News Category 2072/03/29
१४ दिनपपछि पत्रकार महासंघको ताला खुल्यो
दैनिक संवाददाता
राजविराज, २८ असार ।
नेपाल पत्रकार महासंघ शाखा सप्तरीमा लगाईएको ताला १४ दिन पछि सोमबार खुलेको छ ।
महासंघमा उत्पन्न विवाद सुल्झाउनका लागि अगामी साउन ७ गते भित्र मागहरु सम्बोधन हुने गरी महासंघका पूर्वअध्यक्षहरुले स्वतेपत्र जारी गर्ने प्रतिवद्धता व्यक्त गरेपछि महासंघको ताला सोमबारबाट खुलेको हो ।
नेपाल पत्रकार महासंघको कार्यसमितिको कार्यशैली विरुद्ध यहाँका पत्रकारहरु चरणवद्ध रुपमा आन्दोलनमा ओर्लेका थिए । सोही क्रममा असार १५ गते नेपाल पत्रकार महासंघ शाखा राजविराजमा तालाबन्दी गरिएको थियो ।
यसैबिच महासंघका पूर्व अध्यक्षहरुले सत्यतथ्य छानबिन गरी जारी गर्ने स्वतेपत्र संघर्ष समिति र महासंघको कार्यसमिति दुवै पक्षले स्वीकार गर्ने सहमती भएपछि तालाबन्दी खुलेको नेपाल पत्रकार महासंंघ सप्तरी शाखाका कार्यशैली बिरुद्धको संघर्ष समितिका संयोजक जितेन्द्र खडगाद्धारा जारी विज्ञप्तीमा उल्लेख गरीएको छ । महासंघमा गरिएको तालाबन्दी सम्बन्धमा शाखाका पूर्व अध्यक्षहरुको समन्वयमा शाखाको वार्ता समिति र संघर्ष समितिका वार्ता समिति बीच दुई चरणको वार्ता पश्चात भएको थियो ।
नेपाल पत्रकार महासंघ सप्तरी कार्य समितिको कार्यशैली विरुद्ध आन्दोलनरत पक्षद्वारा प्रस्तुत २६ बुँदे माग सम्बोधन गर्ने तथा कार्यसमिति र आन्दोलनरत पक्षले पूर्व अध्यक्षहरुलाई जिम्मेवारी दिइएको छ । महासंघका पुर्व अध्यक्षहरु, महासंघ कार्यसमितिका पदाधिकारी र संघर्ष समिति बिच असार २५ र २७ गते दुई चरणमा भएको वार्तामा पत्रकारहरुको माँगलाई सम्वोधन गर्दै अघि वढ्ने सहमति भए अनुसार आन्दोलनका कार्यक्रम फिर्ता लिईएको संघर्ष समितिका संयोजक खड्गाद्धारा जारी विज्ञप्तीमा उल्लेख गरीएको छ ।
महासंघका पुर्व अध्यक्षहरु शिवहरी प्रसाद भट्टराई, विष्णु मण्डल, वैद्यनाथ झा, मुरली प्रसाद यादव, शम्भु झा, धिरेन्द्रप्रसाद साह लगायतले उपस्थितिमा वार्ता भएको थियो ।
साथै नेपाल पत्रकार महासंघ शाखा सप्तरीलाई उद्देश्य पुर्तिको बाटोमा अझ सक्रिय बनाउने र सामुहीक नेतृत्वको विकास गर्न भविष्यमा चालिने कदममा सहयोग गर्ने जनाएको छ ।
यसै बिच मोटरसाईकल दुर्घटनामा परि घाईते हुनुभएका शाखा अध्यक्ष प्रकाश खतिवडा तथा शाखाका सभाषद राजेश झा समेत सिकिस्त बिरामी पर्नु भएकाले उहाँहरुको सिघ्र स्वास्थ लाभको कामना समेत गर्नुभएको छ ।
यसैबीच नेपाल पत्रकार महासंघ सप्तरीका सचिव ओमप्रकाश साहले सोमबार एक विज्ञप्ति जारि गर्दै नेपाल पत्रकार महासंघ शाखा सप्तरीमा गरेको तालाबन्दीबारे शाखाका पूर्व अध्यक्षहरुले गम्भीरतापूर्वक लिदैँ महासंघ कार्यसमिति र संघर्ष समितिसँग दुई चरणको छलफल गरी दुई बुँदे सहमति गराएर तालाबन्दी खोलाएकोप्रति पूर्व अध्यक्षहरुलाई हार्दिक धन्यवाद प्रकट गरिएको छ ।
सहमति गराउन पूर्व अध्यक्षहरुले खेलेको अभिभावकीय भूमिकाको विज्ञप्तिमा प्रशंसा गर्दै आगामी दिनमा पनि यस्तै भूमिकाको अपेक्षा राख्दै उहाँहरुलाई धन्यवाद दिइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
- 2082/06/28 एक्वा पानी उद्योगलाई दुई लाख जरिवाना
- 2082/06/28 पत्रकार माझीमाथी हातपात र दुव्र्यबहार निन्दनीय, दोषीलाई कारवाहीको माग ः पत्रकार महासंघ
- 2082/06/27 पत्रकार माझीमाथी गरिएको अभद्र व्यवहार र हातपातप्रति तीन पत्रकार संघ संगठनद्वारा भत्र्सना
- 2082/06/27 चोरीका चार मोटरसाइकलसहित सात जना पक्राउ
- 2082/06/27 महोत्सवको नाम दिएर समाजमा बिकृती फैलाउने काम ः जेनजी यूवा समूह
- 2082/06/26 दुई पालिकामा महिला तथा बालबालिका हिंसा विरुद्धको निर्देशिका पारित
- 2082/06/25 सहकारीको माध्यमबाट अप्रत्यक्ष रुपमा हजारौं व्यक्तिहरु लाभान्वित भइरहेका छन् ः निवर्तमान अध्यक्ष यादव
- 2082/06/24 रुपनीमा आगलागि हुँदा ५० लाखको क्षति, एक जना घाइते
- 2082/06/24 राजविराज बसपार्क संचालन प्रक्रिया अघि बढ्यो
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ