News Category 2072/03/17
मस्यौदा संशोधनको माग गर्दै सभाअध्यक्षलाई ज्ञापन
दैनिक संवाददाता
राजविराज, १६ असार ।
नेपाल सदभावना पार्टीले संविधान सभाको मस्यौदा संशोधनको माग गर्दै बुधबार प्रमुख जिल्ला अधिकारी मार्फत संविधान सभाका अध्यक्ष समक्ष ज्ञापन पत्र पठाएको छ ।
उक्त मस्यौदामा संविधानको प्रस्तावनामा संघीयता शब्द थप्नुपर्ने, वैवाहिक अंगिकृत महिला सहित अन्य नागरिकको सम्मान अधिकार सहित संबैधानिक व्यवस्था कायम गर्नुपर्ने, मधेशी जनाको चाहना अनुसार भौगोलिक तथा साँस्कृतिक निरन्तरता, एकरुपता तथा समरुपताको आधारमा मधेश प्रदेश तथा देशका अन्य भुगोलका जनताहरुको चाहना अनुसार सिमांकन तथा नामाकंन सहित संघियता समग्र प्रारुप सहितको मस्यौदालाई समावेश गर्नुपर्ने माग नेपाल सदभावना पार्टीका जिल्ला अध्यक्ष सुब्बी यादवद्वारा बुझाईएको ज्ञापन पत्रमा उल्लेख छ ।
त्यसैगरी संविधानको विभिन्न धारा तथा उपधाराहरुमा लेखिएको समावेशिता शब्द भन्दा पहिले समानुपातिक शब्द समावेश गर्नुपर्ने, नेपाली भाषाका साथ साथै सम्पुर्ण मातृभाषामा सरकारी कामकाजको भाषाको रुपमा स्थान दिनुपर्ने हिन्दी भाषालाई दोश्रो राष्ट्र भाषाको रुपमा संवैधानिक मान्यता प्रदान गर्नुपर्ने, प्रतिनिधि सभा गठनके लागि प्रत्यक्ष निर्वाचनको लागि निर्वाचन क्षेत्रका आधारमा समान जनसंख्याको आधारमा गर्नुपर्ने, प्रत्येक प्रदेशको सम्मान रुपमा ५÷५ सदस्य निर्वाचित भएपछि राष्ट्रिय सभाको निर्वाचनको लागि निर्धारित गरिएको प्रावधानको संशोधन गरी प्रत्येक प्रदेशमा करिब एक अथवा बाँकी सदस्य प्रदेशको जनसंख्याको आधारमा निर्धारण गर्नुपर्ने माँग ज्ञापन पत्र मार्फत गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
- 2082/06/28 एक्वा पानी उद्योगलाई दुई लाख जरिवाना
- 2082/06/28 पत्रकार माझीमाथी हातपात र दुव्र्यबहार निन्दनीय, दोषीलाई कारवाहीको माग ः पत्रकार महासंघ
- 2082/06/27 पत्रकार माझीमाथी गरिएको अभद्र व्यवहार र हातपातप्रति तीन पत्रकार संघ संगठनद्वारा भत्र्सना
- 2082/06/27 चोरीका चार मोटरसाइकलसहित सात जना पक्राउ
- 2082/06/27 महोत्सवको नाम दिएर समाजमा बिकृती फैलाउने काम ः जेनजी यूवा समूह
- 2082/06/26 दुई पालिकामा महिला तथा बालबालिका हिंसा विरुद्धको निर्देशिका पारित
- 2082/06/25 सहकारीको माध्यमबाट अप्रत्यक्ष रुपमा हजारौं व्यक्तिहरु लाभान्वित भइरहेका छन् ः निवर्तमान अध्यक्ष यादव
- 2082/06/24 रुपनीमा आगलागि हुँदा ५० लाखको क्षति, एक जना घाइते
- 2082/06/24 राजविराज बसपार्क संचालन प्रक्रिया अघि बढ्यो
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ