News Category 2072/03/03
पत्रकार महासंघ एनजिओकरणतर्फ उन्मुख भइरहेको आरोप
दैनिक संवाददाता
राजविराज, २ असार ।
आम पत्रकारको हकहितको संरक्षण सम्वद्र्धन गर्न गठित नेपाल पत्रकार महासंघ सप्तरीको वर्तमान नेतृत्वको कतिपय मनोमानीपूर्ण निर्णय र त्यसबाट महासंघ एनजिओकरणतर्फ उन्मुख भइरहेको राष्ट्रिय मिडिया पत्रकार सञ्जाल सप्तरीले आरोप लगाएको छ ।
संजालका संयोजक जितेन्द्र खड्गाद्वारा बुधबार जारि गरिएको विज्ञप्तिमा सो आरोप लगाउँदै महासंघका वर्तमान नेतृत्वको विभिन्न गतिविधिहरुलाई राष्ट्रिय मिडिया पत्रकार सञ्जाल सप्तरीले नजिकबाट नियाल्दै आएको उल्लेख गरिएको ।
जारि विज्ञप्तिमा स्थानीय शान्ति समिति गठन भएदेखि नेपाल पत्रकार महासंघको संस्थागत प्रतिनीधित्व हुँदैआएकोमा हालैमात्र पुनर्गठन भएको उक्त समितिमा महासंघको संस्थागत प्रतिनीधित्व गराउन नसकेकोमा सञ्जालको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।
विज्ञप्तिमा भनिएको छ, “नेतृत्वको कमजोर भूमिकाका कारण महासंघ र सप्तरीका समग्र पत्रकारको आत्मसम्मानमा ठेस पुगेको महशुस गर्दै यसको सम्पूर्ण जिम्मेवारी महासंघ नेतृत्वले लिनुपर्नेछ । साथै महासंघको संस्थागत प्रतिनीधित्व गराउन आवश्यक पहल गर्न जोडदार माग गर्दछौं ।”
त्यस्तै महासंघका यस्ता कमजोरीहरुको बारेमा बुँदागत रुपमै जानकारी गराई सच्याउन माग गरेको अवगत गराउँदै महिनौ वितिसक्दा पनि सञ्जालको उक्त मागहरुलाई महासंघले हालसम्म सम्बोधन गर्न नसकेको उल्लेख छ ।
त्यस्तै विज्ञप्तिमा पछिल्लोपटक समाजमा विकृति र भ्रष्टाचारको पहरेदारको रुपमा रहेका पत्रकारहरुलाई संस्थागत रुपमै विभिन्न कार्यालयहरुको भ्रष्टाचारको साक्षी बनाउने काममा स्वयं पत्रकार महासंघले लगाउने गरेको आरोप समेत लगाइएको छ ।
जिल्लामा प्रायः असफल भईसकेको सघन साक्षरता अभियान र खुला दिसामुक्त अभियान कार्यक्रममा महासंघ प्रत्यक्ष रुपमा सहभागी हुनु त्यसका उदाहरण रहेको भन्दै विज्ञप्तिमा संजालले विगतमा उठाउँदै आएका मागहरु एक हप्ताभित्र सम्वोधन नगरिए, एनजिओकरणजन्य गतिविधि नरोकिए महासंघ नेतृत्व विरुद्ध कडा संघर्षमा उत्रिन बाध्य हुने चेतावनी दिइएको छ ।
साथै विज्ञप्तिमा सञ्जालका सल्लाहकार समेत रहनु भएका सप्तरीका वरिष्ठ पत्रकार शिवहरि प्रसाद भट्टराई हालै पिसाब नलीको अपरेशन गराएर उपचारका क्रममा रहेकोले वहाँको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै हालै यस सञ्जालका सल्लाहकार देवराम यादव र पत्रकार सुमन मिश्रालाई परेको पितृशोक प्रति दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवाप्रति हार्दिक समवेदना प्रकट गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/14 थोरै लगानीमा बढी आम्दानी दिने “सनपात” खेती संकटमा
- 2083/02/14 ...अनि श्रीमतीसँग माफी मागें
- 2083/02/14 महिला टी–ट्वान्टी छनोट क्रिकेट प्रतियोगितामा सिरहा र धनुषा बिजयी
- 2083/02/13 अनिताको हत्या आरोपमा छिमेकी पक्राउ
- 2083/02/13 ‘ज्येष्ठ नागरिक’ शब्द कायम गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन
- 2083/02/13 वर्तमान अवस्थामा पत्रकारिता पेशा अत्यन्त नाजुक ः वक्ताहरु
- 2083/02/13 बाढीबाट हुने क्षति रोक्न सुझाव संकलन
- 2083/02/13 किर्तिमान कायम गर्दैै राष्ट्रिय भारोत्तोलन प्रतियोगिता सम्पन्न
- 2083/02/13 मधेश प्रदेशस्तरीय महिला क्रिकेट छनोट प्रतियोगिता
- 2083/02/12 न्यायका लागि अदालतै अगाडी धर्ना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ