News Category 2072/03/05
एसएलसीको परिणाम यस वर्ष सप्तरी ओरालो लाग्यो १३.५६ प्रतिशत मात्र विद्यार्थी उत्तीर्ण
दैनिक संवाददाता
राजविराज, ४ असार ।
२०७१ सालको प्रवेशिका परीक्षाको नतिजा शुक्रबार दिउँसो सार्वजनिक भएको छ ।
परीक्षामा नियमिततर्फ देशभरमा ४७ दशमलव ४३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् भने सप्तरीमा मात्र १3.५6 प्रतिशत विद्यार्थीहरु उत्तिर्ण भएका छन् । गत वर्ष सप्तरीबाट १७ प्रतिशत विद्यार्थीहरु उत्र्तीण भएका थिए । गत वर्षको तुलनामा यस वर्ष सप्तरीको परिणाम करिब ३.५ प्रतिशतले ओरालो लागेको हो ।
देशभरमा अघिल्लो वर्षको तुलनामा यस वर्ष करिब साढे तीन प्रतिशत बढी हो । गत वर्ष २०७० मा ४३ दशमलव ९२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । यस्तै विशिष्ट श्रेणीमा २१ हजार २ सय ४७, प्रथम श्रेणीमा ९० हजार १ सय ७६, द्वितीय श्रेणीमा ७६ हजार ४ सय ८२ र तृतीय श्रेणीमा ४ हजार ३ सय ६२ जना उत्तीर्ण भएका छन् ।
यसैगरि नियमिततर्फ सप्तरीमा विशिष्ट श्रेणीमा ८२ जना, प्रथम श्रेणीमा ७ सय ५७ जना, द्वितीय श्रेणीमा ७ सय ९५ जना र तृतीय श्रेणीमा ६२ जना विद्यार्थीहरु उत्तीर्ण भएका छन् भने परीक्षा रद्द भएको विद्यार्थीहको संख्या ४ सय ३९ रहेको छ । यसको उत्तीर्ण प्रतिशत १९.४९ रहेको छ ।
सप्तरीबाट नियमिततर्फ ८ हजार ७ सय १ र एक्जामटेड तर्फ ५ हजार ५ सय ६० जना परीक्षार्थीहरु सहभागि रहेको परीक्षा शाखाका बिरेन्द्र चौधरीले जानकारी दिनुभयो ।
यसैगरि एक्जामटेडतर्फ सप्तरीमा प्रथम श्रेणीमा १४, द्वितीय श्रेणीमा १ सय ६३ र तृतीय श्रेणीमा ६६ जना उत्तीर्ण भएका छन् । जसमा ५ सय १५ विद्यार्थीहरुको परीक्षा रद्द भएको छ ।
२०७१ को नियमित परीक्षामा ५ लाख ७४ हजार ६ सय ८५ ले आवेदन दिएकामा ४ लाख ५३ हजार ३८ ले परीक्षा दिएका थिए । एक्जामटेडतर्फ एक लाख ४५ हजार १८३ तथा प्राविधिकतर्फ तीन हजार २८८ विद्यार्थी सहभागी थिए ।
यस्तै मौका परीक्षा साउन २० गते हुने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । यसमा दुई विषयसम्म अनुत्तिर्ण विद्यार्थीहरुले परीक्षा दिने सकिने प्रावधान रहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
- 2082/11/15 पूर्व वडाध्यक्षसहित सय भन्दा बढी नेता कार्यकर्ता काँग्रेसमा प्रवेश
- 2082/11/14 शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, पर्यावरण र वातावरण लगायतका विषय समेटेर डा. राउतले सार्वजनिक गरे प्रतिवद्धता पत्र
- 2082/11/13 निर्वाचन सुरक्षा प्रदानसँगै मानवीय सेवामा नेपाली सेना सक्रिय
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ