News Category 2072/03/30
भानुभक्तको जन्मजयन्तिमा साहित्यीक गोष्ठी
दैनिक संवाददाता
राजविराज, २९ असार ।
सगरमाथा साहित्य परिषद् र विश्व नारी नेपाली साहित्य समाजको आयोजनामा मंगलबार राजविराजमा आदिकवि भानुभक्त आचार्यको २०२ औं जन्मजयन्तीको अवसरमा साहित्य गोष्ठी गरिनु साथै उहाँको व्यक्तित्व र कृतित्वबारे चर्चा गरिएको छ ।
पूर्व नगर प्रमुख शैलेश चौधरीले नेपालीलाई एकताबद्ध गर्न भानुभक्तको ठूलो योगदान रहेको स्मरण गर्नुहुँदै राजनीति, खेलकुदलगायतका क्षेत्र समाजसेवाभन्दा पनि पेशा, व्यवसाय बन्दै गइरहेका बेला साहित्य समाजसेवाको सशक्त आधार बनेर उभिएको उहाँले बताउनुभयो ।
परिषद्का पूर्व अध्यक्ष अनिलकुमार अनलले नेपाली भाषाका आधारस्तम्भ आदिकवि आचार्यलाई सम्पूर्ण नेपालीले सदैव स्मरण गर्नुपर्नेमा जोड दिनुभयो ।
साहित्यिक व्यक्तित्वहरु मन्जु श्रेष्ठ, मीना ठाकुर, मनोहरकुमार, साधना झा, नन्दलाल आचार्य, करुणा झा, सागरवीर कडारी, इन्द्रबहादुर थापा, श्यामसुन्दर यादव, लक्ष्मी ठाकुर, शिवकान्त सुमन, बन्दना मिश्र, सोभिता दास, आभासेतु सिंह, अरविन्द कुमार यादव, नविन रहपाल, सरोजकुमार सन्त, दिपेन्द्र यादवलगायतले आदिकवि आचार्यको स्मरणमा गीत, कविता, गजल, निबन्ध वाचन गर्दै भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गर्नुभयो ।
परिषद्का अध्यक्ष मनोहरकुमार पोखरेलको अध्यक्षता र सचिव नन्दलाल आचार्यको सञ्चालनमा सम्पन्न कार्यक्रममा स्वागत समाजकी अञ्चल अध्यक्ष करुणा झाले गर्नुभएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/30 प्रशासकीय भवन सार्ने विषयमा जनप्रतिनिधिहरु बीचमै विवाद
- 2082/12/23 पत्रकार महासंघद्वारा सरकारको पछिल्लो विज्ञापन नीति खारेज गर्न माग, सञ्चारमाध्यमहरू बन्द भए हजारौं पत्रकार तथा सञ्चारकर्मी र सञ्चारक्षेत्रमा जोडिएकाहरु प्रत्यक्ष रूपमा प्रभावित हुने
- 2082/12/23 गाईको मासुसहित एक पक्राउ
- 2082/12/23 तीन स्थानमा भएको आगलागिमा ६ लाख ७३ हजार ५ सय मुल्य बराबरको क्षति
- 2082/12/22 शनिबार र आइतबार सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा बिदा
- 2082/12/22 मर्मत सम्भारको माग गर्दै चक्काजाम
- 2082/12/20 कान उपचार केन्द्रको नवनिर्मितको उद्घाटन, नेपालमा १८ प्रतिशत जनता कान रोगबाट ग्रसित
- 2082/12/20 गैरकानुनी रुपमा रकम असुल्ने कार्यमा संलग्न व्यक्तिलाई कार्यालय प्रवेशमा निषेध
- 2082/12/20 आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा विद्यालय संचालक र कर्मचारी पक्राउ
- 2082/12/20 मोटरसाइकल चोरी घटनामा तीन युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ