News Category 2072/03/19
लागुऔषधसहित पेडा पसले पक्राउ
दैनिक संवाददाता
राजविराज, १८ असार ।
इलाका प्रहरी कार्यालय कञ्चनपुर र पूर्व क्षेत्रीय प्रहरीको संयुक्त टोलीले सप्तरीको बरमझियामा रहेको पेडा पसलबाट लागुऔषधसहित पसल सञ्चालकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पेडा पसलका संचालक ३२ वर्षीय राजकुमार गुप्ता रहेका छन् । पेडा पसलमा लागुऔषध बिक्री वितरण हुने गरेको सूचना पाएपछि प्रहरीले पसलमा छापा मारेको हो ।
सप्तरीको त्रिकोल गाविस–८ स्थित पूर्व–पश्चिम राजमार्गमा पर्ने बरमझियास्थित श्री बाबा वैद्यनाथ पेडा पसलमा गोप्य सूचनाको आधारमा छापा मारी लागुऔषध बरामद गरिएको प्रहरीले जनाएको छ ।
गुप्ताको पसलबाट ११९ थान नाइट्रोजन, ८४ क्याप्सुल स्पास्मोप्रोक्सिवन, दुई बोतल कोरेक्स र दुई थान मोबाइल फोन बरामद गरिएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक मेघराज थापाले बताउनुभयो ।
प्रहरीका अनुसार गुप्ताले पूर्व–पश्चिम राजमार्गमा चल्ने लामो दूरीका रात्रि बसका चालक तथा सहयोगी चालकलाई लागुऔषध बिक्री वितरण गर्ने गरेको प्ररम्भिक अनुसन्धानबाट खुल्न आएको हो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/06 दुई पालिकामा १ सय ६ बालबालिकामा कडा कुपोषण
- 2083/01/06 डेढ करोड भन्दा बढी राजश्व संकलन, २ हजार ९ सय ६० किलो गाजा बरामद
- 2083/01/03 बीमा बोर्डका कार्यकारी निर्देशक डा. पौडेलको काज फिर्तासँगै गजेन्द्र नारायण सिंह अस्पतालमा सरुवा
- 2083/01/03 भूपु सैनिक सम्मेलनमा चार जना सन्तानलाई सैनिक सेवामा सहभागी गराउने जितनी देवी सम्मानित
- 2083/01/03 त्रियुगा खोलाको भङ्गालोमा घोघि टिप्न गएकी महिला मृत फेला
- 2082/12/30 प्रशासकीय भवन सार्ने विषयमा जनप्रतिनिधिहरु बीचमै विवाद
- 2082/12/23 पत्रकार महासंघद्वारा सरकारको पछिल्लो विज्ञापन नीति खारेज गर्न माग, सञ्चारमाध्यमहरू बन्द भए हजारौं पत्रकार तथा सञ्चारकर्मी र सञ्चारक्षेत्रमा जोडिएकाहरु प्रत्यक्ष रूपमा प्रभावित हुने
- 2082/12/23 गाईको मासुसहित एक पक्राउ
- 2082/12/23 तीन स्थानमा भएको आगलागिमा ६ लाख ७३ हजार ५ सय मुल्य बराबरको क्षति
- 2082/12/22 शनिबार र आइतबार सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा बिदा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ