News Category 2072/03/20
लैङ्गिक हिंसा नियन्त्रणका लागि समिति गठन
राजविराज÷लैङ्गिक हिंसा नियन्त्रण गर्नका लागि सप्तरी जिल्ला संजाल समन्वय समितिको बैठकबाट कार्यकारिणी समिति गठन भएको छ ।
इन्सेक प्रतिनिधि एवं पत्रकार मनोहर कुमार पोखरेलको अध्यक्षतामा सर्वसम्मतीले १५ सदस्यीय कार्यकारिणी समिति गठन भएको हो ।
सो समितिको उपाध्यक्षमा महिला सुरक्षा दवाव समूहकी ललिता कर्ण, कोषाध्यक्षमा एकल महिला समूहकी अनिता देवकोटा तथा जिल्ला प्रहरी कार्यालयअन्तर्गतको महिला तथा बालबालिका सेवा केन्द्रका इन्चार्ज प्रहरी नायव निरीक्षक जगदीश पासवान पदेन सदस्य सचिव चयन हुनुभएको छ । यसैगरी नवगठित कार्यकारिणी समितिको सदस्यहरुमा हुपेककी उमा पोखरेल, जिल्ला बाल सञ्जालका अमर यादव, पारालिगल समितिकी ज्ञानु भट्टराई, जिल्ला वार एशोसिएसनकी मिना देव, क्रेस नेपालका उपेन्द्र साह, नारी उत्थान तथा समाज सेवा केन्द्रकी बबिता देव, महिला सचेतना समाजकी सुनिता साह, सहयोगी समाजका देवनारायण चौधरी र जिल्ला सेवा केन्द्रकी विष्णु कोइराला सर्वसममतीले चयन हुनुभएको छ ।
समितिले जिल्लामा महिलाविरुद्ध हुने हिंसाहरु र सोको कारण पहिचान गरी पीडितलाई सेवा प्रदान गर्ने सम्बन्धमा सम्बन्धित सरकारी, गैरसरकारी तथा अन्तर्राष्ट्रिय निकायहरुसँग समन्वय र सहकार्य गर्ने जनाइएको छ ।
महिला तथा बालबालिका सेवा केन्द्रको रणनीति कार्यान्वयनमा सक्रिय भूमिका निभाउन हिंसाका विरुद्ध प्रभावितहरुलाई न्याय प्राप्तिका लागि सुरक्षाको अनुभूति, सल्लाह, सूचना, मनोवैज्ञानिक हौसला प्रदान गर्न प्रहरी प्रधान कार्यालयले लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल गठन तथा कार्य सञ्चालन कार्यविधि २०७२ जारी गरेअनुरुप समिति ठन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/30 निर्वाचनका लागि देशमा माहौल बनिसकेको छ ः गृहमन्त्री अर्याल
- 2082/09/30 डा. सन्तोष नेपाली जनता पार्टीमा प्रवेश
- 2082/09/30 सुरुङ्गाबाट लागुऔषध सहित दुई पक्राउ
- 2082/09/30 डाक्नेश्वरीका स्वास्थ्यकर्मीहरुले अल्टिमेटमसहित बुझाए ज्ञापनपत्र
- 2082/09/30 मैत्रीपूर्ण महिला क्रिकेटको उपाधि काठमाडौंको पोल्टामा
- 2082/09/25 दैनिक दुई उडान प्रचार मै सीमित
- 2082/09/25 सशस्त्र प्रहरीद्वारा सीमा सुरक्षा र सद्भाव बढाउन झण्डा मार्च
- 2082/09/25 मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, अर्का गम्भिर
- 2082/09/24 निर्वाचनलाई लक्षित गर्दै तीन पार्टीद्वारा कार्यदल गठन
- 2082/09/23 क्यान्सर पीडित छोराका लागि यादव दम्पत्तीद्वारा सहयोगको याचना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ