News Category 2072/03/20
गजेन्द्र नारायण सिंह वरिष्ठ पत्रकारिता पुरस्कार पत्रकार अनललाई प्रदान काठमाडौं बस्नेहरुको दानापानी बन्द गर्नुपर्छ ः महतो
राजविराज÷गजेन्द्र नारायण सिंह वरिष्ठ पत्रकारिता पुरस्कार २०७२ बाट सप्तरीका वरिष्ठ पत्रकार एवं नवीन साप्ताहिकका प्रधान सम्पादक अनिल कुमार अनललाई प्रदान गरिएको छ ।
उपराष्ट्रपति परमानन्द झाले शनिबार काठमाडौंमा आयोजित मधेशी पत्रकार संघको दोश्रो वार्षिकोत्सवको अवसरमा सो पुरस्कार प्रदान गर्नुभएको हो ।
यसैगरि गजेन्द्र नारायण सिंह वरिष्ठ पत्रकारिता पुरस्कार २०७१ बाट काठमाडौंका वरिष्ठ पत्रकार इन्द्रकान्त मिश्रलाई प्रदान गरिएको छ ।
उहाँहरु दुबैलाई लामो समयदेखी पत्रकारिता क्षेत्रमा क्रियाशिल रही मधेशी पत्रकारहरुका लागि मार्गदर्शकका रुपमा रहेकाले उक्त पुरस्कार प्रदान गरिएको हो ।
बि सं. २०२६ सालमा मातृभूमी साप्ताहिकबाट पत्रकारिता क्षेत्रमा सक्रिय रुपले लाग्नु भएका वरिष्ठ पत्रकार अनल राजविराज दैनिकको प्रकाशक÷सम्पादक समेत हुनुहुन्छ ।
सो अवसरमा उपराष्ट्रपति झाले उपराष्ट्रपति पद मुलुकमा सबै भन्दा काम नलाग्ने पद भएको जिकिर गर्नुहुँदै यो पदमा काम गर्ने अधिकार नरहेको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “सक्रिय राजनीति गर्नेहरुका लागी यो पद अभिषाप हो ।” उहाँले नेपालमा मधेशीहरु जति ठूलो पदमा पुगेपनी राज्यले नै महत्व नदिने दाबी समेत गर्नुभयो ।
सोही कार्यक्रममा सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मधेश आन्दोलनको सवै उपलब्धिहरु अहिले संकटमा परेको भन्नुहुँदै वर्तमान संविधानसभा मधेशी दलहरुका लागी औचित्यहिन सावित भईसकेको बताउनु भयो ।
अध्यक्ष महतोले मधेशी दलहरुलाई काठमाडौं सँग नाता तोडेर अधिकारको लडाई लड्नका लागी मधेश जान आग्रह समेत गर्नुभयो ।
उहाँले काठमाडौंमा बसेर नयाँ संविधानमा मधेशीको उपलब्धिहरु नसमेटीने भन्नुुहुँदै, उहाँले भन्नुभयो, “मधेशमा गएर काठमाडौं बस्नेहरुको दानापानी बन्द गरिदिनुपर्छ ।”
संविधानसभामा नाराजुलुश मात्रै गरेर कुनै फरक नपर्ने भन्नुहुँदै उहाँले मधेशी भूमिमै गएर मधेशी दलहरुले आफ्नो तागत देखाउनुपर्नेमा जोड दिनुभयो ।
वर्तमान परिस्थितले मधेशीहरुलाई ५० वर्ष पछाडी पारेको भन्नुहुँदै अध्यक्ष महतोले मधेशी दलहरु अब आन्दोलनमा जाने पूर्ण तयारी गरिसकेको उल्लेख गर्नुभयो ।
सोही कार्यक्रममा सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो लगायत तमलोपाका उपाध्यक्ष बृषेशलाल कर्ण, नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झा, मधेशी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवलगायतकाको उपस्थिति रहेको थियो ।
यस्तै सो कार्यक्रममा शहिद रमेश महतो युवा पत्रकारिता पुरस्कार २०७१ र २०७२ का लागि क्रमशः सिरहाका पत्रकार मिथिलेश यादव र बाँकेका सलमान खाँलाई तथा उमा सिंह महिला पत्रकारिता पुरस्कार २०७१ का लागि पर्साका माधुरी महतो र २०७२ का लागि धनुषाका ज्योत्सना कर्णलाई प्रदान गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
- 2082/06/28 एक्वा पानी उद्योगलाई दुई लाख जरिवाना
- 2082/06/28 पत्रकार माझीमाथी हातपात र दुव्र्यबहार निन्दनीय, दोषीलाई कारवाहीको माग ः पत्रकार महासंघ
- 2082/06/27 पत्रकार माझीमाथी गरिएको अभद्र व्यवहार र हातपातप्रति तीन पत्रकार संघ संगठनद्वारा भत्र्सना
- 2082/06/27 चोरीका चार मोटरसाइकलसहित सात जना पक्राउ
- 2082/06/27 महोत्सवको नाम दिएर समाजमा बिकृती फैलाउने काम ः जेनजी यूवा समूह
- 2082/06/26 दुई पालिकामा महिला तथा बालबालिका हिंसा विरुद्धको निर्देशिका पारित
- 2082/06/25 सहकारीको माध्यमबाट अप्रत्यक्ष रुपमा हजारौं व्यक्तिहरु लाभान्वित भइरहेका छन् ः निवर्तमान अध्यक्ष यादव
- 2082/06/24 रुपनीमा आगलागि हुँदा ५० लाखको क्षति, एक जना घाइते
- 2082/06/24 राजविराज बसपार्क संचालन प्रक्रिया अघि बढ्यो
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ