News Category 2072/03/03

अब पनि सचेत नबने मुलुकका लागि हितकर नहुने ः राष्ट्रपति

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, २ असार । 
राष्ट्रपति डा. रामवरण यादवले राजनैतिक अस्थिरता र उथलपुथलका कारण मुलुकको २० वर्ष खेर गएको भन्दै अब पनि सचेत नबने मुलुकका लागि हितकर नहुने धारणा व्यक्त गर्नुभएको छ ।   
सप्तरीको लोहजारा गासिसमा बुधबार तराई मधेश चुरे संरक्षण विकास समिति तथा नेपाली सेनाको सहयोगमा ८५ लाखको लागतमा निर्माण गरीएको ठाकुरबाबा दह समुदायमा हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दे राष्ट्रपति डा यादवले सो धारणा व्यक्त गर्नुभएको हो ।
राजनैतिक उथलपुथलकै कारण देशका युवा शक्तिहरु पलायन भई विदेशमा श्रम खर्चि रहेकोमा चिन्ता व्यक्त गर्दे उहाँले ती शक्तिहरुलाई आफ्नै जन्मभूमीमा काम गरेर देशको विकास निर्माणमा सहभागी गरान आवश्यक वातावरण मिलाउनुपर्नै जरुरी भई सकेको बताउँनुभयो । 
चुरे बचाउन सकिएन भने भविष्यमा धेरै जटिल समस्याहरु उत्पन्न हुने तर्क गर्दे उहाँले पहाडे र मधेशी सबै मिलेर चुरे संरक्षणमा लाग्न जरुरी भएको बताउँनुभयो । चुरे संरक्षण गर्न सकिए त्यस क्षेत्रका ६० प्रतिशत जनता सुखी रहने बताउनुभएका उहाँले चुरे आसपास बालुवा र गिट्टी उत्खन्नका लागि राखिएका क्रसर उद्योगहरु हटाउन सरकासँग पहल गर्ने बताउँनुभयो । 
उहाँले चुरेको संरक्षण गर्न सके भूकम्पको जोखिम र पर्यावरणका साथै अन्य प्राकृति प्रकोपको न्यूकरण गर्न सकिने जिकिर गर्दे यसको संरक्षण र उचित सदुपयोगका लागि अ–आफ्नो ठाउँबाट सबैलाई सहयोग गर्न अनुरोध समेत गर्नुभयो । 
उहाँले चुरेको संरक्षण गर्न सके भूकम्पको जोखिम र पर्यावरणका साथै अन्य प्राकृति प्रकोपको न्यूकरण गर्न सकिने जिकिर गर्दे यसको संरक्षण र उचित सदुपयोगका लागि अ–आफ्नो ठाउँबाट सबैलाई सहयोग गर्न अनुरोध समेत गर्नुभयो । चुरे बचाउन सकिएन भने भविष्यमा धेरै जटिल समस्याहरु उत्पन्न हुने तर्क गर्दे उहाँले पहाडे र मधेशी सबै मिलेर चुरे संरक्षणमा लाग्न जरुरी भएको बताउँनुभयो । 
यसअघि राष्ट्रपति डा.यादवले सप्तरीकै पंसेरा गाविस ६ को चूरे डाढामा बृक्षारोपण गर्नुभएको छ । 
राष्ट्रपति चुरे तराई मधेश संरक्षण समितिको आयोजनामा आयोजित सो कार्यक्रममा राष्ट्रपति डा.यादवलाई सप्तरीको प्रमुख जिल्ला अधकारी बिरेन्द्र कुमार यादव,नेपाली सेनाका सप्तरी प्रमुख सेनानी भुबनेश्वर प्रसाद आचार्य सहितकाहरुले स्वागत गर्नुभएको थियो ।
सोही कार्यक्रममा वन तथा भू–संरक्षण मन्त्री महेश आचार्य, पूर्व प्रधानमन्त्री तथा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, प्रधानसेनापति गौरवशम्शेर जबरा, राष्ट्रपति कार्यालयका सचिव अनुपकुमार उपाध्याय, रक्षा मन्त्रालयका सचिव ईश्वरीप्रसाद पौडेल, राष्ट्रपति चुरे–तराई मधेस संरक्षण समितिका संयोजक रामेश्वरप्रसाद खनाल, राष्ट्रपतिका प्रेस सल्लाकार राजेन्द्र प्रसाद दाहाल र जल उत्पन्न प्रकोप नियन्त्रण विभागका सिनियर डिभिजनल ई. राजकुमार श्रीवास्तव सहितको सहभागीता रहेको थियो । 
राष्ट्रपति चुरे संरक्षण कार्यक्रमको राष्ट्रपति डा.यादवले बुधबारै सप्तरी सहित तराईको सिरहा, धनुषा र महोत्तरीका विभिन्न भाग भएर बग्ने रातु र जलाद नदीमा नवनिमिर्त तटबन्धको समेत निरीक्षण गर्नुभएको थियो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट