News Category 2072/03/16
पर्याप्त वर्षा नभएपछि धान रोपाईमा बाधा कृषि कार्यालयले धान दिवसमा औपचारिकता पुरा ग¥यो
दैनिक संवाददाता
राजविराज, १५ असार ।
पर्याप्त बर्षा नभएपछि सप्तरीका किसानहरु चिन्तित बनेका छन् । बर्षाको आभावमा गत बर्ष खडेरीको मार खेपेको सप्तरीका किसानहरु यस बर्ष पनि बर्षा नभएपछि किसानहरु चिन्तित बनेका हुन् ।
धान रोपाईका लागि महत्वपूर्ण समय मानिएको असारको तेश्रो साता अर्थात असार १५ गतेका दिन पर्याप्त बर्षा नभएपछि यहाँका किसानहरु सुख्खा खेतमा पनि हलो जोत्न बाध्य भएका छन् ।
असारको दोश्रो सातातिर थोरै बर्षा भएपनि त्यपछि वर्षा नभएका कारण अधिकांश खेतीयोग्य जग्गामा यहाँका किसानहरुले धान रोपाई गर्न पाएका छैनन् ।
यता सप्तरीमा सिंचाईको राम्रो सुविधा समेत नभएका कारण पनि किसानहरुलाई रोपाई गर्न गाह्रो भएको छ । मुलुककै पुरानो चन्द्र नहर अहिले जिर्ण अवस्थामा पुगिसक्दा अन्य नहरहरुमा खेतीको समयमा पर्याप्त पानी नआउनाले समेत सप्तरीका कृषकहरु मारमा परेका छन् ।
बर्षा नभएपछि केही किसानहरुले पानी तान्ने मोटर जडान गरेर धान रोपाई गरिरहेका छन भने कतिपय किसानहरु अझै बर्षाको प्रतिक्षामा बसिरहेका छन् ।
शुरुमा धानको बेर्ना तयार थिएन्, अहिले अब बेर्ना तयार भएपछि रोपाई गर्न पानी छैन् सप्तरीको रायपुरका किसान संजिव यादवले भन्नुभयो –‘‘धान रोपाईमा भईरहेको ढिलाईले किसानहरुमा चिन्ता थपिदै गएको छ ।”
गएको बर्षको खडेरीको मारमा परेका किसानहरुले यस बर्ष पनि खडेरीको मार भोग्नु नपरोस् भन्ने चिन्ता किसानहरुमा बढे्को छ ।
बर्षा नभएपछि अहिलेसम्म करिब ३ हजार ३ सय हेक्टर जमिनमा मात्र धान रोपाई भएको जिल्ला कृषि विकास कार्यालय सप्तरीका प्रमुख जागेश्वर यादवले जानकारी दिनुभयो ।
मनसुन सुरु हुन ढिलाई भईरहेकाले धान रोप्नेमा समेत ढिलाई हुने भएकाले यस बर्षपनि सप्तरीमा धान उत्पादनमा कमी आउन सक्ने अनुमान गरिएको छ ।
सप्तरीमा ६६ हजार हेक्टर जमिन धान खेतीका लागि योग्य भएपनि ३९ हजार हेक्टर जमिनमा धान रोपाई हुने गरेको छ ।
गएको वर्ष सप्तरीमा २० हेक्टर क्षेत्रफलमा लगाईको धानबालीबाट ५५ हजार मेट्रिक टन मात्र धानको उत्पादन भएको थियो ।
यता जिल्लामा पर्याप्त पानी नपरे पनि जिल्ला कृषि विकास कार्यालय सप्तरीले यस वर्ष पनि केही सीमित पत्रकारहरुलाई लगेर धान दिवस मनाएको छ । जिल्लाको रायपुर गाविस ८ स्थित रुपनीमा धान दिवसको अवसरमा धान रोपेर मंगलबार धान दिवस २०७२ मनाएको हो ।
सो कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी शिशिर पौडेल, जिल्ला कृषि बिकास कार्यालय सप्तरीका वरिष्ठ कृषि विकास अधिकृत जागेश्वर यादव, स्थानिय विकास अधिकारी कोमल प्रसाद धमाला, पत्रकार महासंघका अध्यक्ष प्रकाश खतिवडा लगायतलाई आमन्त्रित गरेर कृषि कार्यालयले आफ्नो औपचारिकता पुरा गरेको हो ।
गत वर्ष पनि कृषि कार्यालयले धान दिवसको अवसरमा केही सीमित पत्रकारलाई आमन्त्रित गरेर यस्तै औपचारिकता निर्वाह गरेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
- 2082/11/15 पूर्व वडाध्यक्षसहित सय भन्दा बढी नेता कार्यकर्ता काँग्रेसमा प्रवेश
- 2082/11/14 शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, पर्यावरण र वातावरण लगायतका विषय समेटेर डा. राउतले सार्वजनिक गरे प्रतिवद्धता पत्र
- 2082/11/13 निर्वाचन सुरक्षा प्रदानसँगै मानवीय सेवामा नेपाली सेना सक्रिय
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ