News Category 2072/03/13
“शिक्षक इमान्दार हुनुपर्छ”
राजविराज÷क्षेत्रिय शिक्षा निर्देशनालय पुर्वाञ्चलका निर्देशक माया राईले सबै शिक्षक शिक्षिकाहरुले ईमान्दारी पुर्वक विद्यार्थीहरुलाई पढाएमा सामुदायिक विद्यालयले पनि नीजी विद्यालय सरह गुणस्तरीय शिक्षा पाउँन सकिने विश्वास ब्यक्त गर्नुभएको छ ।
सेभ द चिल्डे«नको सहयोग तथा जिल्ला शिक्षा कार्यालय सप्तरीको आयोजनामा शनिबार राजविराजस्थित पवि उच्च माविको विद्यालय प्राङ्गणमा आयोजित “शिक्षकले चाहेमा गर्न सक्छन” भन्ने विषयका एक अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिको आसन्नबाट बोल्नुहुँदै उहाँले सो विश्वास ब्यक्त गर्नुभएको हो ।
उहाँले ईमान्दारीतापूर्वक शिक्षकले पढाई दिए विद्यार्थी उत्कृष्ट हुन सकिने बताउँदै निर्देशक राईले धेरै जसो शिक्षकहरु अहिले पढाई भन्दा बढी राजनीतिक, दरबन्दी मिलान लगायतका कार्यमा ब्यस्त रहने गरेका कारणले पनि सप्तरीमा एसएलसी परीक्षााको परीक्षाफलमा कमि आएको जिकिर गर्नुभयो ।
सरकारले शिक्षामा बर्षेनी अर्बो खर्बौको लगानी गरेपनि शिक्षक शिक्षिकाहरुको लापर्बाहीका कारणले सरकारको लगानी वालुवामा पानी हाले सरह भएकोप्रति दुख ब्यक्त गर्दै सरकारको लगानीलाई खेर हुन नदिनका लागि सम्पुर्ण शिक्षक शिक्षिका लगायत विद्यार्थी , अभिभावक सहित सम्पुर्ण शिक्षासँग सरोकार राख्ने निकायलाई सो कार्यमा सहयोग गर्न अनुरोध समेत गर्नुभयो ।
पुर्वाञ्चलमा यस वर्ष ३९ प्रतिशत गत वर्ष भन्दा बढी प्रतिशत विद्यार्थीहरु एसएलसी परीक्षामा उर्तिण भएका छन भने सप्तरीमा गत वर्ष भन्दा पनि कमै परिणाम आउनुबाट प्रष्ट हुन्छ कि यहाँका शिक्षक शिक्षिकाहरु पढाई भन्दा राजनीतिकमा बढी लागिपरेका छन ।
निर्देशक राईले अगामी वर्षहरुमा यहाँका शिक्षकहरुले अझ ईमान्दारी पुर्वक विद्यार्थीहरुलाई पढाएर एसएलसी परीक्षाको परिणामा बृद्धि गर्न अनुरोध समेत गर्नुभयो ।
साथै उहाले एसएलसी परीक्षाको परिणाममा शुन्य हुने विद्यालयलाई कसरी रिजल्ट राम्रो हुनेछन भनि अभियान यस वर्षदेखि शुरु गरेको जानकारी समेत दिनुभयो ।
जिल्ला शिक्षा अधिकारी लक्ष्मी प्रसाद भट्राईको अध्यक्षतामा आयोजित सो कार्यक्रममा प्रमुख अभियानता डा. सुसन आचार्य, डा. राघा कोईराला, सहायक प्रमुख जिल्ला अधिकारी शिशिर पोडैल, झापाका जिल्ला शिक्षा अधिकारी दिल्लीराम लुईटेल, नेपाल पत्रकार महासंघका अध्यक्ष प्रकाश खतिवडा, नेपाल शिक्षक युनियनका पुर्व अध्यक्ष विजयानन्द झा, युनियनका अध्यक्ष फलेश्वर कुमार मण्डल, यादव सेवा समितिका अध्यक्ष प्रयाग यादव सहितकाहरुले शिक्षक शिक्षिकाहरुले चाहेमा सामुदायिक विद्यालयहरुमा पनि गुणस्तरीय शिक्षा प्रदान गर्न सकिने विश्वास ब्यक्त गर्नुभयो ।
“शिक्षक भित्रको शिक्षक जाग्नुपर्छ, हामी विश्वस्त छौ आमुल परिवर्तन हुन्छ, यस्तो विद्यालयको स्थापना गरौं, जहाँ बालबालिका रमाई रमाई सिक्न सकुन, कुरा भन्दा काम गरौं आफैबाट शुरुवात गरौं” भन्ने मुल नाराका साथ सेभ द चिल्डे«नले सो अभियानको शुरुवात गरेको हो ।
उक्त अभियानमा जिल्लाका सामुदायिक तथा नीजी विद्यालयका प्रअ, शिक्षक, शिक्षिका, यूवा, विद्यार्थी, अभिभावकसहित सयौको उपस्थिति रहेको जिल्ला शिक्षा कार्यालय सप्तरीका विद्यालय निरीक्षक एवं शाखा अधिकृत भोगेन्द्र प्रसाद यादवले जानकारी दिनुभयो । उहाँका अनुसार सो कार्यक्रममा सहभागि शिक्षक शिक्षिकाहरुलाई नििज विद्यालय सरह सामुदायिक विद्यालयमा पनि गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि विभिन्न प्रदर्शनीहरु समेत प्रदर्शन गरीएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
- 2082/11/15 पूर्व वडाध्यक्षसहित सय भन्दा बढी नेता कार्यकर्ता काँग्रेसमा प्रवेश
- 2082/11/14 शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, पर्यावरण र वातावरण लगायतका विषय समेटेर डा. राउतले सार्वजनिक गरे प्रतिवद्धता पत्र
- 2082/11/13 निर्वाचन सुरक्षा प्रदानसँगै मानवीय सेवामा नेपाली सेना सक्रिय
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ