News Category 2072/03/11
मैथिली पत्रकारिता तालिम सुरु
दैनिक संवाददाता
राजविराज, १० असार ।
सप्तरीबाट मैथिली भाषामा नियमित रुपमा दैनिक पत्रिका प्रकाशनमा आएपछि मात्र मैथिली भाषा, संस्कृतिको उत्थान हुन सकिने विश्वास एक कार्यक्रमको सहभागिहरुले गरेका छन ।
जिल्ला विकास समिति सप्तरीको सहयोग तथा मैथिली मिडिया प्रालिको आयोजनामा राजविराजमा आयोजित मैथिली भाषा साहित्य कला संस्कृति, संचारक लेल मैथिली श्रव्य आ लेखन सम्बन्धि पाँच दिने पत्रकारिता तालिमको उद्घाटन समारोहमा सहभागिहरुले यस्तो विश्वास व्यक्त गरेका हुन ।
प्रालिका अध्यक्ष शुभचन्द्र झाको अध्यक्षता तथा स्थानीय विकास अधिकारी कोमल प्रसाद धमलाको प्रमुख आतिथ्यमा आयोजित सो तालिमको उद्घाटन समारोहमा मैथिल महासंघका अध्यक्ष विष्णु कुमार मण्डल, प्राध्यापकद्वय जनआनन्द मिश्र, अमरकान्त झा, नेपाल पत्रकार महासंघका अध्यक्ष प्रकाश खतिवडा, सद्भावना पार्टीका जिल्ला अध्यक्ष सुनिल कुमार झा, छिन्नमस्ता एफएमका स्टेशन मेनैजर शिब प्रताप साह, संचार यात्रा नेपालकी करुणा झा, पत्रकार जितेन्द्र कुमार झा जितु, परिषदका रामअधिन साह संतोषी सहितकाहरुले तालिमबाट सिकेका सीपलाई व्यवहारमा लागु भएपछि मात्र मैथिली भाषा, सँस्कृतिको उत्थान हुन सक्ने विचार व्यक्त गर्नुभयो ।
उक्त पाँच दिने तालिममा जिल्लाका विभिन्न संचारगृहसँग आवद्ध २५ जना युवायुवतीहरुको सहभागिता रहेको तथा मैथिल महासंघका अध्यक्ष विष्णु कुमार मण्डल, प्राध्यापकद्वय जनआनन्द मिश्र, अमरकान्त झा, नेपाल पत्रकार महासंघका अध्यक्ष प्रकाश खतिवडा, कान्तिपुर दैनिक जनकपुरका संवाददाता श्यामसुन्दर शशि, मैथिली साहित्य परिषदका पुर्व अध्यक्ष देवेन्द्र मिश्र, परिषदका उपाध्यक्ष सतिश कुमार दत्तले सो तालिमको सहजिकरण गर्ने मैथिली साहित्य परिषदका सचिव श्याम सुन्दर यादवले जानकारी दिनुभयो ।
विगत १२ वर्षपछि मुलुकमा दोश्रो पटक सप्तरीको राजविराजमा मैथिली भाषामा पत्रकारिता सम्बन्धि तालिम शुरु भएपछि स्थानीय एफएमका युवायुवतीहरु उत्साहका साथ सो तालिममा सहभागि भएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/14 थोरै लगानीमा बढी आम्दानी दिने “सनपात” खेती संकटमा
- 2083/02/14 ...अनि श्रीमतीसँग माफी मागें
- 2083/02/14 महिला टी–ट्वान्टी छनोट क्रिकेट प्रतियोगितामा सिरहा र धनुषा बिजयी
- 2083/02/13 अनिताको हत्या आरोपमा छिमेकी पक्राउ
- 2083/02/13 ‘ज्येष्ठ नागरिक’ शब्द कायम गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन
- 2083/02/13 वर्तमान अवस्थामा पत्रकारिता पेशा अत्यन्त नाजुक ः वक्ताहरु
- 2083/02/13 बाढीबाट हुने क्षति रोक्न सुझाव संकलन
- 2083/02/13 किर्तिमान कायम गर्दैै राष्ट्रिय भारोत्तोलन प्रतियोगिता सम्पन्न
- 2083/02/13 मधेश प्रदेशस्तरीय महिला क्रिकेट छनोट प्रतियोगिता
- 2083/02/12 न्यायका लागि अदालतै अगाडी धर्ना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ