News Category 2072/03/17
संघीय गणतान्त्रिक मोर्चाले संविधानको मस्यौदा जलायो
दैनिक संवाददाता
राजविराज, १६ असार ।
संघीय गणतान्त्रिक मोर्चाले सप्तरीको राजविराजमा बुधबार संविधानको मस्यौदा जलाएका छन् ।
राजविराजस्थित जनआन्दोलन चौकमा मोर्चासँग आवद्ध विभिन्न पार्टीका नेता तथा कार्यकर्ताहरुले सामुहिक रुपमा सो मस्यौदा जलाएका हुन ।
आदिवासी मधेशी, महिला, दलित, मुस्लिम, अपाङग र उत्पीडित वर्गका पहिचानविहीन संविधानको मस्यौदा संविधानमा पेस गरेको भन्दै सो मस्यौदा जलाएको मोर्चासँग आवद्ध विद्यार्थी मंचका केन्द्रिय अध्यक्ष किशोर कुमार यादव केसीले जानकारी दिनुभयो ।
यो मस्यौदा सर्वोच्च अदालतको आदेश विपरित छ, आदिवासी, मधेशी, दलित र महिलाको इच्छाविपरीत रहेको तथा अन्तरिम संविधानको भावना र मर्म विपरीत भएको भन्दै सो मस्यौदा जलाएको संघिय समाजवादी फोरम नेपालका दिनेश कुमार यादवले जानकारी दिनुभयो ।
मोर्चामा संघीय समाजवादी फोरम, सद्भावना पार्टी, तराई मधेश लोकतान्त्रिक पार्टी, तराई मधेश सद्भावना पार्टीलगायतका दलहरु सहभागीता रहेको थियो ।
यसअघि संविधानसभामा छलफलका लागि प्रस्तुत भएको संविधानको मस्यौदा मधेशीलगायतका दलहरुले संविधानसभाभित्रै च्यातेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/06 दुई पालिकामा १ सय ६ बालबालिकामा कडा कुपोषण
- 2083/01/06 डेढ करोड भन्दा बढी राजश्व संकलन, २ हजार ९ सय ६० किलो गाजा बरामद
- 2083/01/03 बीमा बोर्डका कार्यकारी निर्देशक डा. पौडेलको काज फिर्तासँगै गजेन्द्र नारायण सिंह अस्पतालमा सरुवा
- 2083/01/03 भूपु सैनिक सम्मेलनमा चार जना सन्तानलाई सैनिक सेवामा सहभागी गराउने जितनी देवी सम्मानित
- 2083/01/03 त्रियुगा खोलाको भङ्गालोमा घोघि टिप्न गएकी महिला मृत फेला
- 2082/12/30 प्रशासकीय भवन सार्ने विषयमा जनप्रतिनिधिहरु बीचमै विवाद
- 2082/12/23 पत्रकार महासंघद्वारा सरकारको पछिल्लो विज्ञापन नीति खारेज गर्न माग, सञ्चारमाध्यमहरू बन्द भए हजारौं पत्रकार तथा सञ्चारकर्मी र सञ्चारक्षेत्रमा जोडिएकाहरु प्रत्यक्ष रूपमा प्रभावित हुने
- 2082/12/23 गाईको मासुसहित एक पक्राउ
- 2082/12/23 तीन स्थानमा भएको आगलागिमा ६ लाख ७३ हजार ५ सय मुल्य बराबरको क्षति
- 2082/12/22 शनिबार र आइतबार सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा बिदा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ