News Category 2072/03/08
संविधान जारि गर्न सर्वसम्मत आवश्यक ः संयुक्त महासचिव मण्डल
दैनिक संवाददाता
राजविराज, ७ असार ।
सद्भावना पार्टीका संयुक्त महासचिव सीताराम मण्डलले संविधान कुनै पार्टीको नभएर त्यसलाई जारि गर्न सर्वसम्मत आवश्यक रहेको बताउनु भएको छ ।
पार्टी जिल्ला कार्यसमिति सप्तरीद्वारा राजविराजमा सोमवार आयोजित संविधानसभा परित्याग सम्वन्धि अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनु भएको हो ।
संविधान देशको मूल कानून भएकाले यसलाई अल्पमत र बहुमतको आधारमा जारी गर्न नमिल्ने बताउँनु हुँदै उहाँले संविधान सम्पूर्ण राजनीतिक दलहरुको सहमतिबाट जारि हुनुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, “चार दलले गरेको सम्झौता–पत्रलाई सम्पूर्ण जनताका मान्य छैन् । मधेशी, आदिवासी, दलित, जनजातीलगायत शोषित उत्पीडित समुदायका लागि संविधान अति आवश्यक छ, त्यसैले सम्पूर्ण उत्पीडित शक्तिहरु एकजुट हुनु जरुरी छ ।”
पार्टीका जिल्ला अध्यक्ष सुनिल कुमार झाको अध्यक्षतामा आयोजित कार्यक्रममा मैथिल महासंघ नेपालका केन्द्रिय अध्यक्ष विष्णुकुमार मण्डल, मधेशी निजामती कर्मचारी मञ्चका जिल्ला अध्यक्ष अजय कुमार झा, एनप्याव्सन सप्तरीका अध्यक्ष ई. बौकु साह, नागरिक सञ्जाल सप्तरीका संस्थापक संयोजक सुखराम यादव, मधेशी पत्रकार संघ सप्तरीका अध्यक्ष श्यामसुन्दर यादवलगायतले बोल्नु भएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/14 थोरै लगानीमा बढी आम्दानी दिने “सनपात” खेती संकटमा
- 2083/02/14 ...अनि श्रीमतीसँग माफी मागें
- 2083/02/14 महिला टी–ट्वान्टी छनोट क्रिकेट प्रतियोगितामा सिरहा र धनुषा बिजयी
- 2083/02/13 अनिताको हत्या आरोपमा छिमेकी पक्राउ
- 2083/02/13 ‘ज्येष्ठ नागरिक’ शब्द कायम गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन
- 2083/02/13 वर्तमान अवस्थामा पत्रकारिता पेशा अत्यन्त नाजुक ः वक्ताहरु
- 2083/02/13 बाढीबाट हुने क्षति रोक्न सुझाव संकलन
- 2083/02/13 किर्तिमान कायम गर्दैै राष्ट्रिय भारोत्तोलन प्रतियोगिता सम्पन्न
- 2083/02/13 मधेश प्रदेशस्तरीय महिला क्रिकेट छनोट प्रतियोगिता
- 2083/02/12 न्यायका लागि अदालतै अगाडी धर्ना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ