News Category 2070/04/14

ठेकेदारसहित १० जना वन तस्कर पक्राउ

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, १३ साउन । 
वन कार्यालयको गस्ती टोलीले शनिवार राती सप्तरी र उदयपुरको सिमानामा पर्ने कंग खोलास्थित जंगलबाट ठेकेदार सहित १० जना तस्करहरुलाई रंगेहात पक्राउ गरेको छ । 
जिल्ला वन कार्यालय र इलाका वन कार्यालय रुपनीको संयुक्त वन गस्ती टोलीले जंगलमा रुख कटान गरिरहेको अवस्थामा ठेकेदार सहित तस्करहरुलाई पक्राउ  गरेको जिल्ला वन कार्यालय सप्तरीले जनाएको छ । 
पक्राउ परेकाहरुलाई इलाका वन कार्यालय सप्तरीमा राखिएकोले नाम ठेगाना खुल्न नसकेको जनाएको छ ।
पक्राउ पर्नेमा एक जना ठेकेदार, ६ जना कटान गर्ने तस्कर र तीन जना खाना पकाउने ब्यक्तिहरु रहेको तथा एक जना भाग्न सफल भएको श्रोतले जनाएको छ । 
दुई सय भन्दा बढी फेन्टा बरामद भएको बताइएपनि वन कार्यालयले भने २० थान मात्र काठ बरामद भएको बताएपछि यसमा वन कर्मचारीहरुको संलग्नता रहेको हुन सक्ने आशंका गरिएको छ । तस्करहरुसँग नजराना लिन र पक्राउ परेका काठहरु लुकाउने नियतबाट थोरै काठ पक्राउ गरिएको जानकारी दिएको हुन सक्ने स्थानियहरुले आशंका गरेका छन् । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट