News Category 2072/03/13
सीप तथा संक्रमणकालिन न्याय सम्बन्धि दुई दिने तालिम सुरु
राजविराज÷सप्तरीका निमित्त प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले देश र समाजमा देखिएका विभिन्न संक्रमणलाई शान्ति समितिले निकास दिन अहम भुमिका निर्वाह गर्ने विश्वास ब्यक्त गर्नुभएको छ ।
स्थानिय शान्ति समिति सप्तरीको आयोजनामा शनिबारदेखी राजविराजमा संचालित मध्यस्थता सीप तथा संक्रमणकालिन न्याय सम्बन्धि दुई दिने तालिमको उद्घाटन समारोहमा प्रमुख अतिथिको आसन्नबाट बोल्नुहुँदै उहाँले सो विश्वास ब्यक्त गरेका हुन ।
उहाँले समाजमा शान्ति स्थापनाको लागि सबैको सहयोग अपरिहार्य रहेको बताउँदै मुलुकको निकाशसँगै विकासलाई पनि अगाडी बढाउँन स्थानीय शान्ति समितिले अहम भुमिका निर्वाह गर्ने बताउँनुभयो ।
स्थानीय शान्ति समिति सप्तरीका संयोजक निरजंन झाको अध्यक्षतामा आयोजित सो तालिमको उद्घाटन समारोहमा नेकपा एमालेका अध्यक्ष गोविन्द न्यौपाने, एमाओवादीका संयोजक असर्फी सदा, स्थानीय शान्ति समितिका सदस्यहरु किशोर कुमार यादव केसी, महेन्द्र यादव, कृपा नारायण यादव, राजेन्द्र विक, सकिल अलि, ललिता देवी मण्डल, शैलेन्द्र कुमार सिंह, प्रशिक्षक सुरेन्द्र प्रसाद गुप्ता, नेङ्गरा गाविसका संयोजक सुरेन्द्र प्रसाद यादव लगायतका बक्ताहरुले मुलुकमा शान्ति स्थानपनाको लागि स्थानीय शान्ति समितिले अहम भुमिका निर्वाह गर्दै आएको बताउँनुभयो ।
राजविराजमा आयोजित सो दुई दिने तालिममा पहिलो चरणमा जिल्लाको अर्नाहा, हनुमाननगर, कोचाबखारी, पकरी, काचन, मलेकपुर, डिमन, बभनगामाकटी, लोहजारा, औरही, बेल्ही चपेना, फत्तेपुर, बकधुवा सहित २० गाविसबाट दुई दुई जनाका दरले ४० जनाको सहभागिता रहेको स्थानीय शान्ति समिति सप्तरीकी सचिव केशला गौतमले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/30 प्रशासकीय भवन सार्ने विषयमा जनप्रतिनिधिहरु बीचमै विवाद
- 2082/12/23 पत्रकार महासंघद्वारा सरकारको पछिल्लो विज्ञापन नीति खारेज गर्न माग, सञ्चारमाध्यमहरू बन्द भए हजारौं पत्रकार तथा सञ्चारकर्मी र सञ्चारक्षेत्रमा जोडिएकाहरु प्रत्यक्ष रूपमा प्रभावित हुने
- 2082/12/23 गाईको मासुसहित एक पक्राउ
- 2082/12/23 तीन स्थानमा भएको आगलागिमा ६ लाख ७३ हजार ५ सय मुल्य बराबरको क्षति
- 2082/12/22 शनिबार र आइतबार सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा बिदा
- 2082/12/22 मर्मत सम्भारको माग गर्दै चक्काजाम
- 2082/12/20 कान उपचार केन्द्रको नवनिर्मितको उद्घाटन, नेपालमा १८ प्रतिशत जनता कान रोगबाट ग्रसित
- 2082/12/20 गैरकानुनी रुपमा रकम असुल्ने कार्यमा संलग्न व्यक्तिलाई कार्यालय प्रवेशमा निषेध
- 2082/12/20 आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा विद्यालय संचालक र कर्मचारी पक्राउ
- 2082/12/20 मोटरसाइकल चोरी घटनामा तीन युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ