News Category 2072/03/24
राजविराज नगरपालिका पूर्ण खोप नगरपालिका घोषणा
दैनिक संवाददाता
राजविराज, २३ असार ।
राजविराज नगरपालिकालाई बुधबार एक कार्यक्रमबिच पूर्ण खोप नगरपालिका घोषणा गरिएको छ ।
२०७२ साल भित्रै राजविराज नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता गर्ने प्रतिवद्धताका साथ राजविराज नगरपालिका कार्यकारी अधिकृत विष्णु प्रसाद गुरुङ्ग सहित सबै सरोकारवाला र जिल्ला खोप समन्वय समितिले सामुहिक रुपमा पुर्ण खोप नगरपालिका घोषणा गरिएको हो । नगरपालिका पूर्ण खोप सुनिश्चित भएको ब्यानर पढेर कार्यक्रमका प्रमुख अतिथि महिला स्वंय सेविका सञ्जाल सप्तरीकी अध्यक्ष सारदा मुडभरीले राजविराज नगरपालिकालाई पूर्ण खोप सुनिश्चित नगरपालिका भएको घोषणा गरेकी थिईन ।
राजविराज नगरपालिकाद्वारा संचालित नगर स्वास्थ्य केन्द्रका इन्चार्ज एवं सिनियर अहेव दिनेश प्रसाद साहको अगुवाईमा जन स्वास्थ्य कार्यालयका स्वास्थ्यकर्मी र ठूलो संख्यामा महिला स्वंय सेविकाहरुको समेत सहयोग लिई नगरको १० बटै वडामा एक महिना सम्म घरदैलो कार्यक्रम अभियानकै रुपमा चलाईएको थियो ।
नगरका सबै वडामा जन्मदेखि २३ महिना सम्मका बालबालिकालाई सम्पूर्ण खोप लागाईएको जिल्ला स्तरीय खोप समन्वय समितिका अध्यक्ष स्थानीय विकास अधिकारी कोमल प्रसाद धमलाको अध्यक्षतामा बसेको बैठकले ठहर गरेपछि राजविराज नगरपालिकालाई पूर्ण खोप नगरपालिका घोषणा गरिएको हो ।
राजविराज नगरपालिकाका १० बटै वडाका (नियमित बाहेक) १ हजार २ सय ५३ बालबालिकालाई पूर्ण खोप लगाईएपछि नगरपालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरीएको कार्यकारी अधिकृत गुरुङ्गले जानकारी दिनुभयो ।
पूर्ण खोप सुनिश्चित घोषणा हुनेममा राजविराज नगरपालिका सप्तरी जिल्लामा पहिलो तथा पूर्वाञ्चलमा तेश्रो र मुलुकभरीमा ११ औं नगरपालिका भएको जानकारी दिनुभयो ।
कार्यकारी अधिकृत गुरुङ्गको अध्यक्षतामा आयोजित घोषणा सभामा कांग्रेसका शम्भुलाल देव, एमालेका श्यामसुन्दर यादव, फोरम लोकतान्त्रिका भोगेन्द्र चौधरी, एनेकपा माओवादीका भागवत यादव, थरुहट तराई पार्टीका पूर्ण प्रसाद चौधरी, नगरपालिकाका प्रफूल श्रेष्ठ लगायतले अभियान सफलताको प्रशंसा गर्दे अन्य गाविस र नगरपालिकाले पनि यसको सिकाई गर्नुपर्नेमा जोड दिनुभयो ।
सो घोषणा समारोहमा अभियान सफल बनाउन अमूल्य योगदान दिएका नगर स्वास्थ्य केन्द्रका इन्चार्ज दिनेश प्रसाद साह, स्वास्थ्यकर्मी बुधनारायण साह तथा नगरपालिका समाज कल्याण शाखाका अधिकृत प्रफूल श्रेष्ठलाई सम्मानित गरीएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/05/11 भुमि समस्या समाधान आयोगले निस्सा बितरण र पूर्जा उपलब्ध गराउने प्रक्रिया बढायो
- 2082/05/11 अशक्त तथा अस्पताल भर्ना रहेका जेष्ठ नागरिकलाई परिचयपत्र नविकरण
- 2082/05/11 जसपा नेपालका नेता दिपक यादवको निधन
- 2082/05/10 जेष्ठ नागरिक तथा अशक्त भएकाहरुको घरमै पुगेर सामाजिक सुरक्षा कार्ड नविकरण
- 2082/05/10 तिलाठी कोइलाडीले अब जिताको पानी किसानहरुको खेतमा पु¥याउँदै
- 2082/05/09 जेठानीको कुटाईबाट देवरानीको पाँच महिने गर्भ तुहियो
- 2082/05/09 वैदेशिक रोजगारीमा मलेशियामा रहेका रुपनीका एक युवकको मृत्यु
- 2082/05/09 मधेस प्रदेश सरकारद्वारा सुरक्षा निकायलाई सवारी साधन हस्तान्तरण
- 2082/05/08 खडेरीको मारमा परेका किसानलाई लक्षित गरि खाडोको पानी बाधेर खेत खेतमा पु¥याइयो
- 2082/05/08 महिला संघ सप्तरीकी पहिलो अध्यक्ष पुष्पाको निधन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ