News Category 2072/03/22
अख्तियार भनि धम्काउने चौधरी पक्राउ
दैनिक संवाददाता
राजविराज, २१ असार ।
आफू अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय अनुसन्धानको मान्छे भएको भन्दै धम्काउने र ठग्ने कार्यमा संलग्न भएको आरोपमा एक जनालाई सप्तरी प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बाराको कलैया नगरपालिका १० का २८ वर्षिय विजेन्द्र कुमार चौधरी रहेका छन् । सप्तरीको शम्भुनाथ नगरपालिकास्थित कठौना बजारमा आफू अख्तियार र अनुसन्धानको मान्छे भएको भन्दै स्थानीयहरुलाई धम्काउने क्रममा चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका चौधरीको साथबाट सेतो नम्बर प्लेट भएको बा.१ घ १४९२ नम्बरको होण्डा साईन मोटरसाईकल, दुई थान प्रहरीले लगाउने कम्बायड ड्रेस र एक थान कालो छालाको बुट र विभिन्न अन्य कागजातहरु फेला परेको सप्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी नारायण प्रसाद चिमरियाले जानकारी दिनुभयो ।
चौधरीले गतवर्ष चैत ७ गते सप्तरीको कञ्चनरुप नगरपालिका ८ स्थित संजिव कुमार खड्काको घरमा आएका विराटनगर ६ का दीपक श्रेष्ठको को.१२ प १०९१ नम्बरको होण्डा साईन मोटरसाईकल पुरानो चिनजानको आधारमा तुरुन्त आउँदैछु भनेर वेपत्ता भएका थिए ।
नेपाल प्रहरीको असई भनेर समेत धम्काउने चौधरीमाथि ठगी मुद्दामा सप्तरी जिल्ला अदालतबाट सोमबार म्याद थप गराई आवश्यक अनुसन्धान कार्य अगाडि बढाईएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/06 दुई पालिकामा १ सय ६ बालबालिकामा कडा कुपोषण
- 2083/01/06 डेढ करोड भन्दा बढी राजश्व संकलन, २ हजार ९ सय ६० किलो गाजा बरामद
- 2083/01/03 बीमा बोर्डका कार्यकारी निर्देशक डा. पौडेलको काज फिर्तासँगै गजेन्द्र नारायण सिंह अस्पतालमा सरुवा
- 2083/01/03 भूपु सैनिक सम्मेलनमा चार जना सन्तानलाई सैनिक सेवामा सहभागी गराउने जितनी देवी सम्मानित
- 2083/01/03 त्रियुगा खोलाको भङ्गालोमा घोघि टिप्न गएकी महिला मृत फेला
- 2082/12/30 प्रशासकीय भवन सार्ने विषयमा जनप्रतिनिधिहरु बीचमै विवाद
- 2082/12/23 पत्रकार महासंघद्वारा सरकारको पछिल्लो विज्ञापन नीति खारेज गर्न माग, सञ्चारमाध्यमहरू बन्द भए हजारौं पत्रकार तथा सञ्चारकर्मी र सञ्चारक्षेत्रमा जोडिएकाहरु प्रत्यक्ष रूपमा प्रभावित हुने
- 2082/12/23 गाईको मासुसहित एक पक्राउ
- 2082/12/23 तीन स्थानमा भएको आगलागिमा ६ लाख ७३ हजार ५ सय मुल्य बराबरको क्षति
- 2082/12/22 शनिबार र आइतबार सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा बिदा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ