाहा, ८ गते पत्थरगाढा, ९ गते अर्नाहा, १० गते बेल्ही चपेना र ११ गते ब्रहमपुरमा अपाङगता भएका व्यक्तिहरुको दर्ता गर्न छुटेकाहरुको अभियान सुरु गर्ने निर्णय भएको छ ।
समन्वय समितिका संयोजक मनोहर पोखरेलको अध्यक्षता तथा स्थानिय विकास अधिकारी कोमल प्रसाद धमलाको प्रमुख आतिथ्यमा सम्पन्न बैठकमा गाविस सचिव तथा सामाजिक परिचालकहरु, संचारकर्मी, संघसंस्थाका प्रतिनिधी, अपाङ्क संघका अध्यक्ष बलदेव मण्डल लगायतको उपस्थिीत रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/14 थोरै लगानीमा बढी आम्दानी दिने “सनपात” खेती संकटमा
- 2083/02/14 ...अनि श्रीमतीसँग माफी मागें
- 2083/02/14 महिला टी–ट्वान्टी छनोट क्रिकेट प्रतियोगितामा सिरहा र धनुषा बिजयी
- 2083/02/13 अनिताको हत्या आरोपमा छिमेकी पक्राउ
- 2083/02/13 ‘ज्येष्ठ नागरिक’ शब्द कायम गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन
- 2083/02/13 वर्तमान अवस्थामा पत्रकारिता पेशा अत्यन्त नाजुक ः वक्ताहरु
- 2083/02/13 बाढीबाट हुने क्षति रोक्न सुझाव संकलन
- 2083/02/13 किर्तिमान कायम गर्दैै राष्ट्रिय भारोत्तोलन प्रतियोगिता सम्पन्न
- 2083/02/13 मधेश प्रदेशस्तरीय महिला क्रिकेट छनोट प्रतियोगिता
- 2083/02/12 न्यायका लागि अदालतै अगाडी धर्ना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ