News Category 2072/03/21
कोशी पीडितहरुको माग तीन महिना भित्र पुरा गर्न पहल गर्ने ः गगण थापा
दैनिक संवाददाता
राजविराज, २० असार ।
नेपाली काग्रेसका सभासद् तथा संसदीय व्यवस्था र कृषि तथा जलश्रोत समितिका सभापति गगन थापाले कोशी पीडितहरुको सम्झौता अनुसारको माग आगामी तीन महिना भित्र पुरा गराउन पहल गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।
कोशी नदी डुवान कटान पीडित संघर्ष समितिले आईतबार भारत सरकारसँग उचित मुआब्जाको माग गर्दै कोशी ब्यारेजमा आयोजित कोणसभालाई सम्बोधन गर्दै उहाँले सो पहल गर्ने प्रतिवद्धता जनाउनु भएको हो ।
कोणसभालाई सम्बोधन गर्दै उहाँले कोशी पीडितहरु विगत लामो समयदेखि आप्mनो जायज मागहरु अघि सारि आन्दोलनरत रहेको तथा उहाँहरुको जायज माग आफुले तीन महिना भित्रै समाधानका लागि पहल गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।
नेता थापाले कोशी पीडितको मागहरुको बारेमा संसदमा राखेर समस्यालाई समाधान गर्न आफुले सक्दो सहयोग गर्ने बताउनुभयो ।
कोशी नदी डुवान कटान पीडित संघर्ष समितिका संयोजक महिदेव प्रसाद चौधरीको अध्यक्षतामा आयोजित सो कोण सभामा समितिका सहसंयोजक कासिम अन्सारी, सप्तरी क्षेत्र न. १ का सभासद मानपुर चौधरी, २ का सभासद अशोक मण्डल अमर, पूर्व सभासद नागेन्द्र झा, सुनसरीका अध्यक्ष राज किशोर मण्डल, पूर्व भुआर्जन अधिकृत नन्द बहादुर राई, पूर्व गृह राज्यमन्त्री राम कुमार चौधरी, कोशी पीडित संघर्ष समिति प्रकाशपुरका जौनी लिम्बु सहितका बक्ताहरुले कोशी पीडितहरु आप्mनो जायज मागहरु अघि सारी विगत लामो समियदेखि आन्दोलनमा रहेको भन्दै उहाँहरुको जायज माग अबिलम्ब पुरा गर्न सरकारसँग माग गर्नुभयो ।
यसअघि कोशी नदी डुवान कटान पीडित संघर्ष समिति सप्तरी, सुनसरी र उदयपुरका हजारौ पीडितहरुले आईतबार दिउँसो १२ बजेदेखि १ बजेसम्म एक घण्टा धर्नामा बसेका थिए । त्यसपछि कोशी कन्ट्रोल रुममा तालाबन्दी गर्न खोज्दा कोशी पीडितहरुलाई स्थानीय प्रहरी प्रशासनले तालाबन्दी गर्न नदिएको संघर्ष समितिका संयोजक चौधरीले जानकारी दिनुभयो ।
यसअघि संघर्ष समितिले जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी शिशिर पौडेल मार्फत प्रधानमन्त्रि लगायतलाई उचित मुआब्जाको माग गर्दै ज्ञापन पत्र पठाएको थियो ।
नेपाल भारत सरकार बीच वि.स.२०११ साल १९५४ ई. मा कोशी सम्झौता १९९ वर्षको लागी भएको जनाउँदै सोही सम्झौताको बुंदा नं.३ र ८ मा स्पष्ट उल्लेख भए अनुसार कटान डुवानमा परेका जग्गाको क्षतिपूर्ती भने बालीको क्षतिपुर्ती मुआव्जा भारत सरकारले नेपाल सरकारलाई दिने उल्लेख रहेपनि ६० वर्ष देखी कुनै राहत दान स्वरुप पनि नपाएको उनीहरुले गुनासो गरेका छन् ।
मुआव्जाको लागि कोशी नदी डुवान कटान पीडित संघर्ष समितिले बारम्बार दुबै सरकार समक्ष कार्वाही एवं आग्रह गर्दै आए पनि हालसम्म बाली क्षतिपुर्ती पाउनका लागी आन्दोलनमा जानु परेको संयोजक चौधरीले बताउनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
- 2082/06/28 एक्वा पानी उद्योगलाई दुई लाख जरिवाना
- 2082/06/28 पत्रकार माझीमाथी हातपात र दुव्र्यबहार निन्दनीय, दोषीलाई कारवाहीको माग ः पत्रकार महासंघ
- 2082/06/27 पत्रकार माझीमाथी गरिएको अभद्र व्यवहार र हातपातप्रति तीन पत्रकार संघ संगठनद्वारा भत्र्सना
- 2082/06/27 चोरीका चार मोटरसाइकलसहित सात जना पक्राउ
- 2082/06/27 महोत्सवको नाम दिएर समाजमा बिकृती फैलाउने काम ः जेनजी यूवा समूह
- 2082/06/26 दुई पालिकामा महिला तथा बालबालिका हिंसा विरुद्धको निर्देशिका पारित
- 2082/06/25 सहकारीको माध्यमबाट अप्रत्यक्ष रुपमा हजारौं व्यक्तिहरु लाभान्वित भइरहेका छन् ः निवर्तमान अध्यक्ष यादव
- 2082/06/24 रुपनीमा आगलागि हुँदा ५० लाखको क्षति, एक जना घाइते
- 2082/06/24 राजविराज बसपार्क संचालन प्रक्रिया अघि बढ्यो
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ