News Category 2070/04/15
अनैतिक क्रियाकलापमा संलग्न गराउन खोज्ने बिरुद्ध प्रहरीले जाहेरी लिन मानेन ः पीडित
दैनिक संवाददाता
राजविराज, १४ साउन ।
आफुहरुलाई बिभिन्न प्रलोभन देखाई अनैतिक क्रियाकलापमा संलग्न गराउन खोज्ने बिरुद्ध प्रहरीले जाहेरी लिन अस्वीकार गर्दै आएको पीडित युवतीहरुले बताएकी छन् ।
पीडीत युवतीहरुले सोमवार राजविराजमा पत्रकार सम्मेलन गरी अनैतिक क्रियाकलापमा संलग्न गराउन खोज्ने बिरुद्ध प्रहरीमा जाहेरी दिन जाँदा पनि प्रहरीले उजुरी लिन अस्वीकार गरेको आरोप लगाएकी हुन् ।
तालिममा सहभागि गराउन भन्दै गाउँकी हजुरआमा पर्ने द्रोपति चौधरीले बिभिन्न ब्यक्तिहरुसँग मिलेर आफुहरुलाई सुनसरीको इटहरी पु¥याएर यौन क्रियाकलापमा संलग्न गराउन खोजेको बताउँदै सप्तरीको हरिहरपुर गाविस–२ कि ममता चौधरी र प्रसवनी ३ की सरिताकुमारी सरदारले प्रहरीमा उजुरी दर्ता गराउन खोज्दा प्रहरीले अस्वीकार गर्दै आएको बताईन् ।
उनीहरुले भनिन्– ‘‘फत्तेपुरका मुकेशजंग खड्का र मिथिलेश यादको सहयोगमा बिभिन्न प्रलोभन देखाउँदै द्रोपति चौधरीले इटहरीमा पु¥याएर आफुहरुलाई यौन क्रियाकलापमा संलग्न गराउन खोजेका थिए, हामीहरु दुबै जना जसो तसो उनीहरुको फन्दाबाट फुत्किन सफल भयौ ।”
असार २२ गते माईती दैया समुहको कञ्चनपुरमा तालिम छ भन्दै म सँग गाउँकै सरिता सरदारलाई बसमा चढाएर कञ्चनपुर हुँदै इटहरीमा पु¥याएर सँगै बसमा चढेर आएका मुकेश र मिथिलेशले राती इटहरीस्थित रंगमञ्च गेष्ट हाउसको कोठामा जवर्जस्ती गर्न खोजे, ममताले भनिन्–‘‘ शुरुमा हाम्रो गोप्य नेटवर्कमा काम गर्छाै भने बढी पैसा हुन्छ, राम्रो कमाई पनि हुन्छ भन्दै प्रलोभन देखाएर यौन सम्पर्क गर्न खोज्यो, नमानेपछि धम्काउन थाल्यो ।”
उनीहरुको भनाई अनुसार गर्न नमानेपछि सँगै आएकी द्रोपतिले पनि मुकेश र मिथिलेशको भनाई मान्न दबाब दिएको ममताको भनाई थियो ।
गेष्ट हाउसको कोठामा थुनेर राखेकै बेला असार २३ गते राती १० बजेतिर जसो तसो उनीहरुको कब्जाबाट उम्किन सफल भएको पत्रकार सम्मेलनमा उपस्थित अर्का पीडीत सरिताले समयमा इटहरीको सुखीलाल चौधरीको घरमा बास बसेर बिहान परिवारको सम्पर्कमा आएको बताईन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/14 थोरै लगानीमा बढी आम्दानी दिने “सनपात” खेती संकटमा
- 2083/02/14 ...अनि श्रीमतीसँग माफी मागें
- 2083/02/14 महिला टी–ट्वान्टी छनोट क्रिकेट प्रतियोगितामा सिरहा र धनुषा बिजयी
- 2083/02/13 अनिताको हत्या आरोपमा छिमेकी पक्राउ
- 2083/02/13 ‘ज्येष्ठ नागरिक’ शब्द कायम गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन
- 2083/02/13 वर्तमान अवस्थामा पत्रकारिता पेशा अत्यन्त नाजुक ः वक्ताहरु
- 2083/02/13 बाढीबाट हुने क्षति रोक्न सुझाव संकलन
- 2083/02/13 किर्तिमान कायम गर्दैै राष्ट्रिय भारोत्तोलन प्रतियोगिता सम्पन्न
- 2083/02/13 मधेश प्रदेशस्तरीय महिला क्रिकेट छनोट प्रतियोगिता
- 2083/02/12 न्यायका लागि अदालतै अगाडी धर्ना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ