News Category 2072/03/24
राजविराज नगरपालिका पूर्ण खोप नगरपालिका घोषणा
दैनिक संवाददाता
राजविराज, २३ असार ।
राजविराज नगरपालिकालाई बुधबार एक कार्यक्रमबिच पूर्ण खोप नगरपालिका घोषणा गरिएको छ ।
२०७२ साल भित्रै राजविराज नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता गर्ने प्रतिवद्धताका साथ राजविराज नगरपालिका कार्यकारी अधिकृत विष्णु प्रसाद गुरुङ्ग सहित सबै सरोकारवाला र जिल्ला खोप समन्वय समितिले सामुहिक रुपमा पुर्ण खोप नगरपालिका घोषणा गरिएको हो । नगरपालिका पूर्ण खोप सुनिश्चित भएको ब्यानर पढेर कार्यक्रमका प्रमुख अतिथि महिला स्वंय सेविका सञ्जाल सप्तरीकी अध्यक्ष सारदा मुडभरीले राजविराज नगरपालिकालाई पूर्ण खोप सुनिश्चित नगरपालिका भएको घोषणा गरेकी थिईन ।
राजविराज नगरपालिकाद्वारा संचालित नगर स्वास्थ्य केन्द्रका इन्चार्ज एवं सिनियर अहेव दिनेश प्रसाद साहको अगुवाईमा जन स्वास्थ्य कार्यालयका स्वास्थ्यकर्मी र ठूलो संख्यामा महिला स्वंय सेविकाहरुको समेत सहयोग लिई नगरको १० बटै वडामा एक महिना सम्म घरदैलो कार्यक्रम अभियानकै रुपमा चलाईएको थियो ।
नगरका सबै वडामा जन्मदेखि २३ महिना सम्मका बालबालिकालाई सम्पूर्ण खोप लागाईएको जिल्ला स्तरीय खोप समन्वय समितिका अध्यक्ष स्थानीय विकास अधिकारी कोमल प्रसाद धमलाको अध्यक्षतामा बसेको बैठकले ठहर गरेपछि राजविराज नगरपालिकालाई पूर्ण खोप नगरपालिका घोषणा गरिएको हो ।
राजविराज नगरपालिकाका १० बटै वडाका (नियमित बाहेक) १ हजार २ सय ५३ बालबालिकालाई पूर्ण खोप लगाईएपछि नगरपालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरीएको कार्यकारी अधिकृत गुरुङ्गले जानकारी दिनुभयो ।
पूर्ण खोप सुनिश्चित घोषणा हुनेममा राजविराज नगरपालिका सप्तरी जिल्लामा पहिलो तथा पूर्वाञ्चलमा तेश्रो र मुलुकभरीमा ११ औं नगरपालिका भएको जानकारी दिनुभयो ।
कार्यकारी अधिकृत गुरुङ्गको अध्यक्षतामा आयोजित घोषणा सभामा कांग्रेसका शम्भुलाल देव, एमालेका श्यामसुन्दर यादव, फोरम लोकतान्त्रिका भोगेन्द्र चौधरी, एनेकपा माओवादीका भागवत यादव, थरुहट तराई पार्टीका पूर्ण प्रसाद चौधरी, नगरपालिकाका प्रफूल श्रेष्ठ लगायतले अभियान सफलताको प्रशंसा गर्दे अन्य गाविस र नगरपालिकाले पनि यसको सिकाई गर्नुपर्नेमा जोड दिनुभयो ।
सो घोषणा समारोहमा अभियान सफल बनाउन अमूल्य योगदान दिएका नगर स्वास्थ्य केन्द्रका इन्चार्ज दिनेश प्रसाद साह, स्वास्थ्यकर्मी बुधनारायण साह तथा नगरपालिका समाज कल्याण शाखाका अधिकृत प्रफूल श्रेष्ठलाई सम्मानित गरीएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/14 थोरै लगानीमा बढी आम्दानी दिने “सनपात” खेती संकटमा
- 2083/02/14 ...अनि श्रीमतीसँग माफी मागें
- 2083/02/14 महिला टी–ट्वान्टी छनोट क्रिकेट प्रतियोगितामा सिरहा र धनुषा बिजयी
- 2083/02/13 अनिताको हत्या आरोपमा छिमेकी पक्राउ
- 2083/02/13 ‘ज्येष्ठ नागरिक’ शब्द कायम गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन
- 2083/02/13 वर्तमान अवस्थामा पत्रकारिता पेशा अत्यन्त नाजुक ः वक्ताहरु
- 2083/02/13 बाढीबाट हुने क्षति रोक्न सुझाव संकलन
- 2083/02/13 किर्तिमान कायम गर्दैै राष्ट्रिय भारोत्तोलन प्रतियोगिता सम्पन्न
- 2083/02/13 मधेश प्रदेशस्तरीय महिला क्रिकेट छनोट प्रतियोगिता
- 2083/02/12 न्यायका लागि अदालतै अगाडी धर्ना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ