News Category 2072/04/02
प्रारम्भिक मस्यौदामा अल्पसंख्यक तथा सीमान्तकृत समुदायसँग छलफल सम्पन्न
दैनिक संवाददाता
राजविराज, १ साउन ।
सप्तरी क्षेत्र नं. ३ का सभासद उमेश कुमार यादवले संविधानसभाबाट संविधान निर्माण हुन गइरहेकोले सिमाङ्कन सहितको संविधान आउँनुपर्नेमा जोड दिनुभयो ।
सपोर्ट नेपालको सहयोग तथा सप्तरी सामुदायिक विकास केन्द्र नेपालको आयोजनामा शुक्रबार राजविराजमा आयोजित समावेशी, जवाफदेशीता तथा पुर्ण शान्तिको लागि सहयोग कार्यक्रम अन्तर्गत नेपालको संविधान २०७२ प्रारम्भिक मस्यौदामा अल्पसंख्यक तथा सीमान्तकृत समुदायसँग सरोकार राख्ने प्रावधानहरु विषयक छलफल कार्यक्रममा प्रमुख अतिथिको आसन्नबाट बोल्नुहुँदै उहाँले सो कुरामा जोड दिनुभएको हो ।
उहाँले पहिलो संविधानसभाको स्वामित्वबाट आएको मस्यौदामा सहमति भएर आएका बुँदाहरु समेत उल्टाइएको जानकारी दिनुहुँदै धेरै बुँदाहरु छुटेको र यसलाई परिमार्जन गर्न समय बाँकी रहेको जिकिर समेत गर्नुभयो ।
सभासद् यादवले १६ बुँदे सम्झौता गरेका पार्टीहरुका नेताहरुको समेत मस्यौदा प्रति फरक फरक मत आइरहेको उल्लेख गर्दै मधेशबाटै दोश्रो संविधानसभामा बिजयी भएका चार दलका नेताहरुले मस्यौदा मधेशलाई उपेक्षित गरेको आरोप समेत लगाउनुभयो ।
जनआन्दोलन २०६२÷०६३ को उपलब्धि समावेश नरहेको भन्दै उक्त मस्यौदामा भन्दै सो संविधान मधेश र मधेशी जनताको हितमा नरहेको स्पष्ट पार्नुभयो ।
सभासद यादवले प्राकृतिक श्रोत साधनमाथि यहाँका आदिवासी, जनजाती, मुलवासी र स्थानीयबासीहरुको अधिकार हुनुपर्ने बताउँनुभयो ।
समन्वय समितिका संयोजक मनोहर कुमार पोखरेलको अध्यक्षतामा आयोजित सो छलफल कार्यक्रममा पुनरावेदन अदालत बार एकाईका अध्यक्ष महेन्द्र प्रसाद चौधरी, राष्ट्रिय मधेश समाजवादी पार्टीका जिल्ला अध्यक्ष गजेन्द्र कुमार मण्डल, नेकपा एमालेका अशोक कुमार यादव, स्थानीय शान्ति समितिका संयोजक निरजंन झा, नेपाल पत्रकार महासंघका उपाध्यक्ष श्रवण कुमार देव, गैसस महासंघका सहसचिव बलदेव मण्डल, अन्तर पार्टी महिला संजालकी अध्यक्ष पुनम यादव, एकल महिला समुहकी अध्यक्ष अनिता देवकोटा सहितका बक्ताहरुले संविधानको मस्यौदा मधेश र मधेशी जनातको हितमा नरहेको भन्दै मधेशीको हक अधिकार सुनिश्चिता सहितको संविधान ल्याउँनुपर्नेमा जोड दिनुभयो ।
नेपालको संविधान सभाले यही असार २२ गते नेपालको भावी संविधानको मस्यौदालाई पारित गरेको विषयमा केही दलहरुको बिरोध रहेतापनि अहिलेलाई यो मस्यौदा पारित गर्ने र जनतासित छलफलमा लाने र सोही क्रममा आवश्यकता अनुरुप परिमार्जन गर्न मिल्ने खालको राजनीतिक छलफलहरुका बिच यो मस्यौदा पारित गरिएको छ ।
यो मस्यौदा माथि बृहत पक्षहरु र खासगरी अल्पसंख्यक तथा सीमान्कृत समहुको अगुवाहरु सित यथासम्भव छलफल गर्ने तथा आएका सुझावहरुलाई सम्बन्धित सरोकारबालाहरुलाई उपलब्ध गराउने उदेश्यका साथ उक्त छलफल कार्यक्रम संचालन गरेको सस्थाका मिथिलेश कुमार यादवले जानकारी दिनुभयो ।
सोही कार्यक्रममा स्वागत मन्तव्य तथा कार्यक्रमको उद्देश्यमाथि संस्थाका अध्यक्ष शम्भुनन्द चौधरीले प्रकाश पार्नुभएको थियो भने संस्थाका ईनर्टन बस्अिधिबक्ता राजेन्द्र प्रसाद यादव र अधिकृत भुपेश कुमार भुपले समुह बिभाजन तथा समुह छलफल तथा समुहगत प्रसतुतीकरण गर्नुभएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/14 थोरै लगानीमा बढी आम्दानी दिने “सनपात” खेती संकटमा
- 2083/02/14 ...अनि श्रीमतीसँग माफी मागें
- 2083/02/14 महिला टी–ट्वान्टी छनोट क्रिकेट प्रतियोगितामा सिरहा र धनुषा बिजयी
- 2083/02/13 अनिताको हत्या आरोपमा छिमेकी पक्राउ
- 2083/02/13 ‘ज्येष्ठ नागरिक’ शब्द कायम गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन
- 2083/02/13 वर्तमान अवस्थामा पत्रकारिता पेशा अत्यन्त नाजुक ः वक्ताहरु
- 2083/02/13 बाढीबाट हुने क्षति रोक्न सुझाव संकलन
- 2083/02/13 किर्तिमान कायम गर्दैै राष्ट्रिय भारोत्तोलन प्रतियोगिता सम्पन्न
- 2083/02/13 मधेश प्रदेशस्तरीय महिला क्रिकेट छनोट प्रतियोगिता
- 2083/02/12 न्यायका लागि अदालतै अगाडी धर्ना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ