News Category 2072/03/25
४५ वर्षपछि मलेठको गढियामा कुलो पैनी निर्माण तीन गाविसका हजारौ किसानहरु लाभान्वित हुने
शुभनारायण यादव
राजविराज, २४ असार ।
झण्डै ४५ वर्षपछि सप्तरीको मलेठ गाविस ६ स्थित गढियाको खाँडो खोलामा कुलो पैनी निर्माण भएपछि त्यस भेगका तीन गाविसका हजारौ किसानहरु लाभान्वित हुने भएका छन ।
जिल्ला कृषि विकास कार्यालय सप्तरीको सहयोग तथा भगवति कृषि सहकारी संस्था मलेठ ६ को आयोजनामा कुलो पैनी निर्माण भएपछि मलेठ, बसविटी र दिघवा गाविसमा करिब दुई हजार किसानहरु लाभान्वित हुन भएका हुन ।
कुल ३ लाख ३९ हजार १ सय ७१ रुपैयाँ ५६ पैसाको लागत तथा २ लाख ८५ हजार अनुदान र ५४ हजार १ सय ७१ रुपैयाँ ५६ पैसाको जनसहभागितामा मलेठ गाविस ६ स्थित गढियाको खाँडो खोलादेखि १ हजार ८ सय मिटर खाँडो खोला कुलो पैनी निर्माण गरिएको संथाका अध्यक्ष रामु यादवले जानकारी दिनुभयो ।
उहाँका अनुसार यसअघि त्यहाँ पानीको उचित व्यवस्था हुन नसकेका कारण त्यहाँका किसानहरु आकाशे पानीको भरमा खेतपाती गर्दै आएका थिए तर, अहिले जिल्ला कृषि विकास कार्यालय सप्तरीको सहयोगमा खाँडो खोलामा कुलो पैनी निर्माण भएपछि अहिले त्यहाँका किसानहरुमा खुशियाली छाएको छ ।
स्थानीयबासीहरुले २० प्रतिशत जनश्रमदान गरी त्यहाँ कुलो पैनी निर्माण गरेपछि त्यहाँका किसानहरु बर्षौको समस्याबाट मुक्ति पाएको मलेठ ६ का किसान बिन्दी लाल यादवको भनाई छ ।
उहाँका अनुसार यसअघि त्यहाँका किसानहरुलाई सिंचाईमा समस्या रहेको तथा आकाशे पानीको भरमा खेतिपाती गर्नुपरेको थियो ।
तर, उक्त कुलो पैनी निर्माण भएपछि अब आफु किसानहरु निर्धक्कका साथ आ– आप्mनो खेतमा पानी पुगेको तथा धमाधम धान रोपाई गर्नमा ब्यस्त रहेको बसविटीका किसान नागेन्द्र प्रसाद दासको भनाई छ ।
त्यस क्षेत्रमा बोडिङ्ग, डिप बोडिङ्ग समेत लगाउँन नसकेको तथा आकाशे पानी भरमा आफुहरुले धान, गहुँ उब्जाउदै आएको अवस्थामा जिल्ला कृषि विकास कार्यालय सप्तरीको सहयोगमा तथा भगवति कृषि सहकारी संस्था मलेठले उक्त कुलो पैनी निर्माण भएपछि आफुहरुको खेतमा अब धान, गहुँ लगायतका अन्य खेति पाती समेत गर्न सकिने अर्का किसान राम नारायण यादवको कथन रहेको छ ।
स्थानीय तथा किसानहरुको सहयोगमा खाँडो खोलामा कुलो पैनी निर्माण भएको तथा त्यसबाट करिब ५ सय देखि १ हजार हेक्टर जग्गामा धान रोपाई हुन सकिने विश्वास जिल्ला कृषि विकास कार्यालय सप्तरीका प्रमुख जागेश्वर यादवले जानकारी दिनुभयो ।
स्थानीयहरुको सहयोगमा उक्त खाँडो खोलामा कुलो पैनी निर्माण भएपनि त्यसलाई उचित संरक्षण सम्वर्धन गर्नुपर्ने जरुरी रहेको प्रमुख यादवको भनाई रहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/14 थोरै लगानीमा बढी आम्दानी दिने “सनपात” खेती संकटमा
- 2083/02/14 ...अनि श्रीमतीसँग माफी मागें
- 2083/02/14 महिला टी–ट्वान्टी छनोट क्रिकेट प्रतियोगितामा सिरहा र धनुषा बिजयी
- 2083/02/13 अनिताको हत्या आरोपमा छिमेकी पक्राउ
- 2083/02/13 ‘ज्येष्ठ नागरिक’ शब्द कायम गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन
- 2083/02/13 वर्तमान अवस्थामा पत्रकारिता पेशा अत्यन्त नाजुक ः वक्ताहरु
- 2083/02/13 बाढीबाट हुने क्षति रोक्न सुझाव संकलन
- 2083/02/13 किर्तिमान कायम गर्दैै राष्ट्रिय भारोत्तोलन प्रतियोगिता सम्पन्न
- 2083/02/13 मधेश प्रदेशस्तरीय महिला क्रिकेट छनोट प्रतियोगिता
- 2083/02/12 न्यायका लागि अदालतै अगाडी धर्ना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ