News Category 2070/04/14

जन ज्योतिले २२ जनालाई बनायो रिक्सा मालिक

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, १३ साउन । 
“आजको रिक्सा चालक भोलीको मालिक” योजना अन्तरगत जन ज्योति कृषि सहकारी संस्था लिमिटेड मलेठ सप्तरीले हालसम्म २२ जना रिक्सा चालकलाई मालिक बनाइसकेको छ । 
सस्थाको स्थापना भएको दुई वर्ष नजिकैजाँदा हालसम्म ५१ जना रिक्सा चालकलाई रिक्सा प्रदान गरिसकेको संस्थाका अध्यक्ष विश्वनाथ मण्डलले जानकारी दिनुभयो । 
सोही योजना अन्तरगत आइतबार संस्थाले ५१ औं रिक्साको रुपमा राजविराज ७ निवासी चितनारायण मेहतरलाई हस्तान्तरण गरेको छ । संस्थाका सदस्य एवं वरिष्ठ पत्रकार अनिलकुमार अनलले सो रिक्सा मेहतरलाई हस्तान्तरण गर्नुभयो । 
संस्थाले सो योजना बाहेक कृषि, रसायनिक मलहरुको व्यवस्थापन, उन्नत बीऊ बिजनका लागि आपूर्ती तथा बितरण, सामुहिक खेती, सामुहिक पशुपालन तथा दुध उत्पादन, यूवा स्वरोजगार कार्यक्रम अन्तरगत स–साना पसलहरुमा ऋण लगानी, महिला आर्थिक उत्थान अन्तरगत महिला समूहमा समूहगत ऋण लगानी लगायत कार्य गर्दै आएको अध्यक्ष मण्डलले जानकारी दिनुभयो । 
सन् २०१८ सम्म राजविराज नगरभित्र संचालनमा रहेका रिक्साहरु मध्ये अधिकांश रिक्सा चालकलाई मालिकको रुपमा परिवर्तन गर्ने संस्थाको लक्ष्य रहेको उहाँले जानकारी दिनुभयो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट