News Category 2072/03/07
उपस्वास्थ्य चौकी समयमा नखोलिदा सेवाग्राहीलाई समस्या
शुभनारायण यादव
राजविराज, ६ असार ।
स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीहरुले पनि घरमै बसेर तलब खाने गरेका छन ।
उपस्वास्थ्य चौकी झुटकी प्रत्येक दिन बिहान ११ बजे खुल्छन र दिउँसो १ नबज्दै बन्द हुने गरेका कारण त्यहाँका सेवाग्राहीहरु समस्यामा परेका छन ।
उक्त उपस्वास्थ्य चौकीमा एक जना सिनियर अहेब चेत नारायण यादव, अहेव मो.ताहिर हुसेन, अनमि सविता राई र कार्यालय सहयोगी धनिकलाल यादवको दरबन्दी रहेपनि कर्मचारीहरु आफु खुशि उपस्वास्थ्य चौकी संचालन गर्ने गरेका कारण त्यहाँका सेवाग्राहीहरु औषधि उपचार गराउँनबाट बञ्चित भएका हुन ।
सोही क्रममा आईतबार उक्त उपस्वास्थ्य चौकी ११ जबेसम्म बन्द रहेका कारण एक घण्टा औषधिको लागि पर्खिनु परेको स्थानीय भोला यादवको भनाई रहेको छ ।
यादव जस्तै त्यहाँ आधा दर्जन बिरामीहरु कति खेर उपस्वाथ्य चौकी खुल्न प्रतिक्षामा बसेको थियो । उपस्वाथ्य चौकी खुल्ने समय बिहान १०.३० बजेदेखि दिउँसो २ बजेसम्म रहेपनि उक्त उपस्वाथ्य चौकीका कर्मचारीहरु दिनहुँ आफु खुशि कहिले ११ बजे त कहिले दिउँसो १२ बजे पनि खोल्ने गरेको स्थानीयहरुको आरोप रहेको छ ।
जिल्लाको दक्षिणी भेगको अति नै विकट मानिएको उपस्वाथ्य चौकी झुटकी हाल प्रहरी चौकीकै भवनमा संचालन रहेको छ , तर दिनहुँ दिउँसो १२ बजे उपस्वाथ्य चौकी खोलेपनि प्रहरी प्रशासन तथा सम्बन्धित निकाय समेत मौन रहेको स्थानीयहरुले आरोप लगाएका छन ।
चार जना कर्मचारीको दरबन्दी रहेको उपस्वाथ्य चौकी झुटकी कुनै दिन त कार्यालय सहयोगीकै भरमा संचालनमा रहेको स्थानीयहरुको भनाई छ ।
त्यहाँका स्वास्थ्यकर्मीहरु बिरामीहरुलाई औषधि उपचार नै नगरी घरमै बसेर तलब खाने गरेको स्थानीयहरुले बताएका छन । उपस्वाथ्य चौकीका सि.अहेब यादव महिनामा १५ दिन मात्र आई हाजिरी बनाएर तलब खाने गरेपनि त्यसतर्फ जिल्ला जनस्वास्थ्य कार्यालय तथा सम्बन्धित निकाय मौन रहेको सेवाग्राहीहरुको आरोप छ ।
यसैबिच सो सम्बन्धमा उपस्वाथ्य चौकी झुटकीका सि.अहेब यादवसँग सम्पर्क गर्दा उहाँले आफु १० बजे कार्यालय खोलेर बन्द गरी तालिममा सहभागि हुन आएको बताएपनि १० बजे कार्यालय बन्द रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/30 प्रशासकीय भवन सार्ने विषयमा जनप्रतिनिधिहरु बीचमै विवाद
- 2082/12/23 पत्रकार महासंघद्वारा सरकारको पछिल्लो विज्ञापन नीति खारेज गर्न माग, सञ्चारमाध्यमहरू बन्द भए हजारौं पत्रकार तथा सञ्चारकर्मी र सञ्चारक्षेत्रमा जोडिएकाहरु प्रत्यक्ष रूपमा प्रभावित हुने
- 2082/12/23 गाईको मासुसहित एक पक्राउ
- 2082/12/23 तीन स्थानमा भएको आगलागिमा ६ लाख ७३ हजार ५ सय मुल्य बराबरको क्षति
- 2082/12/22 शनिबार र आइतबार सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा बिदा
- 2082/12/22 मर्मत सम्भारको माग गर्दै चक्काजाम
- 2082/12/20 कान उपचार केन्द्रको नवनिर्मितको उद्घाटन, नेपालमा १८ प्रतिशत जनता कान रोगबाट ग्रसित
- 2082/12/20 गैरकानुनी रुपमा रकम असुल्ने कार्यमा संलग्न व्यक्तिलाई कार्यालय प्रवेशमा निषेध
- 2082/12/20 आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा विद्यालय संचालक र कर्मचारी पक्राउ
- 2082/12/20 मोटरसाइकल चोरी घटनामा तीन युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ