News Category 2072/03/19
बालमैत्री कक्षा संचालनमा जोड
दैनिक संवाददाता
राजविराज, १८ असार ।
सप्तरी क्षेत्र न. २ का सभासद अशोक मण्डल अमरले भविष्यका कर्णाधार मानिने बालबालिकाहरुको चौतर्फी विकासमा टेवा पु¥याउनका लागि बालमैत्री कक्षा संचालन गर्नुपर्नेमा जोड दिनुभएको छ ।
जिल्ला विकास समितिको सहयोग तथा युवा सशक्तिकरण संघ नेपालको आयोजनामा शुक्रबारदेखि १ नं. योगिनिया गाविस भवनमा आयोजित बालमैत्री स्थानीय शासन प्रवद्र्धन सम्बन्धि दुई दिने अभिमुखीकरण गोष्ठि तथा गाउँ समिति गठन कार्यक्रममा प्रमुख अतिथिको आसन्नबाट बोल्नुहुँदै उहाँले सो कुरामा जोड दिनुभएको हो ।
सभासद मण्डलले स्थानीय स्तरबाटै सबै मिले मात्र बालमैत्री हुन सकिने बताउँदै त्यसका लागि सम्पुर्ण सरोकारबालाहरुले सक्रिय रुपमा सहयोग गर्नुपर्ने बताउँनुभयो ।
संघका अध्यक्ष किशोर कुमार यादवको अध्यक्षतामा आयोजित दुई दिने गोष्ठिको उदघाटन समारोहमा गाविस सचिव डम्बर बहादुर कार्की, तालिमका प्रशिक्षक मिथिलेश कुमार यादव, पत्रकार शुभ नारायण यादव, रापप्रा नेपालका जिल्ला अध्यक्ष कार्तिक कुमार यादव, उपस्वास्थ्य चौकीका अहेब रोहित कुमार ईसर, सदभावना पार्टीका क्षेत्रिय अध्यक्ष रामचन्द्र सिह, एमालेका योगेन्द्र सुनरैत यादव सहितका बक्ताहरुले आ–आफनो धारणा राख्नुभएको थियो ।
उक्त दुई दिने गोष्ठिमा महिला स्वास्थ्य स्वयसेविका, महिला समुह, गाविस स्तरीय सरसफाई समन्वय समिति, विभिन्न राजनितिक दलका प्रतिनिधि सहित करिब पाँच दर्जन महिला पुरुषहरुको सहभागिता रहेको संघका संयोजक संजिव गुप्ताले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/06 दुई पालिकामा १ सय ६ बालबालिकामा कडा कुपोषण
- 2083/01/06 डेढ करोड भन्दा बढी राजश्व संकलन, २ हजार ९ सय ६० किलो गाजा बरामद
- 2083/01/03 बीमा बोर्डका कार्यकारी निर्देशक डा. पौडेलको काज फिर्तासँगै गजेन्द्र नारायण सिंह अस्पतालमा सरुवा
- 2083/01/03 भूपु सैनिक सम्मेलनमा चार जना सन्तानलाई सैनिक सेवामा सहभागी गराउने जितनी देवी सम्मानित
- 2083/01/03 त्रियुगा खोलाको भङ्गालोमा घोघि टिप्न गएकी महिला मृत फेला
- 2082/12/30 प्रशासकीय भवन सार्ने विषयमा जनप्रतिनिधिहरु बीचमै विवाद
- 2082/12/23 पत्रकार महासंघद्वारा सरकारको पछिल्लो विज्ञापन नीति खारेज गर्न माग, सञ्चारमाध्यमहरू बन्द भए हजारौं पत्रकार तथा सञ्चारकर्मी र सञ्चारक्षेत्रमा जोडिएकाहरु प्रत्यक्ष रूपमा प्रभावित हुने
- 2082/12/23 गाईको मासुसहित एक पक्राउ
- 2082/12/23 तीन स्थानमा भएको आगलागिमा ६ लाख ७३ हजार ५ सय मुल्य बराबरको क्षति
- 2082/12/22 शनिबार र आइतबार सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा बिदा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ