News Category 2072/03/20
लैङ्गिक हिंसा नियन्त्रणका लागि समिति गठन
राजविराज÷लैङ्गिक हिंसा नियन्त्रण गर्नका लागि सप्तरी जिल्ला संजाल समन्वय समितिको बैठकबाट कार्यकारिणी समिति गठन भएको छ ।
इन्सेक प्रतिनिधि एवं पत्रकार मनोहर कुमार पोखरेलको अध्यक्षतामा सर्वसम्मतीले १५ सदस्यीय कार्यकारिणी समिति गठन भएको हो ।
सो समितिको उपाध्यक्षमा महिला सुरक्षा दवाव समूहकी ललिता कर्ण, कोषाध्यक्षमा एकल महिला समूहकी अनिता देवकोटा तथा जिल्ला प्रहरी कार्यालयअन्तर्गतको महिला तथा बालबालिका सेवा केन्द्रका इन्चार्ज प्रहरी नायव निरीक्षक जगदीश पासवान पदेन सदस्य सचिव चयन हुनुभएको छ । यसैगरी नवगठित कार्यकारिणी समितिको सदस्यहरुमा हुपेककी उमा पोखरेल, जिल्ला बाल सञ्जालका अमर यादव, पारालिगल समितिकी ज्ञानु भट्टराई, जिल्ला वार एशोसिएसनकी मिना देव, क्रेस नेपालका उपेन्द्र साह, नारी उत्थान तथा समाज सेवा केन्द्रकी बबिता देव, महिला सचेतना समाजकी सुनिता साह, सहयोगी समाजका देवनारायण चौधरी र जिल्ला सेवा केन्द्रकी विष्णु कोइराला सर्वसममतीले चयन हुनुभएको छ ।
समितिले जिल्लामा महिलाविरुद्ध हुने हिंसाहरु र सोको कारण पहिचान गरी पीडितलाई सेवा प्रदान गर्ने सम्बन्धमा सम्बन्धित सरकारी, गैरसरकारी तथा अन्तर्राष्ट्रिय निकायहरुसँग समन्वय र सहकार्य गर्ने जनाइएको छ ।
महिला तथा बालबालिका सेवा केन्द्रको रणनीति कार्यान्वयनमा सक्रिय भूमिका निभाउन हिंसाका विरुद्ध प्रभावितहरुलाई न्याय प्राप्तिका लागि सुरक्षाको अनुभूति, सल्लाह, सूचना, मनोवैज्ञानिक हौसला प्रदान गर्न प्रहरी प्रधान कार्यालयले लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल गठन तथा कार्य सञ्चालन कार्यविधि २०७२ जारी गरेअनुरुप समिति ठन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/06 दुई पालिकामा १ सय ६ बालबालिकामा कडा कुपोषण
- 2083/01/06 डेढ करोड भन्दा बढी राजश्व संकलन, २ हजार ९ सय ६० किलो गाजा बरामद
- 2083/01/03 बीमा बोर्डका कार्यकारी निर्देशक डा. पौडेलको काज फिर्तासँगै गजेन्द्र नारायण सिंह अस्पतालमा सरुवा
- 2083/01/03 भूपु सैनिक सम्मेलनमा चार जना सन्तानलाई सैनिक सेवामा सहभागी गराउने जितनी देवी सम्मानित
- 2083/01/03 त्रियुगा खोलाको भङ्गालोमा घोघि टिप्न गएकी महिला मृत फेला
- 2082/12/30 प्रशासकीय भवन सार्ने विषयमा जनप्रतिनिधिहरु बीचमै विवाद
- 2082/12/23 पत्रकार महासंघद्वारा सरकारको पछिल्लो विज्ञापन नीति खारेज गर्न माग, सञ्चारमाध्यमहरू बन्द भए हजारौं पत्रकार तथा सञ्चारकर्मी र सञ्चारक्षेत्रमा जोडिएकाहरु प्रत्यक्ष रूपमा प्रभावित हुने
- 2082/12/23 गाईको मासुसहित एक पक्राउ
- 2082/12/23 तीन स्थानमा भएको आगलागिमा ६ लाख ७३ हजार ५ सय मुल्य बराबरको क्षति
- 2082/12/22 शनिबार र आइतबार सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा बिदा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ