News Category 2072/03/28
राजविराज नगरपालिका भित्र सिसी टिभि क्यामरा जडान हुने
दैनिक संवाददाता
राजविराज, २७ असार ।
राजविराज नगरपालिकामा सिसी टिबी क्यामरा जडान गर्ने सर्वसम्मत निर्णय भएको छ ।
सप्तरी उद्योग वाणिज्य संघको आयोजनामा आईतबार राजविराजमा आयोजित नगर क्षेत्र भित्र सिसी टिभी क्यामरा जडान सम्बन्धित छलफल कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बिरेन्द्र कुमार यादवले नगरमा बढ्दो चोरी, लुटपाट तथा अपराधिक क्रियाकलापलाई नियन्त्रण गर्नका लागि सिसी क्यामराको आवश्यकता रहेको भन्दै अगामी एक महिना भित्र सो जडान हुने जानकारी दिनुभयो ।
पटक पटक राजविराज नगरमा रकम लुटपाट, चोरी जस्ता घटनाहरु घटिरहेकोले त्यसलाई नियन्त्रण गर्नका लागि नगरमा सिसी टिबी क्यामरा जडान गर्ने सर्वसम्मत निर्णय भएको सप्तरी उद्योग वाणिज्य संघका अध्यक्ष अरुण कुमार प्रधानले जानकारी दिनुभयो ।
यसैबिच सो छलफल कार्यक्रमबाटै सिसी टिबी जडान तथा दिर्घकालिन व्यवस्थापनका लागि एक समिति समेत गठन गरीएको छ ।
सप्तरी उद्योग वाणिज्य संघका अध्यक्ष अरुण कुमार प्रधानको संयोजकत्वमा गठित समितिको सहसंयोजकमा राजविराज नगरपालिकाका कार्यकारी अधिकृत विष्णु प्रसाद गुरुङ्ग, सदस्य सचिवमा जिल्ला प्रहरी कार्यालयका डिएसपी नारायण प्रसाद चिमरिया, कोषाध्यक्षमा ईटा व्यवसायी संघका अध्यक्ष शंकर दास र सदस्यहरुमा शशि यादव र शिव नारायण साह रहनुभएको छ ।
त्यस्तै सल्लाहकारहरुमा प्रमुख जिल्ला अधिकारी बिरेन्द्र कुमार यादव, स्थानीय विकास अधिकारी कोमल प्रसाद धमला, श्री कृष्ण दल गणका गणपति भुवनेश्वर आचार्य सहित रहनु भएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/30 निर्वाचनका लागि देशमा माहौल बनिसकेको छ ः गृहमन्त्री अर्याल
- 2082/09/30 डा. सन्तोष नेपाली जनता पार्टीमा प्रवेश
- 2082/09/30 सुरुङ्गाबाट लागुऔषध सहित दुई पक्राउ
- 2082/09/30 डाक्नेश्वरीका स्वास्थ्यकर्मीहरुले अल्टिमेटमसहित बुझाए ज्ञापनपत्र
- 2082/09/30 मैत्रीपूर्ण महिला क्रिकेटको उपाधि काठमाडौंको पोल्टामा
- 2082/09/25 दैनिक दुई उडान प्रचार मै सीमित
- 2082/09/25 सशस्त्र प्रहरीद्वारा सीमा सुरक्षा र सद्भाव बढाउन झण्डा मार्च
- 2082/09/25 मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, अर्का गम्भिर
- 2082/09/24 निर्वाचनलाई लक्षित गर्दै तीन पार्टीद्वारा कार्यदल गठन
- 2082/09/23 क्यान्सर पीडित छोराका लागि यादव दम्पत्तीद्वारा सहयोगको याचना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ