News Category 2072/03/10
कोशी नदी डुवान कटान पीिडित संघर्ष समितिले मुआब्जाका लागि आन्दोलन गर्ने
दैनिक संवाददाता
राजविराज, ९ असार ।
कोशी नदी डुवान कटान पीडित संघर्ष समितिले भारत सरकारसँग उचित मुआब्जाको माँग गर्दै विभिन्न आन्दोलनका कार्यक्रमहरु गर्ने जनाएको छ ।
समितिका संयोजक महिदेव प्रसाद चौधरीले बुधबार जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी शिशिर पौडेल मार्फत उचित मुआब्जाको माँग गर्दै ज्ञापन पत्र पठाइएको छ ।
समितिले असार २० गते कोशी पीडितहरुले कोशी ब्यारेज घेराउ, तालबन्दी, धर्ना, कोण सभा लगायतका कार्यक्रमहरु गरिने बुझाएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
नेपाल भारत सरकार बीच वि.स.२०११ साल १९५४ ई. मा कोशी सम्झौता १९९ वर्षको लागी भएको जनाउँदै सोही सम्झौताको बुंदा नं.३ र ८ मा स्पष्ट उल्लेख भए अनुसार कटान डुवानमा परेका जग्गाको क्षतिपूर्ती भने बालीको क्षतिपुर्ती मुआव्जा भारत सरकारले नेपाल सरकारलाई दिने उल्लेख रहेपनि ६० वर्ष देखी कुनै राहत दान स्वरुप पनि नपाएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
मुआव्जाको लागि कोशी नदी डुवान कटान पीडित संघर्ष समितिले बारम्बार दुबै सरकार समक्ष कार्वाही एवं आग्रह गर्दै आए पनि हालसम्म बाली क्षतिपुर्ती पाउनका लागी आन्दोलनमा जानु परेको जनाएको छ ।
उक्त ज्ञापन पत्रको बोधार्थ माननिय सभामुख, गृहमन्त्री ,परराष्ट्र मन्त्री, सिंचाई मन्त्री, वन मन्त्री, कृषि तथा जलश्रोत समिति व्यवस्थापिका संसद, भारतीय दुतावासको कार्यालय, विभिन्न राजनीतिक दलका अध्यक्ष, सिंचाई विभाग, पुर्वाञ्चल सिंचाई क्षेत्रिय निर्देशनालय विराटनगर, कोशी प्रोजेक्ट विरपुर, सम्पर्क तथा भुआर्जन कार्यालय, नेपाल पत्रकार महासंघ सुनसरी, सप्तरी र उदयपुर समेतमा पठाईएको संयोजक चौधरीले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
- 2082/06/28 एक्वा पानी उद्योगलाई दुई लाख जरिवाना
- 2082/06/28 पत्रकार माझीमाथी हातपात र दुव्र्यबहार निन्दनीय, दोषीलाई कारवाहीको माग ः पत्रकार महासंघ
- 2082/06/27 पत्रकार माझीमाथी गरिएको अभद्र व्यवहार र हातपातप्रति तीन पत्रकार संघ संगठनद्वारा भत्र्सना
- 2082/06/27 चोरीका चार मोटरसाइकलसहित सात जना पक्राउ
- 2082/06/27 महोत्सवको नाम दिएर समाजमा बिकृती फैलाउने काम ः जेनजी यूवा समूह
- 2082/06/26 दुई पालिकामा महिला तथा बालबालिका हिंसा विरुद्धको निर्देशिका पारित
- 2082/06/25 सहकारीको माध्यमबाट अप्रत्यक्ष रुपमा हजारौं व्यक्तिहरु लाभान्वित भइरहेका छन् ः निवर्तमान अध्यक्ष यादव
- 2082/06/24 रुपनीमा आगलागि हुँदा ५० लाखको क्षति, एक जना घाइते
- 2082/06/24 राजविराज बसपार्क संचालन प्रक्रिया अघि बढ्यो
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ