News Category 2072/03/06
प्रहरीको “अप्रेशन शेरा किलो” अभियान अन्तरगत ६ अपराधि पक्राउ, तीन फरार
राजविराज÷जिल्ला प्रहरी कार्यालय सप्तरीको अप्रेशन शेरा किलो अभियान अन्तर्गत जिल्लाको विभिन्न स्थानबाट दुई महिला सहित तीन जनाको कंकाल फेला पार्न सफल भएको छ ।
शनिबार जिल्ला प्रहरी कार्यालय सप्तरीमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरिक्षक शिशिर कुमार कर्माचार्यले तीन वटा हत्या गरिएका ९ जना मध्ये ६ जना अभियुक्तहरुलाई प्रहरीले पक्राउ गरिसकेको जानकारी दिनुभयो ।
उहाँले दुलारी देवी साहको कर्तव्य ज्यान सम्बन्धि मुद्दामा सम्पूर्ण अनुसन्धान सम्पन्न गरी जिल्ला सरकारी वकिल मार्फत सप्तरी जिल्ला अदालतमा मुद्दा दायर भएकाहरु मध्ये सारस्वर गाविस ४ निवासी ४८ वर्षिय अलाउद्दिन मियाँ, शम्भुनाथ नपा वडा नं. २ कनपट्टीका ५५ वर्षिय कानसरुल मिया र जण्डौल गाविस ५ निवासी २६ वर्षिया हजरुन खातुनलाई पुर्पक्षको लागि थुनामा राखिएको तथा अन्य कंचनरुप नपा १० निवासी ३० वर्षिया नगिना खातुन १८ हजार, कंचनरुप नपा १० निवासी २६ वर्षिया समिना खातुन २७ हजार, र सिरहा सोनामति ६ निवासी ४० वर्षिय मो.मजलुम ५० हजार धरौटीमा छुटेको जानकारी दिनुभयो ।
यस्तै निर्मला देवी साह र सहबुद मियाँ तथा निजको बुहारी सगिरा खातुन हत्याको सम्पुर्ण अनुसन्धान कार्य समाप्त भईसके पश्चात दुवै कर्तव्य ज्यान मुद्दा जिल्ला सरकारी वकिल कार्यालय मार्फत सम्मानित सप्तरी जिल्ला अदालतमा पेश गर्ने तयारीमा रहेको उहाँले बताउनुभयो ।
यता सोही घटनामा संलग्न सप्तरीको टिकुलिया गाविस वडा नं. ७ घर भई हाल जिल्ला सप्तरी कुशाहा गाविस वडा नं. ६ बस्ने ३५ वर्षिय मो. सकिल हुसेन, भारतको बिहार अन्तरगत मधुवनी, लौकहा बगमरिया घर भई हाल जिल्ला सप्तरी सारस्वर गाविस वडा नं. ७ बस्ने ३० वर्षिय मो. मस्तकिम भन्ने मो. रईस मियाँ, सप्तरीको पटेर्वा गाविस वडा नं. ५ बस्ने ४५ वर्षको गुल्जार मियाँ फरार रहेको जानकारी दिइएको छ ।
तिनवटै अपराधिक घटनाहरुको मुख्य योजनाकार फरार रहेकाले उच्च प्राथमिकताका साथ उनीहरुको खोजतलास तथा पक्राउ गरी कानुनी दायरमा ल्याउने प्रयास जारी रहेको उहाँले जानकारी दिनुभयो ।
पक्राउ परेका व्यक्तिहरुले अनुसन्धानको क्रममा आफूहरु दुलारी देवी साह हत्या घटना लगायत निर्मला देवी हत्या घटना तथा सहबुद मियाँ र सगिरा खातुन हत्या घटनामा पनि संलग्न रहेको जनाएपछि सोही आधारमा कल्याणपुर गाविस ८ भदैया टोल नजिक रहेको कुखुरा फर्मको पुर्व पट्टिको खालि शंकास्पद स्थानमा उत्खनन् गर्ने क्रममा सहबुद मियाको सडीगलेको अवस्थामा कंकाल फेला परेको प्रहरीले जनाएको छ ।
यता शुक्रबार जिल्लाको कल्याणपुर गाविसमा पुनः एक महिलाको कंकाल भेटिएको छ । सो कंकालको जिल्ला प्रहरी कार्यालयबाट गएको बिशेष टोलीले उत्खनन् गरेको छ ।
यसअघि कल्याणपुर गाविसबाटै जेठ ६ गते भेटिएको एक पुरुषको कंकाललाई प्रहरीले उत्खनन् गरेको थियो भने बैशाख २७ गते जिल्लाकै जण्डौल गाविसमा एक महिलाको कंकाल भेटेको थियो ।
जिल्ला प्रहरी कार्यालय सप्तरीको विशेष अनुसन्धान टोलीले शुक्रबार कल्याणपुर ८ स्थित भदैया टोलमा उक्त कंकालको उत्खनन् गरेको हो । फेला परेको कंकाल जिल्लाको टिकुलिया गाविस ४ का सहबुद मियाँको बुहारी सगिरा खातुनको रहेको प्रहरीले जनाएको छ ।
यसअघि जेठ ६ गते सहबुद मियाँको लाश पनि सोही स्थानबाटै प्रहरीले उत्खनन् गरेको थियो ।
२०६९ साल असोज १० गते मियाँ आफ्नो बुहारी सगिरा खातुनसँगै वेपत्ता भएका थिए । बुहारीसँग वेपत्ता हुँदा मियाँको हात्त भाचेको तथा सो हातमा स्टिल लगाएकोले फेला परेको कंकालको हातमा स्टिल रहेकोले शव पहिचान भएको प्रहरीले जनाएको छ । यता शुक्रबार बुहारी सगिराको पनि लाश फेला परेको छ ।
यसअघि प्रहरीले गत बैशाख २७ गते जिल्लाको जण्डौल गाविस ६ निवासी धिरेन्द्र साहकी ३२ वर्षीया पत्नी गोरीनिया भनिने दुलारीदेवी साहको कंकाल फेला पारेको थियो ।
गत २०६९ साल सोही गाविसको जंगलमा एक भट्टराई दम्पतीको हत्या भएको थियो र सोही आरोपमा साहलाई दुई वर्षको सजाय सुनाएपछि फरार अभियुक्त भएको अनुसन्धानले खुल्न आएको सप्तरी प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
- 2082/11/15 पूर्व वडाध्यक्षसहित सय भन्दा बढी नेता कार्यकर्ता काँग्रेसमा प्रवेश
- 2082/11/14 शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, पर्यावरण र वातावरण लगायतका विषय समेटेर डा. राउतले सार्वजनिक गरे प्रतिवद्धता पत्र
- 2082/11/13 निर्वाचन सुरक्षा प्रदानसँगै मानवीय सेवामा नेपाली सेना सक्रिय
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ